पर्बतमा भूकम्पको लगत सङ्कलन सुरु « Eglish Khabarhub

पर्बतमा भूकम्पको लगत सङ्कलन सुरु


१८ पुस २०७३, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

पर्वत । भूकम्प गएको झन्डै दुई वर्ष पछि पर्वतका भूकम्पपीडितको लगत सङ्कलन गर्न २९ जना इन्जिनियर परिचालन गर्ने तयारी गरिएको छ ।

सरकारले भूकम्पबाट कम प्रभावित १७ जिल्लाको तथ्याङ्क अद्यावधिक गर्ने कार्यक्रम सुरु गरेपछि पर्वतमा पनि लगत सङ्कलन गर्न थालिएको हो ।

तत्कालिन अवस्थामा प्रहरी, प्रशासन र स्थानीय निकायलगायतले गरेको सर्वेक्षणको तथ्याङ्क फरकफरक भएपछि भूकम्प प्रभावित आवास पुनःनिर्माण लगत सङ्कलन कार्यक्रमअन्तर्गत राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय तथ्याङ्क विभाग, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ् भूकम्पीय आवास पुनःनिर्माण आयोजनाले तथ्याङ्क सङ्कलन प्रक्रिया थालेको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ‘ख’ वर्गमा समावेश गरेको पर्वतमा भूकम्प प्रभावित आवास पुनःनिर्माण सङ्कलन कार्यक्रमअन्तर्गत जिल्ला लगत सङ्कलन कार्यालय खोलेर काम सुरु गरेको छ ।

पर्वतका ४७ गाविस र एक नगरपालिकामा गरी ११ हजार ८०९ घरपरिवार भूकम्पबाट पीडित बनेका छन् । सबै घरधुरीमा एक जना इन्जिनियर र एक सामाजिक परिचालक परिचालन गर्ने अन्तिम तयारीमा रहेको लगत सङ्कलन कार्यालय पर्वतका प्रमुख शिव श्रेष्ठले जानकारी दिए ।

आगामी फागुन १५ गतेसम्ममा सबैजसो काम सम्पन्न भइसक्ने श्रेष्ठले जानकारी दिए । रासस

प्रकाशित मिति : १८ पुस २०७३, सोमबार ००:००  १० : १९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping