कोकाकोलाले कर छली गरेको प्रतिवेदन सरकारी वकिललाई बुझाइयो « Eglish Khabarhub

कोकाकोलाले कर छली गरेको प्रतिवेदन सरकारी वकिललाई बुझाइयो


११ पुस २०७८, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौँ । कोकाकोलालगायतका पेय पदार्थ उत्पादक कम्पनी बोटलर्स नेपालले पूँजीगत लाभकर छली गरेको निष्कर्ष निकाल्दै राजस्व अनुसन्धान विभागले मुद्दा चलाउनु पर्ने निष्कर्ष सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

आइतबार विभागले सरकारी वकिल कार्यालयको राय माग गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको विभाग स्रोतले क्लिकमाण्डूलाई जानकारी दियो ।

‘हामीले सरकारी वकिल कार्यालयले उठाएका विषयबस्तु थप प्रष्ट पार्दै अनुसन्धान प्रतिवेदन बुझाएका छौँ,’ स्रोतले भन्यो ‘अब सरकारी वकिल कार्यालयको निर्णयपछि थप प्रक्रिया अगाडि बढ्छ ।’

विभागले २०७७ मंसिरमा बोटलर्स नेपालको शेयर खरिद बिक्री प्रकरणमा पुँजीगत लाभकर छली भएको आशंकामा कागजात नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

गत भदौमा कर छली गरेको निष्कर्ष निकाल्दै विभागले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । प्रतिवेदनमाथि सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नु पर्ने राय दिदैँ विभागमा प्रतिवेदन फिर्ता गरेको थियो ।

‘हाम्रो पुरानो अनुसन्धान प्रतिवेदनको निष्कर्ष पनि पुँजीगत लाभकर छली भएको छ भन्ने नै थियो’ विभागका एक अधिकारीले भने, ‘ सरकारी वकिल कार्यालयले केही प्रक्रिया नपुगेको विषयमा टिप्पणी गरेको थियो । हामीले त्यसलाई मिलाएका छौँ । अब सरकारी वकिल कार्यालयको फरकमत रहन्न होला ।’

विभागले बोटलर्स नेपाललाई मुद्दा चलाउनु पर्ने रायसहितको प्रतिवेदन बुझाउने तयारी गरेपछि शुक्रबार बोटलर्स नेपालले विभागलाई पत्र लेख्दै सरकारलाई नियमानुसार कर तिर्न तयार रहेकाले मुद्दाको प्रक्रिमा नजान आग्रह गरेको थियो । तर, विभागले बोटलर्स नेपालले अनुसन्धान सम्पन्न भएपछि पठाएको पत्रलाई कुनै महत्व दिएन ।

अब सरकारी वकिल कार्यालयले विभागलाई मुद्दा दायर गर्न अनुमति दिएपछि बोटलर्स नेपाल विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता हुनेछ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार ००:००  ५ : ३९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping