काठमाडौं । महालक्ष्मी विकास बैंक भक्तपुर शाखाले गत आइतबार भक्तपुर नगरपालिका भेलुखेलस्थित सिद्धि स्मृति प्रतिष्ठान अन्तर्गतको सिद्धि शालिकग्राम जेष्ठ नागरिक आश्रमलाई करिब ३८ हजार रुपैयाँ बराबरको ग्याँस तथा बिजुली दुवैबाट चल्ने हिटर वितरण गरेको छ ।
सिद्धि शालिकग्राम जेष्ठ नागरिक आश्रममा आयोजित उक्त कार्यक्रममा भक्तपुर शाखाका शाखा प्रबन्धक आश कुमार जरेजुले सिद्धि स्मृति प्रतिष्ठानको संस्थापक अध्यक्ष श्याम सुन्दर धौभडेललाई हिटर हस्तान्तरण गरेका हुन् ।
जाडो मौसममा बृद्धबृद्धाहरुलाई स्वाथ्य सम्बन्धि विभिन्न समस्या आउने हुँदा बैंकद्धारा प्रदान गरिएको हिटर अति उपयोगी हुने भन्दै सस्ंथापक अध्यक्ष धौभडेल लगाएत उपस्थित जेष्ठ नागरिकहरुले खुसी ब्यक्त गरेका थिए ।
बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
SHARE YOUR THOUGHTS