सचिवले दिएको पत्र गैरकानूनी: प्रधानन्यायधीश पराजुली « Eglish Khabarhub

सचिवले दिएको पत्र गैरकानूनी: प्रधानन्यायधीश पराजुली



काठमाडौं । न्यायपरिषदका सचिवले अवकास भएको पत्र दिएका सर्बोच्च अदालतका प्रधानन्यायधीश गोपाल प्रसाद पराजुलीले त्यो पत्र गैर कानूनी भएको बताएका छन् ।

न्याय परिषद्ले पत्र दिएपछि बिबिसी नेपाली सेवासँग कुराकानी गर्दै पराजुलीले परिषद्का सचिवलाई त्यस्तो निर्णय लिने कुनै अधिकार नभएको र त्यो गैरकानुनी भएको जिकिर गरेका छन्।

‘त्यो पत्रको कुनै महत्त्व पनि छैन, (सचिवालयलाई) क्षेत्राधिकार पनि छैन। त्यो पत्र कायम हुन सक्दैन।’उनले बिबिसी नेपाली सेवासँगको कुराकानी भने ,’जसलाई निर्णय गर्ने अधिकार हुन्छ त्यसले मात्र त्यो दफा प्रयोग गर्न पाउने अधिकार हुन्छ। न्याय परिषद्ले गर्ने निर्णय न्याय परिषद्को सचिवले गर्न पाउँदैन।’

यसअघि न्याय परिषद्का सचिव नृपध्वज निरौलाले परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त प्रमाणपत्रका आधारमा पराजुलीको ६५ वर्षे हद गत साउनमै पूरा भइसकेको भन्दै उनी अब पदमा बहाल नरहेको पत्र काटेका थिए।

पराजुलीले त्यो निर्णय गैरकानुनी भएको हुनाले कसरी गरे त्यो त थाहा  नहुने काम गरे।

जागिर खाँदा पेस गरेका शैक्षिक योग्यताका प्रमाणपत्रअनुसार नै उमेर कायम हुने तर्क उनले बिबिसी नेपाली सेवासँगको कुराकानीमा गरेका छन् ।

पत्रमा भनिएको जस्तो परीक्षा नियन्त्रण कार्यालयले पठाएको जन्ममिति कायम हुने हो भने आफ्नो कार्यकाल थप एक वर्ष बढ्ने उनको भनाइ छ।

‘एघार सालको जन्ममिति कायम गर्ने हो भने त अरू एक वर्ष बढ्ता खान्छु,’उनले भने,’तर म २०१० वैशाख १६ गते जन्मिएको हुनाले त्यही मिति कायम गरेर जागिर पनि त्यसरी खाएको, सिटरोलपनि त्यसरी नै भरेको । मेरो न्याय परिषद्को निर्णय पनि त्यस्तै छ।’

Publish on: