महालक्ष्मी विकास बैंकद्धारा कर्णाली प्रदेशका विधार्थीहरुलाई छात्रवृत्ति प्रदान « Eglish Khabarhub

महालक्ष्मी विकास बैंकद्धारा कर्णाली प्रदेशका विधार्थीहरुलाई छात्रवृत्ति प्रदान



काठमाडौं । महालक्ष्मी विकास बैंकले प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) अन्तर्गत डिप्लोमा अध्ययन गर्न चाहने विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले कर्णाली प्रदेश अन्तर्गत १० जिल्लाबाट एसईई सकेका विद्यार्थीलाई १ लाख ५० हजार सहयोग गरेको हो ।
बैंकले गरिब तथा जेहेन्दार विधार्थीहरुलाई कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्र, कालिकोटसँगको समन्वयमा छात्रवृत्ति बराबरको रकम प्रदान गरेको जनाएको छ ।

बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको जनाएको छ ।

Publish on: