विमानको आगो निभाउन पानीको सट्टा ‘फोम टेण्डर’ दमकलको प्रयोग, कसरी गर्छ काम ? « Eglish Khabarhub

विमानको आगो निभाउन पानीको सट्टा ‘फोम टेण्डर’ दमकलको प्रयोग, कसरी गर्छ काम ?


९ श्रावण २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । बुधबार त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा आगो निभाउन अत्याधुनिक सुविधाको ‘फोम टेण्डर’ दमकल प्रयोगमा ल्याइएको थियो ।

आगोलाई तत्कालै नियन्त्रणमा लिन नेपाल आयल निगम अन्तर्गतको सिनामंगलस्थित हवाई इन्धन डिपोको यो दमकल प्रयोगमा ल्याइएको थियो । यो दमकलबाट निस्केको पानीभन्दा ठूलो सेतो फोमको फोहोराले आगोलाई नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणमा लिँदाको तस्बिर र भिडियोहरुमा हिँउ परेको जस्तो दिखएको सोही फोम हो ।

विमान दुर्घटनास्थलमा सेतो हिउ जमेको जस्तो देखिने यहि दमकलबाट निस्केको सेतो फोम हो । यो दमकलले फोम उत्पादन गर्न पानी र ए ट्रिपल एफ नामको रसायन उपभोग गर्छ । पानी र ए ट्रिपल एफ नामको रसायनबीच प्रतिक्रिया हुँदा ठूलो सेतो फोमको मुस्लो निस्कासन गर्छ ।

यो फोमले तत्कालै आगो तयार गर्न आवश्यक पर्ने अक्सिजनको बाटो अवरुद्ध गरी आगो लागेको स्थानमा व्लाण्केटले छोपेकोजस्तै छोपेर आगो नियन्त्रणमा लिन्छ । दमकलबाट निस्कने पानीबाट आगो निभाउँदा आगलागीमा परेको मानिस वा जनावरको शरीरमा थप घाउ बनेर जोखिम थपिने खतरा हुन्छ ।

https://www.facebook.com/clickmandu/videos/788471543483182

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार फोमबाट आगो निभाउँदा झयाप्पै आगो निभ्ने भएकाले शरीरमा थप घाउ हुने जोखिम हुँदैन ।

‘पानी फाल्ने दमकल प्रयोग हुँदा थप क्षति हुने जोखिम हुन्छ,’ ठाकुरले भने,‘जलेको ठाउँमा तत्कालै पानी हाल्दा छाला र मासु चोइटिने र उप्किने जोखिम अत्यधिक हुन्छ । तर फोम दमकलबाट निस्कने फोमले पोलेको स्थानमा थप कुनै पनि प्रकारको जोखिम उत्पन्न हुन दिदैंन । अक्सिजनको बाटो अवरुद्ध गरी व्ल्याङ्गकेटले छोपेजस्तै आगोलाई छोपिदिन्छ । जसले गर्दा तत्कालै आगो नियन्त्रणमा आएर फैलिन पाउँदैन ।’

देशभरमा गरी यस्तो सुविधाको दमकल नेपाल आयल निगम र त्रिभुवन विमानस्थलसँग मात्रै छ । संख्यात्मक हिसावले सबैभन्दा बढि संख्यामा निगमसँग यो दमकल छ ।

निगमले आर्थिक वर्ष २०७५/७६ मा ६ वटा यस्तो दमकल खरिद गरेको थियो । एउटा दमकल करिब २ करोड रुपैयाँको लागतमा खरिद भएको थियो । त्यसपछि फेरि २ वटा खरिद गरिएको थियो । यसअघि निगमको क्षेत्रीय डिपो अमलेखगञ्जमा २ वटा यहि प्रविधिको दमकल थियो । निगमसँग अहिले १० वटा यो प्रविधिको दमकल छ । यस्तो दमकल हरेक डिपोमा राखिएको प्रवक्ता ठाकुरले जानकारी दिए ।

सम्बन्धित समाचार

विमान ठोकिएको कन्टेनर भित्रबाट पाइलटलाई गरिएको थियो उद्धार, यस्तो थियो अवस्था

१५ वर्ष विदेशमा उडेको सौर्यको जहाज ६ वर्षअघि ल्याइएको थियो नेपाल, मर्मतअघि १२१ घण्टा मिल्थ्यो उड्न

सौर्यको विमान दुर्घटनाः उच्च व्यवस्थापन समूहका ४ जनाको मृत्यु

९ वर्षमा ९ वटा हवाइ दुर्घटना: कहिले कहाँ कति क्षति भयो ?

५० तस्बिरमा हेर्नुस्, एयरपोर्टभित्रै दुर्घटनामा परेको सौर्य एयरको विमान

ऊर्जा मन्त्रालयमा करारकी कर्मचारी थिइन् प्रिजा, ४ वर्षिय छोरो र श्रीमानसहित दुर्घटनामा मृत्यु

कस्तो छ १८ जनाको ज्यान जाँदा बचेका पाइलट शाक्यको स्वास्थ्य अवस्था ?

उड्नासाथ यसरी दुर्घटनामा परेको थियो सौर्य एयरको विमान (भिडियो)

एयरपोर्टबाट गृहमन्त्रीले भनेः विमान उड्नासाथ दाहिनेपट्टि धेरै मोडिएर कन्टेनरलाई हिर्कायो (अडियो)

दुर्घटनाग्रस्त विमानमा थिए सौर्य एयरलाइन्सकै १७ कर्मचारी (सूचीसहित)

१९ जना इन्जिनियर र कर्मचारी लिएर पोखरा जाँदै थियो सौर्य एयरको विमान (भिडियो)

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार ००:००  ५ : २९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping