अदालतमा चुडामणि शर्माको बयान: अख्तियार प्रमुख दीप बस्न्यातको अनुचित स्वार्थ पूरा नगर्दा बदला लिइयो « Eglish Khabarhub

अदालतमा चुडामणि शर्माको बयान: अख्तियार प्रमुख दीप बस्न्यातको अनुचित स्वार्थ पूरा नगर्दा बदला लिइयो


१४ कार्तिक २०८०, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

आयोगको कार्य सम्पादनबाट राज्यलाई अधिकतम लाभ हासिल भएको छ । राजस्व संकलनमा अभिवृद्धि भई मुलुकको सुशासन, विकास र सेवा प्रवाह एवं समृद्धिमा सार्थक योगदान भएको राज्यलाई कुनै हानि पुऱ्याउने तथा व्यक्तिगत लाभ लिने कुनै कार्य गरिएको छैन ।

उक्त कपोलकल्पित, दुराशयपूर्ण र सरासर झुटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातको अनुचित एवं भ्रष्ट स्वार्थ परिपूर्ति गर्न नमानेको अर्थात् निजको अनुचित इच्छा परिपूर्ति नगरेको प्रतिशोध स्वरुप निजले म समेत कर फर्छ्यौट आयोग २०७१ का अध्यक्ष एवं सदस्य उपर झुठ्ठा लाञ्छना लगाउने र फसाउने मनसायले निजद्वारा नै सिर्जना गरिएको झुठ्ठा उजुरीबाहेक अरु केही होइन ।

दीप बस्न्यातले मलाई २०७४ जेठ १९ मा म आन्तरिक राजस्व विभागमा कार्यरत रही रहेको बखत मसँग टेलिफोनमा कुरा गरी २-३ मिनेटको सानो ब्रिफिङ छ, आयोगमा आई मलाई भेट्नु, अनि जानुहोला भनी कुरा गरेअनुसार म अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा तत्काल गएको अवस्थामा मलाई भेट्दै नभेटी गैरकानुनी रुपमा नियन्त्रणमा लिएको र त्यसपछि मलाई बदनाम गर्ने र बदला लिने कलुषित मनसायले निज आफैंले झुठ्ठा उजुरी बनाउने, मिडिया परिचालन गर्ने, तथाकथित समाचार बनाएर प्रेषण गर्ने गराउनेसहितका शृंखलाबद्ध कार्यहरु गरी आफ्नो पदको दुरुपयोग गरेको कुरा सबैका सामु घामझैं छर्लंग भइसकेको छ ।

२०७१ माघ २२ गते गठित कर फर्छ्यौट आयोगले २०७२ असोज मसान्तसम्म कार्य सम्पादन गरी २०७२ मंसिर २२ मा अर्थ मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष प्रतिवेदन प्रस्तुत गरी उक्त आयोग स्वतः विघटन भएको र राज्यले कर बक्यौता फर्छ्यौटसम्बन्धी सम्झौताबमोजिमको राजस्वसमेत लिइसकेको अवस्था हो ।

कर फर्छ्यौट आयोगले सम्पादन गरेको कार्यउपर उजुरी परेर म उपर अनुसन्धान गरिएको तथा पक्राउ गरिएको अवस्था नभई दीप बस्न्यातले आफ्नो अनुचित स्वार्थबमोजिमको काम गर्न मलाई भनेकोमा मैले उक्त गैरकानुनी कार्य गर्न नमानेपछि षड्यन्त्रपूर्वक मलाई अख्तियारमा बोलाई म त्यहाँ पुग्नेबित्तिकै बिना आधार नियन्त्रणमा लिने अनि आफूले गरेको कुकृत्यलाई ढाकछोप गर्ने र ब्रह्मलुट गर्ने तथा मसमेत कर फर्छ्यौट आयोग २०७१ का पदाधिकारीलाई दुःख दिने, फँसाउने बदनियतपूर्वक तथाकथित उजुरीहरु सिर्जना गरेको कुरा कालक्रमिक घटना एवं कागजात (२०७२ असोज मसान्तमा कर फर्छ्यौटको कार्यावधि समाप्ति र स्वतः आयोगको विघटन २०७२ मंसिर २२ मा कर फर्छ्यौट आयोगद्वारा प्रतिवेदन प्रस्तुति, २०७४ जेठ १९ मा म चुडामणि शर्मालाई अख्तियारमा बोलाई गैरकानुनी नियन्त्रण तथा पक्राउ, २०७४ असार २९ मा विशेष अदालतमा मुद्दा दायरी, उक्त मुद्दा दायरी पश्चात उजुरी एवं समाचार) बाट समेत स्पष्ट हुन्छ । उक्त उजुरीमा कुनै सत्यता छैन ।

कर फर्छ्यौट आयोग २०७१ ले आफ्नो निर्दिष्ट जिम्मेवारी प्रचलित कानुन तथा नेपाल सरकारको निर्देशन एवं मार्गदर्शनबमोजिम मुलुकको भलो चिताई असल नियतले प्रभावकारी रुपमा सम्पादन गरेको हो । कर फर्छ्यौट आयोग एक अधिकार सम्पन्न विज्ञ आयोग हो । यो अर्धन्यायिक निकाय हो । साथै कर बक्यौता फर्छ्यौट सम्बन्धमा नेपाल सरकारको अत्यन्त विश्वसनीय र बफादार एजेन्टको रुपमा कर फर्छ्यौट आयोगले आफ्नो कार्य सम्पादन गरेको हो ।

कर फर्छ्यौट आयोगको कार्य सम्पादनबाट राज्यलाई अधिकतम लाभ प्राप्त भएको छ । लामो समयदेखि समस्याको रुपमा रहेको कर बक्यौतासम्बन्धी विवादको न्यायोचित निरूपण एवं समाधान तथा फर्छ्यौट भएको छ ।

राज्यकोषमा राजस्व संकलनमा उल्लेखनीय अभिवृद्धि भएको छ । आन्तरिक स्रोत परिचालनमा अभिवृद्धि भएको छ । बन्द भएका उद्योगधन्दा तथा व्यवसाय पुनः सञ्चालनमा आएका छन् । आर्थिक गतिविधि विस्तारमा सहयोग भएको छ । सरकारप्रति जनता एवं व्यवसायी तथा करदाताको विश्वास अभिवृद्धि भएको छ । राजस्वको आधार तथा दायरा विस्तार भएको छ । रोजगारीको पुन:स्थापना तथा नयाँ रोजगारी सिर्जना भएको छ । आम जनताको सुविधा र आर्थिक एवं सर्वाङ्गीण हित अभिवृद्धि भएको छ । समग्रमा मुलुकको सुशासन, विकास, सेवा प्रवाह र समृद्धिमा सार्थक योगदान भएको छ ।

कर फर्छ्यौट आयोगबाट राज्यलाई कुनै हानि पुर्‍याउने र व्यक्तिगत लाभ लिने कुनै कार्य गरिएको छैन । राज्यलाई सर्वाङ्गीण आयामबाट अधिकतम लाभ हुने कार्य गरिएको छ । म एक कुशल कर्तव्यनिष्ठ, कर्मठ, मेहनती, मेधावी, इमानदार एवं उम्दा र गतिशील राष्ट्रसेवक हुँ ।

मैले सधैं राष्ट्रहितलाई केन्द्रविन्दुमा राखेर विधिसम्मत कार्य गर्दै आएको छु । मलाई नेपाल सरकारद्वारा निर्दिष्ट जिम्मेवारी मेरो ज्ञान, बुद्धि, विवेक, सीप, ल्याकत र नेपाल सरकारद्वारा प्रदत्त स्रोत, साधन, संरचना एवं संयन्त्रले भ्याएसम्म मैले विधिसम्मत र विवेकसम्मत रुपमा अत्यन्त उम्दा हिसाबले कुशलतापूर्वक सम्पादन गरी आफ्नो कार्य क्षेत्रमा उत्कृष्टता हासिल गर्दै आएको छु ।

मेरो कार्य सम्पादन तथा गतिशील एवं सिर्जनशील भूमिकाको नेपाल सरकार, शासकीय साझेदार, सेवाग्राही तथा सरोकारवालाबाट उच्च प्रशंसा एवं सम्मानसमेत भएको छ । मैले मुलुकको हित, उन्नति, प्रगति, समृद्धि र साख अभिवृद्धिका लागि सदा समर्पित भई कार्य गरेको छु, गरिरहेको छु र गरिरहने छु ।

सार्वजनिक पदाधिकारी तथा राष्ट्रसेवकको रुपमा मात्र होइन, व्यक्तिगत एवं सामाजिक रुपमा समेत मैले मुलुकको सुशासन, समृद्धि र विकासका लागि उल्लेखनीय योगदान गरेको छु र सदा गरिरहने छु । यो मेरो कर्तव्य हो । मुलुकको सुशासन, समृद्धि र विकासका लागि म आफूलाई बलिदानी गर्न तयार छु । एक कर्तव्यनिष्ठ र सम्मानित नागरिक भएर जिउन पाउने मेरो नैसर्गिक एवं संवैधानिक अधिकार हो ।

उल्लिखित व्यवस्था र अवस्थाको बेवास्ता गरी प्रचलित कानुनको उल्लंघन तथा अख्तियारको दुरुपयोग गरी बलजफति एवं द्वेषपूर्ण रुपमा आफ्नो निहित अनुचित स्वार्थका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोग २०७१ का पदाधिकारीलाई लगाएको आरोप निराधार, कपोलकल्पित, झुट्टा तथा गलत छ । असल नियतले विधिसम्मत रूपमा मुलुकको भलो चिताई प्रभावकारी रुपमा सरकारको एजेन्ट भई सरकारले लगाएको कार्य सम्पादन गर्दा कुनै मुद्दा तथा आरोप लाग्नु पर्ने होइन र हुनु हुँदैन ।

मैले राज्यलाई हानि नोक्सानी पुर्‍याई भ्रष्टाचारजन्य कार्य गरेको भनी लगाएको आरोप तथ्यहीन एवं कपोलकल्पित छ । साँवा कर छुट दिएको, करदाताले माग नै नगरेको विषयमा कर निर्धारण गरी कर छुट दिएको भनी हचुवा तवरले आरोप लगाइएको छ । कर छली पुष्टि भएका कुनै पनि करदाताको निवेदन उपर कारबाही गरिएको छैन । आयोगले गरेको कर निर्धारण नयाँ कर निर्धारण हो । आयोगद्वारा निर्धारित करमा छुट दिइएको छैन । राज्यले पाउनुपर्ने कर त्यति हो, जुन आयोगले कर फर्छ्यौट आयोग ऐन २०३३ बमोजिम पुनः नयाँ कर निर्धारण गरेको छ ।

प्रचलित कानुनबमोजिम राष्ट्रहित एवं जनहितमा केन्द्रित रही असल नियतका साथ सरकारको एजेन्ट भई कार्य गरेको र त्यसअनुसार राज्यले अधिकतम् लाभ लिएको हुँदा मलाई आरोप मागदाबीबमोजिम सजाय हुनुपर्ने होइन । सजाय हुने कुनै कार्य गरेको पनि छैन । मेरो विरुद्ध दर्ता गरेको आधारहीन झुटा अभियोग दाबीबाट सफाइ पाऊँ ।

(कर फर्छ्यौट आयोगका सदस्य चुडामणि शर्माले विभिन्न कम्पनीलाई कर छुट दिएर सरकारलाई नोक्सानी पुर्‍याएको अभियोगमा आयोगविरुद्ध दर्ता भएको मुद्दामा विशेष अदालतमा दिएको बयानको सम्पादित अंश)

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार ००:००  ११ : ५१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping