विराटनगरको आय केन्द्रमै निर्भर: आम्दानी लक्ष्य साढे ३ अर्ब, उठ्यो एकतिहाई मात्र « Eglish Khabarhub

विराटनगरको आय केन्द्रमै निर्भर: आम्दानी लक्ष्य साढे ३ अर्ब, उठ्यो एकतिहाई मात्र

आन्तरिक आय १ अर्ब उठाउने लक्ष्य लिइएकामा हालसम्म २३ करोड ३५ लाख रूपैयाँ संकलन


२१ पुस २०८१, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

विराटनगर । चालु वर्षको बजेटलाई यथावत राख्दै विराटनगर महानगरको १५ औ नगर सभा आइतवार सकिएको छ ।
मेयर नागेश कोइरालाको अध्यक्षतामा भएको नगरसभामा उपमेयर शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८१/८२ का लागि संशोधित आय–व्यय प्रस्तुत गर्दै चालु आर्थिक वर्षको पुस १५ गतेसम्म १ अर्ब २२ करोड ४८ लाख ३ हजार रुपैयाँ अर्थात् लक्ष्यको ३५ प्रतिशत मात्रै यथार्थ आय भएको सभालाई जानकारी गराइन् ।

महानगरले चालु आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार यथार्थ आय गर्ने लक्ष्य राखेको थियो । त्यस्तै खर्चतर्फ कुल आयको करिब २० प्रतिशत मात्र भएको कार्कीले उल्लेख गरिन् ।

उनका अनुसार पुसको दोस्रो साता सम्ममा महानगरले ६९ करोड ५४ लाख ३८ हजार रुपैयाँ मात्र खर्च गरेको छ । खर्चमध्ये १४ करोड ४० लाख ६३ हजार पुँजीगत र ५५ करोड १३ लाख ७५ हजार रुपैयाँ चालुतर्फ खर्च भएको उपमेयर कार्कीले प्रस्तुत गरेको आयव्यय विवरणमा उल्लेख छ ।

त्यसैगरी १ अर्ब १० करोड ७९ लाख १० हजार रुपैयाँ आन्तरिक आय अनुमान गरिएकोमा चालु आर्थिक वर्षको साउनदेखि पुस १५ गतेसम्म २३ करोड ३५ लाख ९७ हजार रुपैयाँ अर्थात् २१ दशमलव ०८ प्रतिशत मात्रै संकलन भएको छ । जबकी महानगर बन्न कम्तीमा एक अर्ब आन्तरिक आय हुनै पर्ने प्रावधान छ । विराटनगर महानगर घोषणा भएयता हरेक वर्ष ६०–६४ करोड मात्र आन्तरिक आय गर्दै आएको छ ।

त्यस्तै राजस्व बाँडफाँडबाट प्राप्त राजस्वतर्फ प्रदेश सरकार सवारी साधन कर, घरजग्गा रजिष्ट्रेसन दस्तुर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क गरी कुल ८३ करोड ५४ लाख ७४ हजार अनुमान गरिएकोमा १६ करोड ३४ लाख ७६ हजार रुपैयाँ अर्थात् १९ दशमलव ५६ प्रतिशत मात्रै रकम प्राप्त भएको उपमेयर कार्कीले प्रस्तुत गरेको विवरणमा उल्लेख छ ।

अन्तरसरकारी वित्तीय हस्तान्तरण संघीय सरकारतर्फ १ अर्ब २२ करोड १० लाख ७५ हजार अनुमान गरिएकोमा ६७ करोड ९२ लाख ७२ हजार रुपैयाँ अर्थात् ५५ दशमलव ६२ प्रतिशत अनुदान प्राप्त भएको छ ।

प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ करोड ५७ लाख १६ हजार प्राप्त भएको छ । प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ ८ करोड ३९ लाख ७२ हजार प्राप्त हुने अनुमान महानगरको थियो ।

नगर सभामा मेयर कोइरालाले सीमित स्रोत र साधनबाट विराटनगरवासीको असीमित आवश्यकता परिपूर्ति गर्नु निकै चुनौती देखिएको बताए । सीमित स्रोत र साधनको अधिकतम प्रयोग गर्दै भौतिक संरचनाको विकाससँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा परिणाममुखी काम गर्न सफल भएको मेयर कोइरालाको दाबी थियो ।

बहुवर्षीय योजनाअन्तर्गत निर्माणाधीन विराट राजाको दरबार, रानीपोखरी, मण्ठापोखरी, पूर्वप्रधानमन्त्री पार्क, सन्ध्याकालीन आरतीस्थल, बाल उद्यन, महानगरको बहुप्राविधिक शिक्षालयको भवन, महानगरको प्रशासनिक भवन सहितका ठुला परियोजनाहरू चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको कोइरालाले जनाए ।

बितेको अढाइ वर्षमा करिब ३१ किलोमिटर कालोपत्रे र ४८ किलोमिटर नयाँ सडकमा ग्राभेल, ४६ किलोमिटर नाला, १७८ वटा कल्भर्ट, ९२ किलोमिटर आरसीसी सडक ढलान र ७५ किलोमिटर रिटेरिङ वाल निर्माण सम्पन्न गरेको कोइरालाले सभालाई जानकारी गराए ।

उनका अनुसार बहुवर्षीय योजना अन्तर्गत ५ करोड ३८ लाख रुपैयाँको लागतमा वीएफएम अगाडिको सडक हालै मात्र कालोपत्रे गर्ने कार्य सम्पन्न भएको र राजवंशीचोक पश्चिम पुल्चोकदेखि करिब साढे ५ किलोमिटर नहरको बाटोलाई ३ करोड ८२ लाख रुपैयाँको लागतमा कालोपत्रे गर्न तयारी भएको छ । यस्तै महानगरको ट्राफिक व्यवस्थापनका लागि विभिन्न पाँच स्थानमा ७७ लाख रुपैयाँको लागतमा ट्राफिक लाइट सञ्चालनमा ल्याएको उनले बताए ।

पुष्पलालचोक–पानी टंकी सडकअन्तर्गत करिब १२ सय मिटर सडक जीर्णोद्वार सम्पन्न गरिएको, विराटनगरको खानेपानी समस्या साधानका लागि जाइकाको अनुदान सहयोगमा धमाधम पाइप बिछ्याउने काम भइरहेको, विराटनगरमा भएका बैंक तथा वित्तीय संस्थाहरूको आर्थिक सहयोगमा बरगाछी–रानी सडकको सौन्दर्यकरण परियोजना जारी रहेको, ढल नालासहित सरसफाई कार्य प्रभावकारी रुपमा सञ्चालन भइरहेको, विराटनगरको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकास गर्ने उद्देश्यले विराटनगर प्रज्ञा प्रतिष्ठान गठन गरिएको समेत कोइरालाले उल्लेख गरे ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार ००:००  १० : १५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping