सिर्जित दायित्व बिर्सेर भौतिकमन्त्री महासेठले खुद्रे योजनामा बजेट छरे, एमाले नेताका योजना प्राथमिकतामा « Eglish Khabarhub

सिर्जित दायित्व बिर्सेर भौतिकमन्त्री महासेठले खुद्रे योजनामा बजेट छरे, एमाले नेताका योजना प्राथमिकतामा


१६ जेष्ठ २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सिर्जित दायित्व बिर्सिएर खुद्रे योजनामा बजेट छरेका छन् ।

३ खर्ब रुपैयाँभन्दा बढी दायित्व रहेको मन्त्रालयले नेताका पकेटका खुद्रे योजनामा बजेट छुट्याएको अर्थ मन्त्रालयल स्रोतले जानकारी दिएकाे हो । ‘१६ अर्ब रुपैयाँभन्दा बढी बजेट खुद्रे योजनामा बाँडेको छ।

देखाउनका  लागि केहि सडकका आयोजनामा बजेट छुट्याइएको छ । तर धेरै राष्ट्रिय गौरवका योजनाले चाहिए जति बजेट नपाउँदा एमाले नेताका योजना परेका छन्, ‘ अर्थ मन्त्रालयल स्रोतले भन्यो, ‘यातायात मन्त्री महासेठले आफ्नै क्षेत्रमा २ अर्ब रुपैयाँभन्दा बढीको बजेट हालेका छन् ।’

स्रोतका अनुसार १० अर्ब रुपैयाँभन्दा बढी वैकल्पिक सहायक सडकका लागि बजेट छुट्याइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ खर्ब ३१ अर्ब रुपैयाँको सिलिङ पाएको थियो ।  मन्त्री महासेठले खुद्रे योजना थप्न लगाएर १ खर्ब ५० अर्ब ५३ करोड  रुपैयाँ बजेट पुर्‍याएका छन् ।  

मन्त्री महासेठले अन्तर मन्त्रालय बजेट सूचना प्रणाली (एलएमबीआईएस) खोल्न लगाएर खुद्रे योजना हाल्न लगाएका थिए ।  उनले मन्त्रालयको योजना तथा अनुगमन मूल्यांकन महाशाखालाई उपेक्षा गर्दै आफ्नो क्वार्टरमा बजेट बनाएका थिए ।

वैशाख मसान्तसम्म अरु मन्त्रालयको बजेट लक भएको भए पनि उनले कार्यक्रम नपठाएका कारण अर्थ मन्त्रालयलाई अप्ठ्यारो परेको थियो । विषयगत मन्त्रालयको एलएमबीआईएस लक भएपछि अर्थ मन्त्रालयमा कुन आयोजनामा बजेट विनियोजन गर्ने वा नगर्ने छलफल हुने गर्छ । तर भौतिक मन्त्रालयले समयमा एलएमबीआईएसमा आयोजना अपलोड नगर्दा अर्थ मन्त्रालयमा गहन छलफल हुनै पाएन ।

गएको शनिबार राति मन्त्रालयका कर्मचारीहरुले मन्त्री महासेठले आफ्नो क्वाटरमा तय गरेका योजनालाई एलएमबीआईएस इन्ट्री गरेका हुन् । ‘शनिबार भौतिक मन्त्रालयका साथीहरु मन्त्रीज्यूले फाइनल गरेका कार्यक्रम लिएर आउनु भयो,’ अर्थमन्त्रालय स्रोतले भन्यो, ‘अर्थमन्त्रीज्यूलाई एमाले उच्च नेतृत्वबाट दबाब थियो होला सायद । उहाँले भौतिक मन्त्रालयबाट आएका कार्यक्रम एलएमबीआईएस इन्ट्री गर्नु भन्नु भयो हामीले गर्‍यौं ।’

समाचार बाहिरीएपछि मन्त्रालयमा योजना माग्न आउनेको भीडका कारण काम गर्न नसकिएको भन्दै महासेठले क्वार्टरमै बजेट बनाएको तर्क गरेका थिए ।

अर्थ मन्त्रालयले त्यस्ता योजना इन्ट्री गर्न अप्ठ्यारो मानेपछि महासेठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘फोर्स’ लगाएका थिए । त्यसपछि अर्थमन्त्री वर्षमान पुन बजेटमा खुद्रे योजना राख्न सहमत भएका स्रोतको भनाइ छ ।

महासेठ एमालेका सचिव हुन् र उनकै नेतृत्वमा एमाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार रुपान्तरणकारी परियोजनाभन्दा पनि मन्त्रीको प्राथमिकता खुद्रे योजनामा रहेको र ती योजनाहरु इन्ट्री भएका हुन् ।

महासेठले सूर्य विनायक धुलिखेल सडकको परामर्शमा सेवामा ठूलो बजेट राख्न खोजेका थिए तर अर्थमन्त्रीले नमानेपछि निर्माणमा बजेट छुट्याइएको छ । सरकारले पूर्व पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल- नारायणगढ र कमला-कन्चपुर ४ लेनमा विस्तार कार्य आगामी वर्ष पूरा गर्ने गरी बजेट छुट्याएको बताए ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं-तराई/मधेश द्रुतमार्गका लागि २२ अर्ब ५४ करोड रुपैयाँ छुट्याइएको छ । मध्यपहाडी लोकमार्गका लागि ३ अर्ब ६८ करोड,हुलाकी सडकका लागि ३ अर्ब ३० करोड रुपैयाँ, उत्तर-दक्षिण करिडोरका लागि ४ अर्ब ४३ करोड रुपैयाँ मदनभण्डारी राजमार्गका लागि ३ अर्ब ६० करोड रुपैयाँ विनियोजन भएको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार ००:००  ७ : ०७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping