इन्टरनेट सेवाप्रदायकको आम्दानी ४००%ले बढ्दा टेलिकमको २५%ले घट्यो, भ्वाइस सेवाको भविष्य संकटमा « Eglish Khabarhub

इन्टरनेट सेवाप्रदायकको आम्दानी ४००%ले बढ्दा टेलिकमको २५%ले घट्यो, भ्वाइस सेवाको भविष्य संकटमा


४ पुस २०८१, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । इन्टनरेट सेवाप्रदायकको आम्दानी ४ सय प्रतिशतले बढ्दा टेलिकम सेवाप्रदायकको आम्दानी भने स्वाट्टै घटेको छ। हाल टेलिकम सेवा दिइरहेका नेपाल टेलिकम र एनसेलको आम्दानी पछिल्लो ६ वर्षमा २५ प्रतिशतले घटेको छ । यद्यपि, इन्टरनेट सेवाप्रदायकको प्रयोगकर्ता बढेसँगै आम्दानी पनि ४ सय प्रतिशतसम्मले बढेको तथ्यांक छ ।

नेपालमा इन्टरनेट सेवाप्रदायक (आईएसपी)र यसका प्रयोगकर्ता बढ्दै गएका छन् । डाटा प्रयोगकर्ताको तुलनामा इन्टरनेट सेवाको शुल्क सस्तो हुने र एउटा आईएसपीको सेवाले परिवारका सबै सदस्यले प्रयोग गर्न सकिने भएकोले पनि आईएसपीको प्रयोगकर्तासँगै उनीहरुको आम्दानीसमेत बढेको देखिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार गत असारसम्मा २५ लाख इन्टरनेट प्रयोगकर्ता छन् । यी प्रयोगकर्ता पछिल्लो पाँच वर्षमा तीन लाखले बढेको देखिए पनि यी सेवाप्रदायकको आम्दानीको दायरा भने बढेको देखिएको छ ।

दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०७९/८० सम्मको तथ्यांकअनुसार इन्टरनेट सेवाप्रदायकको वार्षिक आम्दानी २१ अर्ब ३९ करोड रुपैयाँ रहेको । यस्तो आम्दानी इन्टरनेट सेवाप्रदायकको २०७५/७६ मा १० अर्ब ८४ करोड रुपैयाँ मात्रै थियो।

२०७५/७६ मा नेपालका दूरसञ्चार सेवाप्रदायकको आम्दानी ९२ अर्ब १२ करोड रुपैयाँ थियो भने अघिल्लो आव २०७९/८० मा यस्तो आम्दानी ७२ अर्ब ८४ करोड रुपैयाँमा खुम्चिएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

प्राधिकरणकै तथ्यांकअनुसार सेवाप्रदायक उल्लेख्य रुपमा नबढ्दासमेत इन्टरनेट कम्पनीको आम्दानी उकालो लाग्दै गएको छ भने उल्लेख्य रुपमा सेवाग्राही बढ्दासमेत टेलिकम कम्पनीहरुको आम्दानी वार्षिक रुपमा ओरालो लाग्दै गएको छ ।

नेपाल टेलिकमका प्रवक्त हरि ढकालले भ्वाइस सेवाको विकल्पमा ओटीटीको प्रयोग बढिरहेको बताउँछन् ।

‘टेलिकम कम्पनीहरुको ग्राहक स्याचुरेटेड भइसक्यो अब नयाँ थप हुने र संख्या उल्लेख्य रुपमा बढाउने भन्ने हुँदैन,’ ढकालले भने, ‘अब एउटाबाट अर्कोमा जाने, भएकै ग्राहकले पनि कम खर्च गर्ने र भ्वाइस सेवाको विकल्पमा ओटीटीको प्रयोगमात्रै बढिरहेको छ । ग्राहक पुरानै हो नम्बर वार्षिक रुपमा केही तलमाथि देखिने मात्रै हो ।’

पछिल्लो समय इन्टरनेटको पहुँमा वृद्धि र चलाउनेको संख्या बढ्दा मोबाइल डाटा चलाउनेको संख्या जुन गतिमा बढ्नु पर्ने हो त्यो नभएको उनले बताए ।

‘पछिल्लो समय धेरै मोबाइलको ट्राफिक आईएसपीमा गए । अधिक ग्राहक घर बाहिर फेला पारेसम्म निःशुल्क वाइफाइ नै चलाउने गर्छन्,’ उनले भने, ‘ मोबाइल डाटा प्रयोग गरेर इन्टरनेट चलाउनेको जमात बढ्न त बढिरहेको छ तर जुन गतिमा बढ्नुपर्ने त्यो छैन ।’

टेलिकम कम्पनीको आम्दानी घट्नुको कारण आईएसपी नै भएको उनको भनाइ छ ।

टेलिकम कम्पनी वार्षिक अर्बों लगानी गर्ने गरेका छन् र राजस्व तिर्ने गर्छन् । तर ओटीटी सेवाप्रदायकले ग्राहक तान्ने गर्छन् र राज्यलाई योगदान पनि कम हुने विषयमा गम्भीर भएर सोच्नुपर्ने ढकालको तर्क छ ।

पछिल्लो समय इन्टरनेट कम्पनीको विस्तार, ओटीटी प्लेटफर्मको व्यापक प्रयोग र ग्राहक निःशुल्क वाइफाइ खोज्दै जाने प्रवृत्तिका कारण भ्वाइस सेवाको भविष्य नै संकटमा पर्ने देखिएको टेलिकम कम्पनीहरुको भनाइ छ । पछिल्लो समय टेलिकम क्षेत्रले गर्ने आम्दानीमा भ्वाइस सेवाको हिस्सा कमजोर हुँदै गएको छ भने डाटाले भरथेग दिइरहेको उनीहरुको भनाइ छ ।

टेलिकमको तुलनामा आईएसपीको शुल्क न्यून भएको, वार्षिक कर तथा नवीकरण शुल्कसमेत टेलिकमको तुलनामा कम भएको र पूर्वाधारमा लगानी नगरी प्रतिफल मात्रै पाइरहेकोले पनि इन्टरनेट कम्पनीको लाभ बढ्दै गएको एक इन्टरनेट सेवा प्रदायकले क्लिकमान्डुसँग बताए ।

‘टेलिकमले इजाजत लिँदा तिर्नुपर्ने शुल्क, हरेक पाँच वर्षको नवीकरण वापतको २० अर्ब, भ्वाइस सेवाका प्रयोगकर्ता डाटामा सिफ्ट भएका, ओभर टिटप (ओटीटी)को कारण भ्वाइस सेवा खुम्चनु लगायतका कारण टेलिकम क्षेत्रको आम्दानी वर्षेनी घटिरहेको देखिएको छ,’ उनले भने ।

टेलिकम क्षेत्रको आम्दानीको तुलनामा इन्टरनेट सेवाप्रदायकले जम्मा ३ लाखको इजाजतपत्र लिने र नवीकरण गर्दा पनि तीन लाख रुपैयाँ मात्रै तिरे पुग्ने गरेको छ । यी कम्पनीले गर्ने वार्षिक कारोबार भने अस्वभाविकरुपले बढिरहेकोले पनि टेलिकमको तुलना इन्टरनेट सेवाप्रदायकको आम्दानी बढेको हो ।

‘टेलिकम क्षेत्रले गरेको लगानीको तुलनामा इन्टरनेटको न त लगानी ठूलो छ न त पूर्वाधारमा नै काम गरेका छन्,’ ती सेवाप्रदायकले भने । अहिले जति सेवा र सुविधामा इन्टरनेट कम्पनीले कमाएका छन् त्यो निकै ठूलो अवसर इन्टरनेट सेवाप्रदायकले पाइरहेको उनी बताउँछन् ।

छिमेकी मुलुक भारतमा टलिकमको बजार पछिल्लो ६ वर्षमा ११२ प्रतिशतले बढेको छ । बंगलादेशमा ४६ र श्रीलंकामा ३८ प्रतिशतले बढिरहेको छ ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार ००:००  २ : ३० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping