१ पुस २०८२, मंगलबार

सरकारी बैंकको अधिकृत बन्ने हो ? कृषि विकास बैंकमा ६५ जनालाई अबसर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । सरकारी बैंकको अधिकृत बन्ने हो ? कृषि विकास बैंकले अधिकृतस्तरका ६५ जना कर्मचारीका लागि जागिरको अवसर खुलाउँदै छ ।

यो बैंकमा अधिकृतस्तको जागिर खानेले तलब-भत्ता र सेवा सुविधा गरी मासिक ४५ देखि ५० हजार रुपैयाँ बुझ्छन् ।

आगामी एक/डेढ हप्ताभित्रै सार्वजानिक सूचना जारी गरी जागिरका दरखास्त आह्वान गर्ने बैंकका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए ।

‘केही दिनभित्रै ६५ जना अधिकृतका लागि बैंकले आवेदन खुलाउँदै छ, जसमा डिग्री पास गरेकाले मात्रै आवेदन दिन पाउने छन्,’ प्रवक्ता पौडेलले क्लिकमाण्डूसँग भने ।

बैंकले यसअघि अधिकृतस्तरको कर्मचारीका लागि पहिलो श्रेणीमा मास्टर डिग्री गरेकाले मात्रै आवेदन दिन पाउने भन्दै सूचना निकालेको थियो ।

तर, बैंकको अधिकृत बन्न पहिलो श्रेणी ल्याएको हुनुपर्ने व्यवस्था न्यायसंगत नभएको भन्दै अदालतमा मुद्दा दायर भएको थियो ।

अदालतले डिभिजन नतोकी शैक्षिक योग्यतामात्रै तोक्न आदेश दिएपछि बैंकले डिग्री होल्डरले मात्रै आवेदन दिन पाउने गरी ६५ जना अधिकृतको जागिर खुलाउने भएको हो ।

दक्ष जनशक्तिको व्यवस्थापनलाई विषेश प्राथमिकतामा राख्दै बैंकमा नयाँ पुस्तालाई प्रवेस गराउन लागिएको पौडेलले बताए।

‘यो बैंक पुरानो भएकाले धेरै कर्मचारीहरु पुरानो पुस्ताका छन्, जो अहिलेको आधुनिक प्रविधिसँग घुलमिल हुन कठिन हुन्छ, त्यसैले नयाँ पुस्ताको प्रवेसलाई बैंकले प्राथमिकतामा राखेको छ,’ उनले भने ।