अर्थमन्त्रीले भने- बैंक मर्जर जवरजस्ती हुँदैन « Eglish Khabarhub

अर्थमन्त्रीले भने- बैंक मर्जर जवरजस्ती हुँदैन



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले जवरजस्ती बैंक तथा वित्तीय संस्थाको मर्जर नहुने बताएका छन् ।

चालु आर्थिक वर्षको बजेटमा आफैले बैंक तथा वित्तीय संस्थालाई मर्ज गर्ने नीति तथा कार्यक्रम ल्याएका अर्थमन्त्रीले बुधबार त्यस्तो धारणा राखेका हुन् ।

अर्थमन्त्रीले भने- बैंक मर्जर जवरजस्ती हुँदैन

‘लोकतन्त्रमा जवरजस्ती भन्ने हुँदैन, कोही कसैले स्वतस्फूर्त रुपमा मर्जर गर्छु भनेको खण्डमा त्यसलाई प्रोत्साहित गर्ने हो’ बुधबार कामना सेवा विकास बैंकले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले भने ।

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई मर्जर जान दबाव दिइरहेको बेला अर्थमन्त्रीको यस्तो धारणा आएको हो ।

Publish on: