मधेस प्रदेशमा धान उत्पादन बढ्यो « Eglish Khabarhub

मधेस प्रदेशमा धान उत्पादन बढ्यो




जनकपुरधाम । मधेस प्रदेशमा चालू आर्थिक वर्षमा धानको उत्पादनमा बृद्धि भएको छ ।

यो प्रदेशमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिक टन धान उत्पादन भएको छ । गत आर्थिक वर्षमा १२ लाख ९६ हजार छ सय ७ मेट्रिक टन धान उत्पादन भएको थियो ।

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा दुई लाख पाँच हजार दुई सय ५१ मेट्रिक टन बढी धान उत्पादन भएको कृषि प्रसार अधिकृत रोशनकुमार मेहताले बर्ताए । रोपाइँ र त्यसपछिको समयमा पानी परेको थियो भने मल र बीउ समयमा नै उपलब्ध भएकाले उत्पादन बढेको उनको तर्क छ ।

गत वर्षको तुलनामा यस वर्षमा पाँच हजार दुई सय हेक्टर बढी जमिनमा धानखेती गरिएको थियो ।

गत वर्ष प्रतिहेक्टर तीन दशमलव ५० मेट्रिक टन धान उत्पादभएको थियो भने चालू आवमा प्रतिहेक्टर चार मेट्रिक टन उत्पादन भएको छ । सबैभन्दा बढी सप्तरीमा तथा सबैभन्दा कम रौतहटमा भएको छ ।

सप्तरीमा दुई लाख ६१ हजार एक सय २० मेट्रिक टन, रौतहटमा एक लाख ५० हजार चार सय ८० मेट्रिक टन, पर्सामा एक लाख ८४ हजार सात सय ४९ मेट्रिक टन, सर्लाहीमा एक लाख ८२ हजार एक सय ६० मेट्रिक टन र धनुषामा एक लाख ६६ हजार दुई सय ६० मेट्रिक टन धान उत्पादन भएको छ ।

यसैगरी, महोत्तरीमा एक लाख ६७ हजार सात सय ७० मेट्रिक टन, सिरहामा दुई लाख नौ हजार पाँच सय २० मेट्रिक टन र बारामा एक लाख ८० हजार तीन सय मेट्रिक टन धान उत्पादन भएको अधिकृत मेहताले जानकारी दिए ।

Publish on: