तस्बिरमा हेर्नुहोस् दशैंमा घर जानेहरूको भीड « Eglish Khabarhub

तस्बिरमा हेर्नुहोस् दशैंमा घर जानेहरूको भीड



काठमाडाैं ।  हिन्दुहरूकाे महान चाड बडा दशैं अाउन अब धेरै दिन बाँकि छैन । राेजीराेटीका  लागि  हाेस वा अन्य कामले अाफ्नाे घर, परिवार छाेडेर विभिन्न स्वदेश तथा विदेशका विभिन्न ठाउँमा बसेका हिन्दु नेपालीहरू अव अाफ्नाे अनुकुल समय मिलाएर घर जाने तयारीमा जुटेका छन ।

चाडपर्वका बेला गाडीमा  अत्याधिक भिड हुन्छ । खुशियाली मनाउन घर जानेहरूलाइ कति बेला घर पुगिएला भन्ने पिरले सताइरहेकाे हुन्छ ।  राेजगारी नभएका, परीक्षा सकेर बसेका विद्यार्थी लगायत अन्य नेपालीहरू भने  घर जान शुरू गरिसकेका छन ।  देशका विभिन्न बसपार्कहरूमा टिकट काट्नेहरूकाे घुइँचाे छ ।

हरेक बर्षजस्तैनेपालीजनमा दशैको लहर छाएको छ । सबै घर जाने तयारीमा जुटेका छन । सपिङ सेन्टरहरूमा पनि यतिबेला किनमेल गर्नेहरूकाे भिड देखिन्छ ।  चाडपर्वमा हुने चाेरी, डकैटी, लुटपाट, ठगी नियन्त्रण गर्न नेपाल प्रहरीले विशेष सुरक्षा याेजना कार्यान्वयनमा ल्याइसकेकाे छ । यात्रुहरूकाे समस्या समाधानका लागि विभिन्न ठाउँमा यात्रु सहायता कक्ष पनि राखिएका छन ।

 

 

 

 

Publish on: