![](https://internal.appharu.com/wp-content/uploads/2022/12/suryajyoti-768x576.jpg)
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/०८१ म प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई १ करोड २४ लाख ६१ हजार ९६६ रुपैयाँ भुक्तानी गरेको छ ।
कम्पनीका अनुसार गत आवमा सीईओलाई १ करोड १० लाख २८ हजार ९२५ रुपैयाँ भुक्तानी गरेको छ । यस्तै कर्मचारी बोनस बापत १० लाख २४ हजार ८३६ रुपैयाँ, दुर्घटना बिमा बापत ९ हजार ४५५ रुपैयाँ र सीईओको परिवारको सदस्यको स्वास्थ्य बिमा बापत ५ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
यस्तै अन्य सूविधा बापत ३ लाख ९३ हजार ७५० रुपैयाँ भुक्तानी गरेको छ ।
कम्पनीका अनुसार सीईओलाई गाडी सुविधा वापत मासिक १ लाख ४० हजार प्रदान गरि आएको र कुल जम्मा रकममा उल्लेखित सवारी सुविधा वापतको रकम समेत समावेश भएको छ ।
यस्तै कम्पनीले संचालकहरूलाई संचालक समितिको बैठक भत्ता बापत २८ लाख ३८ हजार तथा मासिक भत्ता वापत २२ लाख ७० हजार ६६७ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।
यस्तै लेखापरिक्षण तथा अन्य समितिलाई बैठक भत्ता बापत ३० लाख ५८ हजार भुक्तानी भएको जनाएको छ । प्रवन्धक सो भन्दा माथीका अन्य पदाधिकारीहरूलाई पारिश्रमिक, भत्ता तथा अन्य सुविधा वापत ८ करोड ४२ लाख २८ हजार १३५ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।
SHARE YOUR THOUGHTS