
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो पाँचौं खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजसँग प्रतिस्पर्धा गरिरहेको छ ।
आजको खेल लुम्बिनीलाई जित्नै पर्नेछ । प्रतियोगितामा हालसम्म जित निकाल्न नसकेको लुम्बिनी चितवनविरुद्ध ब्याटिङ गरिरहेको छ ।
महत्वपूर्ण खेलमा लुम्बिनीले दोस्रो ओभरमा नै दुई विकेट गुमाएको छ । लुम्बिनीका आशुतोष घिरैया र उन्मुक्त चन्दलाई रिजन ढकालले आउट गराएका हुन् ।
३ ओभरको खेल सकिँदा लुम्बिनीले २ विकेट गुमाएर ५ रन बनाएको छ ।
SHARE YOUR THOUGHTS