को हुन् मन्त्रीलाई मानवतस्करीमा जोडेर युवाहरुलाई जापान उडाउने योगराज ? « Eglish Khabarhub

को हुन् मन्त्रीलाई मानवतस्करीमा जोडेर युवाहरुलाई जापान उडाउने योगराज ?


२२ कार्तिक २०८१, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

विराटनगर । मोरङको साविक इटहरा ३ झरना चोक हाल रतुवामाई नगरपालिका ९ का गोपाल भन्ने योगराज गौतम हरेक राजनीतिक दलका नेता र मन्त्रीसँग नजिक छन् ।

प्राय सिंहदरबारमा भेटिने उनको हरेक मन्त्रालयमा आउजाउ बाक्लो छ । अनि त्यहाँका कर्मचारीसँग पनि उनको उत्तिकै उठवस छ ।

सामान्य खेती किसान गरेर परिवारको गुजरा चलाउँदै आएको गौतम परिवारका सबै सदस्य कांग्रेससँग नजिक छन् । तर परिवारमा गोपाल एक्लो एमाले निकट हुन् । तर उनी एमालेको कुनै पनि भ्रातृ संगठन सदस्य रहेको पुष्टि छैन तर पनि उनको एमाले नेता र मन्त्रीसँग चिनजान बढी छ ।

त्यसमा पनि एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमसँग उनको निकट सम्बन्ध रहेको एमालेका नेता कार्यकर्ता बताउँछन् । एमालेका एक नेताको भनाइ अनुसार गौतम–गौतम भएकै कारण राजेन्द्र गौतमसँग उनको घनिष्ट निकटता छ ।

देखिने खालको कुनै पेसा र रोजगारी नभएका उनी काठमाडौंको कोटेश्वरमा डेरा बसेर मन्त्रालय, जिल्ला प्रशासन, कर लगायतका सरकारी कार्यालयमा सर्वसाधारणले पाउने झन्झटमा सहजीकरण गरेर उनले जीवीकोपार्जन गर्दै आएको उनका छिमेकीहरू बताउँछन् ।

उनी चिनियाँका विचौलिया हुन् । विभिन्न मेन पावरसँग उनको सम्बन्ध छ । इटहरा झरना चोकका उनका एक छिमेकीले क्लिकमान्डुसँग भने विभिन्न सरकारी कार्यालयमा सर्वसाधारणको काम गर्ने, मानिसलाई विदेश पठाउने र मन्त्री अनि कर्मचारीसँगको सेटिङमा विकास निर्माणका काम गाउँमा लैजाने र कमिसन खाने धन्धा गोपाल उर्फ योगराजको हो ।

ती छिमेकीले भने,’उनले २ वर्ष पहिला मन्त्रालयबाट योजना ल्याएको भनेर इटहरामा बाटो बनाउने काम पनि गरेका थिए । डेढ करोड रूपैयाँको योजनामा अलिअलि गिट्टी बालुवा छरेर पैसा सबै खाएको भनेर गाउँमा उनको आलोचना भएपछि उनको गाउँ आउने क्रम पातलिएको थियो ।’

करिब ५५ वर्षका गौतम काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिकै बस्छन् । उनकी एउटी छोरी विदेश गएकी छन् भने छोरा काठमाडौंमै बसेर अध्ययन गर्दै आएका छन् ।

तिनै गोपाल उर्फ योगराज नै हुन् कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई कात्तिक १३ गते जापान उड्न सहजीकरण गर्ने ।

टोकियो आर्ट काउन्सिलको आयोजनामा हुने ‘कल्चर हट होम’ कार्यक्रममा सहभागी हुन अधिकारीको प्रबन्ध मिलाउने र टिकटको व्यवस्था उनैले गरेका थिए । राज्यलाई जानकारी नै नदिई सुटुक्क जापान उडेका मन्त्री अधिकारीको त्यो भ्रमण विवादस्पद मात्र बनेन त्यही भ्रमणले अधिकारीलाई मानवतस्कर जस्तो गम्भीर अपराधमा जोड्यो अनि उनको मन्त्री पद पनि बुधबार नै फुस्कियो ।

अधिकारीले आफनो भ्रमणका लागि आवश्यक सबै प्रबन्ध मिलाउनदेखि टिकटको व्यवस्था समेत गर्न उनै गोलाप (योगराज) लाई जिम्मेवारी दिएर राहदानी समेत उनैलाई दिएको स्वीकारेका छन् ।

बहालवाला मन्त्री विदेश भ्रमणमा निस्कँदा प्रधानमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई जानकारी दिँदै परराष्ट्र मन्त्रालयको अनुमति लिएर निस्कनु पर्ने प्रावधान छ । तर उनी प्रधानमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषदलाई कुनै सुइँको समेत नदिइ र परराष्ट्र मन्त्रालयको अनुमति बेगार टोकियो महानगरले आयोजना गरेको ‘कल्चर हट होम’ कार्यक्रममा भाग लिन निजी भ्रमणका नाममा कात्तिक १३ गते सुटुक्क जापान उडेका थिए ।

उनीसँगै उनकै सचिवालयको नक्कली कागज बनाएर खोटाङका दावा शेर्पा, जनक राई र रसुवाका कञ्चन देवकोटा पनि त्यही कार्यक्रममा सहभागी हुने भन्दै जापान विमानस्थलसम्म पुगे । विमानस्थलका अधिकारीलाई शंका लाग्यो ।

उनीहरुसहित मन्त्री अधिकारीलाई पनि ४८ घण्टा शंकाको घेरामा राखेर चेकजाँच गरेर कात्तिक १७ गते स्वदेश फिर्ता पठायो । अधिकारीसहित नक्कली कागजपत्रधारी तीन जनालाई टोकियोस्थित अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो । शेर्पा, राई र देवकोटाले विचौलियालाई जनही १०–१० लाख रुपैयाँ तिरेर जापान उडेको बताइएको छ ।

उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेपछि त्यहाँको सुरक्षा निकाले अधिकारीसँगै जापान उडेका शेर्पा, राई र देवकोटालाई नियन्त्रणमा लियो । मन्त्री अधिकारीलाई भने केरकार गरेर सुरक्षा निकायले खोजेको समयमा उपस्थिति हुने शर्तमा छाडेको सुरक्षा निकाय स्रोतले क्लिकमान्डुलाई बतायो ।

कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी चन्द्रकुँवर खापुङका अनुसार यो प्रकरणलाई प्रहरीको माथिल्लो निकायले अनुसन्धान गरिरहेको र यसबारे प्रदेश तहमा कुनै पनि निर्देशन आएको छैन ।

जापान यात्रा विवादमा परेपछि अधिकारीले बुधबार पदबाट राजीनामा दिएका छन् । उनले आफनो गल्ती भएको स्वीकार्दै नैतिकताका आधारमा आफूले राजीनामा दिएर छानबिन र अनुसन्धानका लागि खुला गरेको बताउँदै आएका छन् ।

‘मेरै सचिवालयको नक्कली कागजपत्र बनाएर खोटाङका दावा शेर्पा, जनक राई र रसुवाका कञ्चन देवकोटो पनि जापान उडेका रहेछन् । उनीहरुसँग आफनो हङकङ ट्रान्जिटमा भेट भयो,’ अधिकारीले भनेका छन्, ‘चिनजान नै नभएका उनीहरुले आफूहरु पनि ‘कल्चर हट होम’ कार्यक्रममै जापान हिँडेको बताएपछि आफू छाँगाबाट खसेको र यहाँ केही गढबढी छ भन्ने लागेर त्यहीँबाट घटनाबारे नेपाल प्रहरीलाई जानकारी गराएँ ।’

तीन जना सचिवालयको नक्कली कागज बनाएर जापान पुगेपछि आफू कार्यक्रममा सहभागी नभई नेपाल फर्किएको र उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बित्तिकै पक्राउ गर्न प्रहरीलाई सहयोग गरेको अधिकारीले दाबी गर्दै आएका छन् । उनले यो विषयमा छानबिन गर्न राज्यलाई सजिलो होस् भन्दै नैतिकताका आधारमा मैले आफूले राजीनामा दिएको बताउँदै आएका छन् ।

पक्राउ परेका तीन जनाको बयानका आधारमा दोलखाका वीरबहादुर सुनुवार, नुवाकोटका जुगव रिजाल र धादिङका महेश पाण्डेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी स्रोतको भनाइ छ। उनीहरु नक्कली कागज बनाउने गिरोह भएको पाइएको प्रहरीको भनाइ छ ।

अधिकारीको जापान भ्रमण विवादमा पर्नुका साथै उनकै सचिवालयको नक्कली कागज बनाएर तीन जना जापान उडेको सुइँको पाएपछि मुख्यमन्त्री हिकमत कार्कीले अधिकारीलाई राजीनामा दिन निर्देशन दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले बताएको छ । अधिकारी मोरङ क्षेत्र नं २ (२) बाट नेकपा एमालेका तर्फबाट लगातार दुईपटक निर्वाचित प्रदेश सांसद हुन्।

निवर्तमान कानूनमन्त्री अधिकारी विराटनगरका रैथाने कानून व्यवसायी पनि हुन् । यसअघि प्रदेशसभाको पहिलो प्रदेशसभा कार्यकालमा भएको साढे ३३ किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङमा सुन तस्करको पक्षबाट बहस गरेर आलोचित बनेका थिए । त्यसबेला उनलाई एमालेले स्पष्टिकरण मात्र सोधेर उन्मुक्ति दिएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार ००:००  ४ : ३२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping