हिरासतमा भेट्न पुगेका कार्यकर्तालाई रवि लामिछानेले भने- एक्लै बस्न बोर भयो, साथी आउनुहोस् « Eglish Khabarhub

हिरासतमा भेट्न पुगेका कार्यकर्तालाई रवि लामिछानेले भने- एक्लै बस्न बोर भयो, साथी आउनुहोस्


९ कार्तिक २०८१, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

पोखरा । शनिबार जिल्ला प्रहरी कार्यालय कास्कीमा एक जना समर्थक हिरासतमा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई भेट्ने भन्दै आए ।

उनले आफ्नो घरमा पार्टी कार्यालय रहेको भन्दै प्रहरीसँग लामिछानेलाई भेट्नका लागि चिट पठाइदिन आग्रह गरे । प्रहरी नमाने पनि उनले पटक पटक अनुरोध गरे । त्यसपछि प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले चिट पठाइदिए । लामिछानेले भेट्न नचाहेको म्यासेज आयो । उनलाई प्रहरीले फर्काइदियो । प्रहरीहरु कुरा गर्दै थिए, ‘श्रीमती र पार्टीका नेताहरुसँग सम्पर्कमा हुनुहुन्छ, अरु कसैलाई भेट्न मान्नु भएको छैन ।’

 लामिछाने गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका थिए र उनलाई काठमाडौंबाट स्थलमार्ग हुँदै पोखरा लगिएको थियो ।

केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले सहकारी ठगी प्रकरणमा उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीको जिम्मा लगाएर फर्किएको थियो । सभापति लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । बिहीबार कास्की जिल्ला अदालतले उनलाई थप ७ दिन हिरासतमा राखि अनुसन्धान गर्न अनुमति दिएको छ ।

पोखरा लगिए लगत्तै आइतबार रास्वपाका नेताहरु लामिछानेलाई हिरासतमा भेट्न पुगे । हिरासतमा भेट्न पुग्दा उनले प्रहरीले पिसाबसमेत फेर्न नदिएको गुनासो गरे ।

‘अमानवीय व्यवहार गरेर मलाई पिसाप फेर्न समेत बाटोमा रोकिएन । माथिको आदेश भन्दै प्रहरी रोक्न मानेन,’ उनको भनाइ उदृत गर्दै रास्वपा एक नेताले क्लिकमान्डुसँग भने, ‘नेतालाई आफ्नो समर्थक भेट्ने मन हुन्छ । ठाउँ ठाउँमा समर्थकहरु निस्किएका थिए । कम्तिमा भेट्न दिनुपर्थ्यो ।’

भोलिपल्ट सांसद तथा रास्वपाका नेताहरुको टोली भेट्न पुगेको थियो । भेट्न गएकाहरुले के छ ? भनेर सोध्दा एक्लै भएको भन्दै एक जना साथी बस्न भने । उनले ठट्यौली गर्दै भनेका थिए, ‘अरु ठूलो समस्या छैन । एक्लै बोर भएँ, एक जना आउनुस् ।’

तर कसरी आउने ? भेट्न गएकाले प्रश्न गरेपछि उनले जवाफमा हाँस्दै भने- ‘यसो प्रहरीले धकेल्दिनुस् आउन पाइहालिन्छ नि !’

‘बेलुकीसम्म म आउँछु दाई,’ रास्वपाका एक सांसद रमाइलो गरे । लामिछानेले हिरासत बाहिर आएपछि सबैलाई ठीक पार्ने बताए ।

प्रहरीहरुका अनुसार उनी शान्त नै देखिन्छन् ।

पक्राउ परेका लामिछानेलाई आइतबार म्याद थपका कास्की जिल्ला अदालतमा उपस्थित गराइयो । अदालतले पक्राउ परेका दिनदेखि गणना हुने गरी ६ दिनको म्याद थप दियो । आइतबार ६ दिनको म्याद पाएको प्रहरीले सोमबारदेखि बयान लिने तयारी गरेको थियो । तर कागजात नआइसकेको भन्दै प्रहरीले बयान लिएन ।

संसदीय विशेष छानबिन समितिसहित ४ वटा प्रतिवेदन प्रहरीले मगाएको थियो । उक्त प्रतिवेदन अध्ययन गर्ने, प्रमाणहरु संकलन गर्ने  र दुवैले दाँजेर हेर्ने प्रहरीको तयारी छ । लामिछानेको बयान सकिएपछि एक निष्कर्षमा प्रहरी पुग्नेछ । मंगलबार बयानका लागि सरकारी वकिलको कार्यालयमा लगिएको थियो ।

बुधबार जिल्ला प्रहरी कार्यालयमा बयान लिन भन्दै रविलाई बोलाइयो । करिब ३ बजेतिर बोलाइएर प्रहरी केहि प्रश्न सोधेर बिहिबारका लागि सारेपछि लामिछानेले प्रहरीलाई धमाधम बयान लिन भने । प्रहरीले धमाधम बयान लिन नमानेपछि लामिछाने बयान कक्षबाट उठ्नै मानेनन् । उनले बयानमा ढिलाइ गरेको भन्दै आक्रोश पोखे ।

समय लम्ब्याउन खोजिएको भन्दै उनले बयान नलिएको पार्टीका नेताहरुलाई बताएका थिए । लामिछानेले समय मागेर अदालतमै आफूलाई षड्यन्त्र गरेर फसाउन खोजिएको भन्दै चर्को स्वरमा बोले । उनी चर्किएको देखिएपछि न्यायाधीशले यहाँ चर्का कुरा गर्नु पर्दैन, यो अदालत हो भनेपछि लामिछानेले अलिक शान्त बने ।

बिहीबार प्रहरीले थप म्याद थपका लागि कास्की जिल्ला अदालतमा पेश गरेको थियो । सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्नु पर्ने भएको भन्दै २५ दिनको समय माग गर्दै प्रहरीले अदालतमा पेस गरेको थियो । अदालतले थप ७ दिन म्याद थपेको छ । सातदिन कात्तिक १४ गतेसम्म हुन्छ । १५ गते लामिछानेलाई पुन: अदालतमा पेस गर्नु पर्ने भए पनि सो दिनबाट तिहारको सरकारी बिदा सुरु हुन्छ।

यस्तो अवस्थामा सरकारी बिदा सकिएपछि कार्यालय खुलेको पहिलो दिन प्रहरीले आरोपीलाई अदालतमा उपस्थित गराउने गर्छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले आजका मितिले ७ दिनपछि अदालत लैजाने र यदी बिदा परे अदालत खुलेको पहिलो दिन पेस गर्ने जानकारी दिए ।

‘आजबाट सात दिन गन्नुस् न ! म्याद थप सकियो र भोलिबाट सरकारी अफिस बन्द छ भने अदालत खुलेको दिन अदालत उपस्थित गराउनु पर्छ,’ शर्माले क्लिकमान्डुसँग भने । उनले तिहार समेत हिरासतमा नै मनाउनुपर्ने भएको छ ।

आफ्ना सभापति पक्राउको बिरोधमा रास्वपाले एक सातादेखि पोखराका सकममा प्रदर्शन गरिरहेको छ । तर पोखरेलीहरुले साथ नदिँदा आन्दोलन निकै कमजोर देखिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार ००:००  १० : ३० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping