२८ मंसिर २०८२, शनिबार

तेह्रथुममा सत्यडाँडा भ्यु-टावर निर्माण गरिने, म्याङलुङ नगरपालिकाको बजेट १० करोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेह्रथुम । नगर क्षेत्रको पर्यटन प्रवद्र्धन र सडक विकासलाई प्राथमिकतामा राख्दै म्याङलुङ नगरपालिकाले १० करोड रुपैयाँ बढीको नगर विकास योजना सार्वजनिक गरेको छ ।

नगरपालिकाको चौथो नगर परिषद् तथा आगामी आवको बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा कार्यकारी अधिकृत गणेश नेपालीले शुक्रबार आव २०७४/०७५ का लागि १० करोड आठ लाख ७६ हजार रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गरे ।

बजेटमा नगर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बजारको फोहरमैला व्यवस्थापन, पोखरीसहितको उद्यान निर्माण, म्याङलुङ बजार चक्रपथ, बजार क्षेत्रमा फ्रि वाइफाइ, बाल उद्यान, ज्येष्ठ नागरिक विश्रामस्थल, सन् २०१७भित्र बालमैत्री नगर घोषणाको तयारी, सत्यडाँडा भ्यु-टावर निर्माणलगायत योजना प्राथमिकतामा राखिएको कार्यकारी प्रमुख नेपालीले जानकारी दिए ।

कुल बजेटमध्ये ६१ लाख ८० हजार रुपैयाँ चालु खर्च, करिब  छ करोड ५७ लाख रुपैयाँ पुँजीगत खर्च, बाह्य स्रोत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फ २९ करोड ६१ लाख र सामाजिक सुरक्षातर्फ दुई करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । रासस