![](https://internal.appharu.com/wp-content/uploads/2023/11/accident.jpg)
काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका–२ स्थित घिनाघाट-विराटचोक सडक खण्डको झोराहाटमा भएको मोटरसाइकल दुर्घटनामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
शनिबार राति भएको दुर्घटनामा मृत्यु हुनेमा ४५ वर्षीय उमेश मरिक र उनको २२ वर्षीय छोरा आशिक रहेका छन् । प्रदेश १–०४–००२ प १९०१ नम्बरको मोटरसाइकल झोराहाट चोकस्थित नहरको पुलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुने बाबु-छोरा कटहरी गाउँपालिका–१ का स्थायी बासिन्दा थिए । प्रहरीका अनुसार उमेशका छोरा आशिकले मोटरसाइकल चलाइरहँदा नहरमा ठोक्किएको थियो ।
मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका बाबु-छोरालाई उपचारका लागि प्रहरीले विराट नर्सिङहोम पठाएको थियो । जहाँ उपचारको क्रममा राति नै उनीहरुको मृत्यु भएको बताइएको छ ।
SHARE YOUR THOUGHTS