
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको करेक्सन देखिएको छ ।
केही दिन बढेको बजारमा आज भने करेक्सन देखिएको छ । बजार मापन गर्ने सूचक २४.९७ अंकले घटेर परिसूचक २७५०.८७ बिन्दु कायम भएको छ ।
कारोबारमा ३२० कम्पनीको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर ९ अर्ब १३ करोड २४ लाख ६८ हजार ९०६ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको सेयर मूल्य घटेको छ ।
कारोबारमा जलविद्युत, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको उपसूचक बढेको छ भने बाँकीको घटेको छ ।
कारोबारमा खानी खोला हाइड्रोपावर, जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट तहमा बढेको छ ।
सपोर्ट माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स कर्पोरेशनको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

SHARE YOUR THOUGHTS