सस्तो व्याजदरमा घर कर्जा चाहिए स्टान्डर्ड चार्टर्ड बैंक जानुहोस् « Eglish Khabarhub

सस्तो व्याजदरमा घर कर्जा चाहिए स्टान्डर्ड चार्टर्ड बैंक जानुहोस्


१९ पुस २०७३, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । तपाई घर कर्जा लिने तयारीमा हुनुहुन्छ तर बैंकहरुको ब्याजदर देखेर त्रसित हुनुभएको छ भने तपाईँका लागि खुसीको खबर छ ।

तपाईँलाई स्टान्डर्ड चार्टर्ड बैंकले ७.२५ प्रतिशत व्याजदरमै आवासिय (घर) कर्जा उपलब्ध गराउने नयाँ स्किम ल्याएको छ ।

अधिकांस बैंकहरुले धमाधम व्याजदर बढाइरहेका बेला स्टान्डर्ड चार्टर्ड बैंकले मंगलबार व्याजदर घटाउँदै कर्जाको नयाँ स्किम ल्याएको सार्वजानिक गरेको हो । बैंकले यसअघि ७.५० प्रतिशतमा दिँदै आएको आवास कर्जाको दर घटाएर ७.२५ प्रतिशतमा झारेको छ ।

त्यतिमात्र होइन यो स्किममा बैंकबाट कर्जा लिनेहरुलाई बैंकले २० हजार रुपैयाँ अनुदान दिने समेत घोषणा गरेको छ । त्यसैगरी, बैंकले यो ब्याजदर १ वर्षसम्म परिवर्तन नगर्ने जनाएकोछ । त्यसैगरी, धितोको निशुल्क मुल्याङकन गर्ने, कर्जा सूचना शुल्क नलिने, डेबिट कार्ड र क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

तरलता अभावका कारण अधिकांस बैंकहरुले ब्याजदर बढाइरहेका बेला स्टान्डर्ड चार्टर्ड बैंकले भने त्यसको ठीक विपरित व्याजदर घटाएको हो ।

बैंकसँग पर्याप्त तरलता भएकाले ब्याजदर घटाएर स्किम ल्याइएको बैंकका कर्पोरेट मामिला प्रमुख दिवाकर पौडेलले जानकारी दिए । चार्टर्ड बैंकको यो योजनासँगै अरु बैंकमा रहेको आवासिय कर्जा चार्टर्ड बैंकमा सार्न सकिन्छ ।

यो पनि पढ्नुहोस् – तरलता अभावको प्रभाव: निक्षेपको ब्याजदर १० प्रतिशत पुग्यो

‘अरु बैंकहरुले व्याजदर बढाइरहेका बेला आत्तिएका उपभोक्तालाई राहत पुर्याउने उद्देश्यले यो स्किम ल्याएका हौं,’ पौडेलले क्लिकमाढडूसँग भने, ‘हामीलाई तरलताको कुनै अभाव छैन । हामी अत्यन्तै सहज अवस्थामा छौं भन्ने सन्देश हो ।’

केही महिनायता बैंकिङ प्रणालीले लगानी योग्य पुँजी (तरलता) अभावको समस्या झेलिरहेको छ । तरलता अभावका कारण अधिकांस बैंकहरुले ब्याजदर बढाइरहेका बेला स्टान्डर्ड चार्टर्ड बैंकले भने त्यसको ठीक विपरित व्याजदर घटाएको हो ।

हालैमात्र जनता बैंकले व्यक्तिगत निक्षेपमा १० प्रतिशत व्याज दिने स्किम ल्याएको छ । जबकी स्टान्डर्ड चार्टर्ड बैंकले दिने कर्जा जनता बैंकले निक्षेपमा दिने ब्याजभन्दा झन्डै ३ प्रतिशतले कमी हो ।

‘नयाँ वर्षको उपहारस्वरुप तपाईँको मासिक किस्ताको भार कम गराउने विषेश आवास कर्जा हामीले ल्याएका छौं,’ बैंकले सार्वजानिक गरेको सूचनामा भनिएको छ, ‘तपाईँको अन्यत्र रहेको घर कर्जालाई हाम्रो विाषे घर कर्जा योजना अन्तर्गत पुनकर्जा लिई उल्लेख्य बचत गर्ने अवसरको यथेष्ट फाइदा लिनुहोस् ।’

अरु बैंकहरुले आवास कर्जामा धमाधम व्याजदर बढाइरहेका बेला चार्टर्ड बैंकले भने घटाएको हो । अरु बैंकहरुले पुरानो आवासिय कर्जालाई बढाएर ९ प्रतिशत  पुर्याइसकेका छन् भने कतिपयले नयाँ आवासिय कर्जा १० प्रतिशतभन्दा बढी ब्याजदर पुर्याएका छन् ।

‘अन्य बैंकमा भएको आवासिय कर्जा स्टान्डर्ड चार्टर्ड बैंकमा सारेर ग्राहकले भरपुर फाइदा उठाउन सक्नेछन्,’ पौडेलले भने ।

यो पनि पढ्नुहोस्- बैंकिङ क्षेत्रमा तरलता अभावको जोखिम झन् बढ्यो

प्रकाशित मिति : १९ पुस २०७३, मंगलबार ००:००  ११ : ४१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping