मुग्लिन–पोखरा सडक ५ दिन अवरुद्ध हुने, लमजुङ हुँदै जाने वैकल्पिक मार्ग खुला « Eglish Khabarhub

मुग्लिन–पोखरा सडक ५ दिन अवरुद्ध हुने, लमजुङ हुँदै जाने वैकल्पिक मार्ग खुला



तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्ड मर्मतका कारण पाँच दिन सडक अवरुद्ध हुने भएको छ ।

जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले शुक्रबारदेखि पुस २ गतेसम्म बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ । दमौलीबाट पोखरा जाने पृथ्वी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु लमजुङको मध्यनेपाल नगरपालिकास्थित दुईपिप्ले, कास्कीको पोल्याङ हुँदै पोखरा जाने वैकल्पिक मार्ग प्रयोग गर्ने गर्छन् ।

Publish on: