२८ मंसिर २०८२, शनिबार

योजनाआयोग पुनरसंरचनाबारे अध्ययन गरेर निर्णय लिन्छौंः डा. विश्व पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. विश्व पौडेलले आयोग पुनर्संरचनाबारे अध्ययन गरेर निर्णय लिने बताएका छन्।

आयोग एक बलियो जग भएको संस्था रहेकोले यसलाई एकैचोटी पुनर्संरचना गरेर जाने भन्दा अध्ययन गरेर आवस्यक निर्णय लिने पौडेलले बताए ।

बिहीबार आयोगको कार्यभार सम्हाल्दै डा। पौडेलले यस्तो बताएका हुन् ।

‘आयोग पुनर्संरचनाको विषयमा अहिले नै निर्णय गरेर जानेभन्दा पनि विगतमा भएका अध्ययनलाईसमेत आधार मानेर हामी थप अध्ययन गर्छौं । अध्ययनले दिएका सुझाव अनुसार निर्णय हुन्छ,’ पौडेलले भने ।

अहिले कोभिड १९ महामारी नियन्त्रण र बाढी पहिरोबाट भएको क्षति आंकलन गरि राहत र पुनर्स्थापनाका कामलाई पहिलो प्राथमिकता राखी अघि बढाउने पनि उनले बताए ।

उपाध्यक्ष पौडेलसँगै २ जना सदस्यहरु डा. रामकुमार फुँयाल र डा. दिलबहादुर गुरुङले पनि कार्यभार सम्हालेका छन्।