![](https://internal.appharu.com/wp-content/uploads/2024/12/dukpa-768x576.jpeg)
काठमाडौ । नेपालमा ड्रुक्पा सम्प्रदायका अनुयायी र विश्वभरिका आध्यात्मिक साधकहरूलाई एक गरेर १०औं वार्षिक ड्रुक्पा काउन्सिल हुने भएको छ ।
ड्रुक्पा काउन्सिल पुस १३ देखि १७ गतेसम्म काठमाडौंमा हुने भएको छ । कोरोना महामारि यता करिब ६ बर्षपछि सम्बन्ध र पुनःस्थापनाको उत्सव मनाउँन विशेष कार्यक्रम हुन लागेको बताइएको छ। छ वर्षपछि हुन लागेको यो कार्यक्रम आध्यात्मिक मात्रै नभएर स्थायित्वका लागि पनि हुने बताइएको छ ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित कुंग फु ननहरूले लैङ्गिक समानता, वातावरण संरक्षण र आत्मरक्षाको पक्षमा आवाज उठाउँदै आएका छन् । कार्यक्रममा उनीहरुको पनि सहभागीता हुने बताइएको छ । जहाँ पवित्र ड्रम अनुष्ठान प्रदर्शन हुनेछ भने आध्यात्मिक शिक्षाहरूको आदानप्रदान, आत्मरक्षा, मानव बेचबिखन र दिगो जीवनशैलीका विषयमा कार्यशाला हुनेछ ।
कार्यक्रममा ग्यालवाङ ड्रुक्पा, ग्यालवा दोखाम्पा र क्याब्जे ड्रुपबोन खम्टाक रिन्पोचे लगायतले दैनिक जीवनमा धर्म, परोपकार र पर्यावरणीय नैतिकता जस्ता विषयहरूमा सन्देश दिनेछन् ।
SHARE YOUR THOUGHTS