काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योग स्थापना भई सञ्चालन हुने समयसम्म फाइल नै घुमाइरहने स्थिति अन्त्य गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाल व्यवस्थापन संघको ३७औँ वार्षिक साधारणसभा शुभारम्भ गर्दै उहाँले विकास र समृद्धिका लागि अब प्रयोग र परीक्षण गर्ने तथा पर्ख हेरौँ न त भन्ने समय नरहेको धारणा व्यक्त गरे ।
नेपालमा लगानीको निमित्त विभिन्न ढोका चाहानुपर्ने बाध्यताका कारण लगानीकर्ता अन्यन्त्र पलायन भएर उद्योग स्थापना गरिसक्थ्यो होला तर यहाँ चाहिँ फाइलै अघि बढेन भन्ने गुनासो आउने स्थिति अब आउन दिन नहुनेमा उनले जोड दिए ।
संघीयताबारे हाम्रो अनुभव नरहेकाले आफैँले अभ्यास गरेर अघि बढ्नुको विकल्प नरहेको चर्चा गर्दैै पूर्वप्रधानमन्त्री ओलीले भने, “अब हामीले राजनीतिक र आर्थिक पाटोलाई देशको अनुकूल तुल्याउँदै अलि तीव्र गतिमै हिँड्नुपर्छ । अब हाम्रो आकांक्षा, आवश्यकता र योजना विकास र समृद्धि केन्द्रित भएको छ ।”
नेपालले ठूलो बलिदान र लामो संघर्ष गरेर प्राप्त गरेको लोकतन्त्रको मूल्य मान्यता, यथार्थ र साँचो अभ्यासलाई कुनै हालतमा नछाड्ने अठोट व्यक्त गर्दै उनले जुन देशका जनताले आत्मगौरव, आत्मसम्मान र स्वाभिमानको अनुभूत गर्दैनन् त्यहाँको अस्तित्व खतरामा पर्छ । रासस
SHARE YOUR THOUGHTS