हवाई भाडा महँगो भएपछि होटलहरुमा नयाँ बुकिङ हुन छोड्यो, होटल सञ्चालकसँगै बैंकर पनि चिन्तित « Eglish Khabarhub

हवाई भाडा महँगो भएपछि होटलहरुमा नयाँ बुकिङ हुन छोड्यो, होटल सञ्चालकसँगै बैंकर पनि चिन्तित


२५ मंसिर २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौैं । हवाई भाडा महंगो भएपछि होटहरुले नयाँ बुकिङ पाउनै छोडेको छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे तथा ह्यांगर विस्तारका क्रममा राती १० बजेदेखि विहान ८ बजेसम्म विमानस्थल बन्द गरेको छ । गत २३ कात्तिकदेखि दैनिक १० घण्टा विमानस्थल बन्द भएको कारण नेपाल आउने विदेशी वायुसेवा कम्पनीको औषतमा ३० प्रतिशतले उडान कटौती भएको छ ।

वायुसेवा कम्पनीहरुको अधिकतम ५० प्रतिशतसम्मले उडान कटौती हुँदा यात्रु सेवा प्रभावित भएको छ । एयरलाइन्सहरुको उडान संख्या घटेको र यात्रुको माग बढेको भन्दै हवाई भाडामा अचाक्ली बृद्धि हुँदा त्यसको असर पर्यटकलाई परेको छ ।

गत महिना नोभेम्बर ८ देखि उडान तालिका परिवर्तन सहित संख्यामा कटौती गरेको भन्दै विदेशी वायुसेवाहरुले ५ गुणासम्म हवाई भाडा बढाएका छन् । काठमाडौं भित्रने वायुसेवा कम्पनीले लिने भाडाको तुलनामा बाहिरिदा लिने भाडा तीन देखि ५ गुणासम्म बढी असुली भइरहेको छ । जसको असर पर्यटक आगमनमा पर्ने देखिएको सम्बन्धित पर्यटन व्यवसायीहरुले बताएका छन् ।

हवाई भाडा बढेको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहचिव इन्दु घिमिरेको संयोजकत्वका एक कार्यलले अध्ययन समेत गरिरहेको छ । पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेल गठन गरेको उक्त कार्यदलले बढी भाडा बुझाएको विषयमा गुनासो गर्न सार्वजनिकरुपमै आव्हान गरेर र सम्बन्धित वायुसेवा कम्पनीबाट भाडादर मगाएर अध्ययन गरिरहेको छ ।

एकातिर हवाई भाडा महंगो हुनु र अर्कोतिर अफ सिजन लाग्नुको पीडामा अहिले पर्यटन व्यवसायी छन् । पर्यटन व्यवसायीको अनुसार कोरोना महामारीपछि लामो समय लय फर्कन नसकेको पर्यटन क्षेत्रले अपेक्षकृत प्रगति गर्दै गर्दा फेरि विभिन्न कारणले नेपाल आउने पर्यटक अरु नै गन्तव्यमा डाइभर्ट हुन्छन कि भन्ने चिन्तामा छन् ।

होटल संघ नेपाल (हान)का महासचिव साजन शाक्य भन्छन्, ‘अहिले पर्यटनको लागि अफ सिजन हुँदा पर्यटक घटिरहेको छन भने वायुसेवा कम्पनीहरुले अस्वभाविकरुपमा बढाएको भाडाका कारण उनीहरुको बुकिङसमेत धमाधम रद्द भइरहेको छ ।’ हवाई भाडा महंगो भएपछि नेपाल आएर फर्कने खर्चले अर्को गन्तव्यमा पुग्ने भन्दै पर्यटकले यात्राको तालिका नै परिवर्तन गर्ने गरेको पनि शाक्यले बताए ।

शाक्यले क्लिकमान्डुसँको कुराकानीमा भने ‘पछिल्लो एक महिनादेखि नयाँ बुकिङ निकै कम मात्रै भइरहेको छ । अहिलेको हिसावले पर्यटक आगनमा कम हुँदै गाएको छ ।’ अहिलेकै अवस्थामा पर्यटक आगमन घट्दै जाने र बुकिङ रद्द भइरहने हो भने आगामी ४ महिनासम्म विमानस्थलको धावनमार्ग बन्द हुँदा पर्यटन क्षेत्रलाई ठूलो क्षति हुने देखिन्छ,’ उनले भने ।

पछिल्लो समय पर्यटकले नयाँ बुकिङ नगर्ने र भएको पनि रद्द गर्दै जाने क्रम बढेको छ । यसले गर्दा नेपालको पर्यटनको नकारात्मक असर बढ्ने देखिएको पनि शाक्यले बताए । उनका अनुसार पर्यटक कम आउने समयमा हवाई भाडा बढ्नु र यात्रुले पहुँच पुर्याउन नसक्ने बनाउनुको ठूलो असर पर्यटन क्षेत्रमा पर्ने देखिन्छ । विगतका वर्षहरुमा औषत अकुपेन्सी अहिलेको विन्टर सिजनमा ४०÷५० प्रतिशत हुने भएपनि यो वर्ष भने २०/३० प्रतिशतमै खुम्चिएको पनि शाक्यको भनाइ छ ।

हवाई उडान कटौति भएको भन्दै नेपाल उडान गर्ने विदेशी वायुसेवाले ३०/३५ हजार रुपैयाँको हवाई भाडालाई एक लाख रुपैयाँभन्दा बढी बढाएका थिए । हवाई भाडामा भएको चर्को बृद्धिले काठमाडौैंबाट खाडी मुलुक जाने यात्रु दिल्ली हुँदै जान थाले । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालयको चासोका कारण अधिक दरको भाडामा केही छुट दिने सम्बन्धित वायुसेवाले भनेपनि माग बढी र कम आपूर्तिका कारण अहिले पनि सामान्य अवस्थाको ३०÷४० हजार रुपैयाँको हवाई भाडा ६०÷७० हजार रुपैयाँ अहिले पनि भइरहेको सम्बन्धित टिकेटिङ व्यवसायीको छ ।

होटल बाराहीका सञ्चालक तथा होटल संघ नेपाल (हान)का कार्यसमिति सदस्य विप्लव पौडेल पनि यस वर्ष विगतका वर्षहरुको विन्टर सिजनको तुलनामा अकुपेन्सी दर घटेको बताउँछन । उनले भने ‘काठमाडौंको अकुपेन्सी केही होटलमा सन्तोषजनक रहेको देखिएपनि उपत्यका बाहिरका होटलको पनि अकुपेन्सी न्यून छ ।’

काठमाडौंका केही होटलमा भने नेपाल प्रिमियर लिग (एनपीएल)का खेलाडी र तिनको टोली बसेका छन् । पर्यटक नभएको बेला र अफ सिजनमा भएको क्रिकेटको प्रतिस्पर्धाले केही होटललाई राहत नै दिएका छन् । बाँकी होटल भने पर्यटक नआएका कारण अपेक्षा भन्दा कमको अकुपेन्सीमा चल्न बाध्य छन् ।

होटल सोल्टीका उपाध्यक्ष सुदर्शन चापागाईं पनि अहिले अफ सिजनसँगै हवाई भाडा महंगो हुँदा पर्यटक आगमनमा असर परेको बताउँछन् । उनले भने ‘सोल्टी होटलमा पनि एउटा एनपीएलको टोली बसेको छ । यही टोली बाहेक उल्लेख्य पर्यटकको ग्रुप नभएको र विगतका वर्षहरुको तुलनामा यो वर्ष अकुपेन्सी दर न्यून भएको चापागाईंले क्लिकमाण्डुँसग बताए ।

आम्दानी होटलको घट्दा बैंकहरुलाई चिन्ता

विभिन्न कारणले पर्यटक आगमनमा असर पर्दा होटलको आम्दानी घट्न पुग्छ । होटलको आम्दानी घट्दा चिन्ता भने बैंकहरुले लिएका छन् । ठूला होटलहरु निर्माण हुँदा बैंकबाट ऋण लिएका हुन्छन् । बैंकले ऋण लगानी गरेपछि होटलबाट नियमित किस्ता अपेक्षा गरिएको हुन्छ, सोही किस्ता नआउला कि भनेर बैंकहरुलाई चिन्ता हुने गरेको एक बैंकरले बताए ।

पछिल्लो समय होटल क्षेत्रमा बैैंकहरुले लगानी बढाइरहेको छन् । पर्यटक आगमन बढेको, पर्यटनमा भविष्य देखेर लगानी बढिरहेको हुँदा होटलहरु पनि थपिदँै गएका छन् । होटल थपिने क्रममा नयाँ आउने, भएकोले क्षमता बढाउने र दायारा बढाउने क्रम बढेसँगै बैंकहरुको लगानी पनि बढ्दै गएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले २०८१ असोज मसान्तसम्ममा पर्यटन क्षेत्रमा २ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ लगानी गरेको छन् । यो लगानीमध्ये अधिकांश होटल तथा रेस्टुरेन्टकै भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक प्रतिवेदनले देखाएको छ ।

होटल संघ नेपालका अनुसार सरकारले सन् २०२० का लागि घोषणा गरेको पर्यटन भ्रमण वर्षका कारण जुर्मुराएका पर्यटन व्यवसीको लगानी यतिबेला देखिन थालेको छ । पर्यटन व्यवसायीले थप गरेको लगानीका कारण अहिले नेपालमा वार्षिक १० लाख पर्यटक मात्रै भित्रिएपनि पयटकीय सेवाका होटलको क्षमता भने ३५ लाख पुगिसकेको छ ।

हानका अनुसार अहिले पर्याप्त मात्रामा होटल रहेको र अहिले नै देशैभरका होटलहरुमा ३५ लाखभन्दा बढी पर्यटक राख्न सकिने भएकोले पूर्वाधारमा समस्या छैन । सरकारले अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटनको प्रवद्र्धन गर्ने र आगमन बढाउने मात्रै काम गरे पुग्ने होटल व्यवसायीको भनाइ छ ।

नेपालकाे पर्यटन क्षेत्रमा कात्तिक २०८१ सम्ममा वाणिज्य बैंकहरुले गरेकाे लगानी विवरण

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार ००:००  ११ : ३७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping