२८ मंसिर २०८२, शनिबार

सर्वसाधारणको अर्बौ ठगी गरेका सुधीर बस्नेतको बैंक खातामा २ लाख २९ हजार मात्रै !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं सर्वसाधारणको अर्बौं रकम ठगी गरेको आरोप लागेका घरजग्गा व्यवसायी सुधिर बस्नेतको बैंक खातामा २ लाख २९ हजार रुपैयाँ मात्रै भेटिएको छ ।

बस्नेतले ओरेन्टल सहकारीका बचतकर्ता र हाउजिङ तथा अर्पाटमेन्ट बुकिङकर्ताको सावाँ–व्याज गरी १६ अर्ब रुपैयाँ तिर्नुपर्ने छ ।

समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिका अध्यक्ष युवराज सुवेदीले बिहीबार सार्वजानिक गरेको बस्नेतको सम्पत्ति विवरणमा सुधीर बस्नेतको व्यक्तिगत बैंक खातामा जम्मा २ लाख २९ हजार रुपैयाँ मात्रै भेटिएको उल्लेख छ ।

समितिका अध्यक्ष सुवेदीका अनुसार प्राइम बैंकमा १ लाख ९८ हजार, प्रभु बैंकमा २५ हजार र एभरेष्ट बैंकमा ६ हजार रुपैयाँ भेटिएको हो ।

सहकारी संस्था र संस्थाका तत्कालीन सञ्चालक तथा बस्नेतका एकाघरका सदस्यहरुको बैंक खातामा भने झन्डै १७ लाख रुपैयाँ भेटिएको छ ।

‘बस्नेत, उनकी श्रीमति नितु थापा र सहकारी सस्थाका तत्कालीन सञ्चालकहरुलगायतको खातामा गरी जम्मा १९ लाख ११ हजार रुपैयाँ मात्रै भेटिएको छ,’ अध्यक्ष सुवेदीले भने, ‘हामीले राष्ट्र बैंकलाई आग्रह गरेर बैंक तथा वित्तीय संस्थाको खाता रोक्का गर्न लगाइ यो विवरण लिएका हौं ।’