
काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ क्रेटाको बिक्रीमा उल्लेखनीय वृद्धि हासिल गरेको छ।
भन्सार विभागद्वारा प्रकाशित कात्तिक महिनासम्मको पछिल्लो तथ्यांक अनुसार नेपालभर नयाँ क्रेटाका ३५० युनिट वितरण भइसकेका छन्।
त्यसैगरी हुन्डाई नेपालका एक प्रतिनिधिका अनुसार ६०० युनिट नयाँ क्रेटाको बुकिङ पनि भइसकेको छ । यस्तै बढ्दो मागलाई सम्बोधन गर्न अब नयाँ बुकिङको लागि दुई महिना वेटिङ अवधि राखिएको छ। साथै कम्पनीले आगामी दिनहरूमा पनि गाडी वितरणको क्रममा सधैँ झैँ उत्कृष्ट ग्राहक सेवालाई निरन्तरता दिने जनाएको छ।
विद्युतीय गाडीहरूको बिक्री बढिरहेको समयमा पनि अत्याधुनिक प्रविधि, उत्तम डिजाइन र विशेष सुविधाहरू प्रदान गर्दै नयाँ क्रेटा ग्राहकहरुको सर्वाधिक रोजाइमा पर्न सफल भएको कम्पनीले जनाएको छ ।
SHARE YOUR THOUGHTS