निर्माण व्यवसायीले भुक्तानी कुरा गर्दा आयकर र मूल्य अभिवृद्धि करको दायित्व भुल्नु हुँदैन: अर्थमन्त्री पौडेल « Eglish Khabarhub

निर्माण व्यवसायीले भुक्तानी कुरा गर्दा आयकर र मूल्य अभिवृद्धि करको दायित्व भुल्नु हुँदैन: अर्थमन्त्री पौडेल


२६ पुस २०८१, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले भुक्तानीको कुरा गरिरहँदा सरकारलाई बुझाउनु पर्ने आयकर र मूल्य अभिवृद्धि करको दायित्वलाई भुल्न नहुने बताएका छन् ।

नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा पौडेलले यस्तो बताएका छन् । ‘भुक्तानी योग्य रकमको भुक्तानी प्रकृया निरन्तर जारी रहन्छ । तर सरकार र निर्माण व्यवसायी दुवै कानुन अनुसार चल्नुपर्छ’ उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भने, ‘भुक्तानीको कुरा गरिरहँदा निर्माण व्यवसायीहरुले सरकारलाई बुझाउनु पर्ने आयकर र मूल्य अभिवृद्धि करको दायित्वलाई पनि भुल्नु हुँदैन ।‘

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई आग्रह गरे । सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ ।

नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अघिल्लो वर्ष सिर्जित दायित्वको भुक्तानीलाई प्राथमिकता दिएको र हालसम्म २२ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी भइसकेको जानकारी दिए ।

अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले संघीय सरकारको दायित्व अन्तर्गत निर्माण व्यवसायीहरुलाई कुल २८ अर्ब ८९ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा अब करिव ६ अर्ब भुक्तानी हुन बाँकी रहेको र त्यसमा पनि प्रकृयामा रहेकालाई प्राथमिकतामा राखेर भुक्तानी गरिने जानकारी दिए ।

नेपाल निर्माण उद्योग परिषद्का पदाधिकारीहरुले सरकारले हालसम्म बिल पेश गरी दाबी गरेको भुक्तानी रकमको ८० प्रतिशतभन्दा बढी भुक्तानी प्राप्त गरिसकेको बताउँदै करको बाँकी भुक्तानीका लागि पनि वातावरण बनाइदिन उपप्रधानमन्त्री एवं अर्थमन्त्रीलाई आग्रह गरेका थिए ।

उनीहरुले करको रकम किस्ता बन्दीमा भुक्तानी हुने व्यवस्था गरिदिन, निर्माण सामग्रीमा आयात छुट दिन, रुग्ण आयोजनामा पूँजी परिचालनको व्यवस्था मिलाइदिन लगायतका अनुरोध गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार ००:००  ६ : १० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping