![](https://internal.appharu.com/wp-content/uploads/2024/07/tarkari-768x403.png)
काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा शुक्रबार सिताके च्याउको मूल्य घटेको छ । बिहिबारको तुलनामा शुक्रबार प्रतिकिलो सिताके च्याउमा ३५० रुपैयाँ मूल्य घटेको छ ।
शुक्रबार यो च्याउले ७५० रुपैयाँ प्रतिकिलोमा कारोबार गरेको छ । बिहिबार प्रतिकिलो सिताके च्याउ एक हजार १ सय रुपैयाँ प्रतिकिलो बिक्री भएको थियो ।
यस्तै गोलभेडा ९५, लोकल सानो गोलभेडा ६१.२५, टनेलको सानो गोलभेडा ६६.२५, रातो आलु ६४, सेतो आलु ५७, प्याज ९३.३३, गाजर तराई ९५, गाजर लोकल ८५, बन्दा लोकल ५०, बन्दा तराई ४५, स्थानीय काउली ६५, स्थानीय काउली ज्यापु ८५, तराई काउली ५५, सेतो मुला २२.३३, लाम्चो भान्टा ६५, डल्लो भान्टा ६५, तने बोडी १२५, मटरकोशा १३५, घिउ सिमी ९५, टाटे सिमी ९५, तिते करेला ८५ र लौंका ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यसैगरी परवर लोकल ६५, परवर तराई ७५, चिचिण्डो ५५, घिरौला ८५, पाकेको फर्सी ५५, हरियो फर्सी लाम्चो ४५, हरियो फर्सी डल्लो ४५, भिण्डी ८५, बरेला १३५, पिडालु ७५, स्कुस ३०, रायो साग ३०, पालुङ्गो साग ९५, चमसुरको साग ९५, तोरीको साग ४५, मेथीको साग ९५, हरियो प्याज ८५, बकुल्ला १२५, तरुल ८५, कन्ये च्याउ २००, डल्ले च्याउ ३३६.६७, राजा च्याउ २९०, ब्रोकाउली ९५ र भेडे खुर्सानी ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तो छ कालिमाटी बजारमा शुक्रबारको तरकारीको थोक मूल्य
![](https://internal.appharu.com/wp-content/uploads/2024/12/Mangsir-28-1.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/12/Mangsir-28-2-543x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/12/Mangsir-28-3-543x768.jpg)
SHARE YOUR THOUGHTS