काठमाडौं । सञ्चार मन्त्री गोकुल वास्कोटाले पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित मुछिएको ४ अर्ब ३५ करोड घोटला काण्डमा आवश्यक परे सरकारले समिति बनाएर छानविन गर्ने बताएका छन् ।
बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजानिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् ।
‘संसदीय उपसमितिले आफ्नो प्रतिवेदन समितिमा बुझाएको छ, अब समितिमा छलफल होला, समितिले पनि आफ्नो प्रतिबेदन बुझाउला, त्यसपछि आवश्यक पर्यो भने सरकारले न्यायिक समिति बनाएर छानविन गरी दोषीमाथि कारबाही गर्छ,’ उनले भने ।
तर, उपसमितिले प्रतिवेदनको बढी प्रचार गरेकोमा उनले आक्रोश पोखे ।
‘उपसमितिले बढी प्रचारबाजी गर्यो,’ उनले भने, ‘संसदीय उपसमितिले गरेको अध्ययनकै आधारमा कसैलाई दोषी भन्न मिल्दैन ।’
SHARE YOUR THOUGHTS