लक्ष्मी सनराइज बैंकमा राष्ट्रिय बिमा संस्थानसहित ३७ व्यक्ति तथा कम्पनी ठूला सेयरधनी, कसको कति ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकको ठूला सेयरधनीमा ३७ व्यक्ति तथा कम्पनी रहेका छन् । बैंकमा ५ वटा विभिन्न कम्पनी र ३२ व्यक्तिको सेयर स्वामित्व छ ।

बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व लक्ष्मी कर्प नेपाल प्रालि को ७.७८ प्रतिशत सेयर स्वामित्व छ । बैंकमा नागरिक लगानी कोषको ४.१७ प्रतिशत, सारिका खेतानको ४.१७ प्रतिशत, स्नेहा खेतानको ३.९१ प्रतिशत, मोतीलाल दुगड २.७७ प्रतिशत, मालचन्द दुगडको २.४० प्रतिशत, रतन लाल संघई २.३९ प्रतिशत, गोपि कृष्ण सिकरियाको २.३५ प्रतिशत, राजेन्द्र कुमार खेतानको २.३५ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै हिमालयन एक्जीम प्रा.लिको १.९७ प्रतिशत, श्रवण कुमार गोयलको १.४२ प्रतिशत, सुरेन्द्रा दुगडको १.४१ प्रतिशत, विवेक दुगडको १.३३ प्रतिशत, एमटीसी इन्भेष्टमेन्ट प्रा.लिको १.२८ प्रतिशत, बच्छराज तातेडको १.१५ प्रतिशत, कैलाश चन्द्र गोयलको १ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै कम्पनीमा राष्ट्रिय बिमा संस्थान (जीवन बिमा) को ०.९९ प्रतिशत, निर्मला देवी गोयलको ०.९५ प्रतिशत, पुजा अग्रवाल खेतानको ०.८६ प्रतिशत, विवेक तातेडको ०.७८ प्रतिशत, शौरभ तातेडको ०.७७ प्रतिशत, विशाल तातेडको ०.७७ प्रतिशत, श्री निवास शारडाको ०.७७ प्रतिशत सेयर स्वामित्व छ ।

ओम प्रकाश सिकारियाको ०.७६ प्रतिशत, निधि दुगडको ०.७५ प्रतिशत, पुजा दुगडको ०.७२ प्रतिशत, श्रद्धा दुगडको ०.७१ प्रतिशत, प्रियंका अग्रवालको ०.६४ प्रतिशत, सरोज दुगडको ०.६० प्रतिशत, जमुना पौडयालको ०.५५ प्रतिशत, राधेश्याम शारडाको ०.५५ प्रतिशत, पवन कुमार शारडाको ०.५५ प्रतिशत, शिव रतन शारडाको ०.५४ प्रतिशत, सुभम दुगडको ०.५४ प्रतिशत, भोगेन्द्र कुमार गुरागाईको ०.५२ प्रतिशत, कविता लोहियाको ०.५१ प्रतिशत र मानव अग्रवालको ०.५१ प्रतिशत सेयर स्वामित्व छ ।