![](https://internal.appharu.com/wp-content/uploads/2018/07/petrolium.jpg)
काठमाडौं । गत वर्ष नियमविपरित पेट्रोलियम पदार्थ बिक्री गरेको पाइएको छ ।
महालेखापरीक्षकको ६०औं वार्षिक प्रतिवेदनअनुसार गत वर्ष नेपाल आयल निगम लिमिटेडको पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली विपरित पेट्रोलियम पदार्थको बिक्री वितरण गरेको पाइएको हो ।
प्रतिवेदनअनुसार नेपाल आयल निगम लिमिटेड, पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली, २०७५ को नियम २३ (१) मा निगमबाट नियुक्र बिक्रेताले निगमद्वारा स्वीकृति लिई उपलब्ध गराएको पेट्रोलियम पदार्थको मात्र बिक्री वितरण गर्नुपर्ने व्यवस्था छ ।
यसैगरी नियम २३(८) र (९) मा निगमको पूर्व स्वीकृति नलिई अन्य कम्पनीबाट पेट्रोलियम पदार्थ खरिद गरी बिक्री गरेमा त्यस्ता बिक्रेतालाई निगमले यस बिनियमावली बमोजिम कारबाही गरी प्रचलित कानूनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई लखी पठाउने व्यवस्था छ ।
तर, ठूला करदाता कार्यालय अन्तर्गतको एक सिमेन्ट उदोगले नियमविपरित एक पेट्रोलियमबाट १ अर्ब ६४ करोड ९ लाख ५२ हजारको पेट्रोलियम पदार्थ खरिद गरी लागत खर्च कट्टी गरेकोमा उक्त सप्लायर्सले नियमानुसार आयल निगमबाट इन्धन खरिद नगरी अन्य सप्लायर्सबाट खरिद गरेको देखिएकोले आपूर्वक कम्पनीको इन्धन आपूर्तिको स्रोत नै कानुन विपरीत नेपाल आयलभन्दा बाहिर देखिएकोले दाबी गरेको खर्चको विश्वसनीयता नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।
उक्त खर्च सम्बन्धमा थप छानबिन गरी खर्च कट्टी अमान्य गरेर ३२ करोड ८१ लाख ९० हजार असुल गर्न महालेखाले निर्देशन दिएको छ ।
प्रतिक्रिया