रोनाल्डो बारे जान्नुहोस् ८ तथ्य « Eglish Khabarhub

रोनाल्डो बारे जान्नुहोस् ८ तथ्य


१६ पुस २०७३, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । पोचुर्गल तथा रियाल मड्रिडका स्टार रोनाल्डो आधुनिक फुटबल इतिहासको सबैभन्दा चर्चित खेलाडी हुन । उनको जन्म ५ फेबु्रअरी १९८५ मा पोर्चुगलको सहर फनचल, मेडिरामा भएको थियो । उनको खेल कौशल एकदमै गज्जबको छ । उनको जन्म आधुनिक फुटबललाई नयाँ उचाईमा पुर्याउनका लागि भएको हो भन्दा फरक नपर्ला । रोनाल्डोले हालैमात्र चौथो पटक फिफा वर्ष खेलाडी ‘बेलोन डि ओर’को उपाधी पनि जितेका छन् । क्लब फुटबलमा एकदमै सफल रहेका रोनाल्डोको नेतृत्वमा पोर्चुगलले २०१६ को युरो कपको उपाधी हात पारेको थियो । जान्नुहोस् उनै फुटवलका बादशाह रोनाल्डो खेल जीबनीबारे केही तथ्य ।

१ रक्सी, चुरोट र टाटु

रोनाल्डोका पिता जोसे डेनिस एभिरोको अत्याधिक रक्सी सेवनका कारण ५२ वर्षको उमेरमा निधन भएको थियो । पिताको कुलतका कारण उनको बाल्यकाल एकदमै दुखदपूर्ण रहेको थियो । आफ्नो बाल्यका दुखद भए पनि आफ्नो बच्चाको बाल्यकाल सुखद रहोस भनेर, उनले जीवनमा कहिले पनि रक्सी पिएनन् । त्यसैले उनी रक्सी र चुरोटको कुलतबाट टाढा छन् । कुलतमा लागेमा फुटबल खेल्ने क्षमतामा कमी आउने तर्क राख्छन् ।

आधुनिक युगका लगभग सबै फुटबलरको शरिरको कुनै न कुनै भागमा टाटु रहेको छ । तर रोनाल्डोले वर्षको २ पटक रगत दान गर्ने भएकाले शरिरमा टाटु नखोपेका हुन् ।

२ रोनाल्डो नाम कसरी रहन गयो ?

फुटबलका लागि ‘रोनाल्डो’ नाम अपरिचित हैन । विश्व विजेता ब्राजिलका खेलाडीको नाम पनि रोनाल्डो रहेको थियो । नाम पछाडिको इतिहास सधै एउटै हुँदैन । रोनाल्डोका पिताका मनपर्ने अभिनेता तथा अमेरिका ४० औं राष्ट्रपति रोनाल्ड रेगनबाट प्रेरित भएर छोराको नाम रोनाल्डो राखेका थिए । रोनाल्डोको पूरा नाम ‘क्रिस्टियानो रोनाल्डो डोस् सान्तोस एभिरो’ हो ।

३. ११ वर्षमै अचम्का खेलाडी

स्पोट्रिङ लिस्वोनमा रहदा रोनाल्डोको प्रतिभाबाट प्रभावित भएर प्रशिक्षकले भनेका थिए । ‘रोनाल्डोको खुटामा बल परेमा उनी सजिलै दुई वा तीन खेलाडीलाई आरामले छक्याउँछन् । हरेका खेल सकेपछि उनका साथी खेलाडीहरु उनको वरपर भेला हुन्थ्ये किन कि ति खेलाडीलाई लाग्थ्यो कि रोनाल्डोमा एक दिन विश्वको उत्कृष्ट खेलाडी हुने गुण छ ।’

एक दिन रोनाल्डोको खेल हेर्दै हालका म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिनो आफ्नो सहयोगी प्रशिक्षकलाई भनेका थिए । रोनाल्डो र हल्याण्डका महान स्ट्राइगर मार्के भान बसटेन बीचमा समानता छ । त्यस खेलका दौरान माउरिनोल ‘यो बच्चा अचम्मको कला र कौशल छ भन्दै उनको समर्थनमा चिचाएको थिए ।’

उनी एक रातमै आधुनिक फुटबलका सर्वश्रेष्ठ खेलाडी भएका हैनन् । किशेर अवस्थामा उनी दुवै खुटामा वजन राखेर खेल्ने, छलाउने तथा प्रशिक्षण गर्ने गदथे । त्यस प्रकारको प्रशिक्षण गर्दा उनी वजन बिना पहिले भन्दा छिटो दौडिन सक्ने भए । अहिले उनी साँचिकै तेज छन् ।

४ स्थिर र छिटो

उनी दिनमा ३ हजार पल्ट सेटअप गर्छन् । उनले स्पेनका १०० मिटर दौडका च्याम्पियन डेभिड रोड्रिगेजलाई जिकज्याक दौडमा पराजित गरेका थिए । उनी व्यवसायिक एथ्लेक्स भन्दा पनि छिटो छन् । उनको शरिरको बनाबट कुनै मोडलको भन्दा कम छैन ।

५ एनबिए खेलाडीभन्दा माथि उफ्रने

उनी उफ्रन सक्छन् । त्यो गति भनेको संसारको सबैभन्दा छिटो जनवार चितुवाको भन्दा ५ गुणा बडी हो । बसेको ठाउँबाट उफ्रँदा उनको शरिको लम्बाई ४४ से.मि हुन्छ भने दौडेर उफ्रँदा उनले ७८ से.मि को उचाई छुन्छन् । यो उचाई औसत एनबिए खेलाडीको भन्दा धेरै हो । उनले प्रहार गर्ने फ्रिकिक ‘एपोलो ११’ अन्तरिक्ष यान भन्दा चार गुणा छिटो हुने गर्छ । यो जोक्स हैन, वैज्ञानिकले यसलाई पुष्टि गरिसकेका छन् ।

६, बोसो १० प्रतिशत

रोनाल्डोको शरिरमा १० प्रतिशत बोसो रहेको छ, जुन पातलो बिरालोको भन्दा पनि कम हो । त्यसैले उनी छिटो दौडिने मेसिन भएका हुन । उनी एनबिए खेलाडी भन्दा माथि उफ्रन सक्छन् । चितुवा भन्दा छिटो दौडन सक्छन् । उनले प्रहार गर्ने प्रिकिक १३.१ कि.मि प्रति घण्टा हुन्छ, जुन अन्तरिक्ष यान भन्दा तेज छ ।
७. रोनाल्डोको छोरा

क्रिस्टियानो रोनाल्डोको एक छोरा रहेको छ । उनको छोराको नाम क्रिस्टियानो रानाल्डो जुनियर हो । जुनियरको जन्म सन् २०१० जुन १७ मा भएको थियो । रानाल्डोले आफ्नो छोराको आमाको परिचय गोप्य राखेका छन् । विदेशी मिडियाहरुका अनुसार रोनाल्डोको बच्चाको आमा इंग्लिस, अमेरिकी वेटरसँग रोनाल्डोको म्यानचेस्टरमा रहदा एकरातको सम्बन्ध स्थापित भएको थियो । त्यो सम्बन्धमा ति महिला प्रेगनेन्ट हुन पुगेकी थिईन् । रोनाल्डोले ति महिलालाई आफ्नो पहिचान गोप्य राख्न १ करोड पाउण्ड दिएका थिए ।

८. कमाई अमेरिकी राष्ट्रपति भन्दा धेरै

अमेरिकी राष्ट्रपतिले एक वर्षमा कमाउने पैसा रोनाल्डोले ६ दिन ९ घण्टा १७ मिनेट ५ सेकेन्डमा कमाउँछन् । उनी संसारकै सबैभन्दा धेरै तलब लिने फुटबल खेलाडी हुन्, उनको हप्ताको कमाई २ लाख ७४ हजार पाउन्ड रहेको छ ।

प्रकाशित मिति : १६ पुस २०७३, शनिबार ००:००  ३ : ३३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping