एयरलाइन्स र ट्राभल एजेन्सीको मिलेमतोले हवाई भाडा आकासियो, १० हजारमा पाइने काठमाडौं-दिल्ली भाडा ७० हजार! « Eglish Khabarhub

एयरलाइन्स र ट्राभल एजेन्सीको मिलेमतोले हवाई भाडा आकासियो, १० हजारमा पाइने काठमाडौं-दिल्ली भाडा ७० हजार!

३०–३५ हजारमा पाइने खाडी मुलुकको भाडा १ लाख २० हजार पुग्यो


२३ कार्तिक २०८१, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुने भएपछि उडान संख्या घटाउनुपरेको भन्दै अन्तर्राष्ट्रिय उडानका वायुसेवा कम्पनीहरुले अचाक्ली भाडा बढाएका छन् ।

त्रिभुवन विमानस्थल बन्द हुँदा ३० प्रतिशत उडान कटौती भएको बहानामा नेपाल उडान गर्ने सबै अन्तर्राष्ट्रिय उडानका वायुसेवा कम्पनीको भाडा ५ गुणासम्मले बढाएका छन् ।

एक ट्राभल व्यवसायीका अनुसार ठूला र सीमित ट्राभल एजेन्सीसँगको मिलेमतोमा अन्तर्राष्ट्रिय उडानका वायुसेवाले अचाक्ली भाडा बढाएका हुन् । ‘उपलब्ध सिट रिलायवल प्राइसमा उपलब्ध नगराउने र भएको टिकेटलाई पनि धेरै भाडामा राखिएको छ,’ उनले भने, ‘ अधिक मूल्यको टिकट पनि सिस्टमले नै नदेखाउनुले केही ट्राभल एजेन्सीले होल्ड गरेर राख्ने र त्यसैलाई महँगोमा बिक्री गर्ने समेत गरिरहेका छन् ।’

हवाई कम्पनीले अधिक भाडा लिएका कारण १० देखि १५ हजार रुपैयाँमा पाइने काठमाडौं दिल्ली उडानको भाडा एक सातापछि (१५ नोभेम्बर) को लागि ७० हजार रुपैयाँ पुगेको छ । त्योभन्दा अगाडि सिस्टममा उडान नै देखाएको छैन । सस्तो भाडा दिने वायुसेवा निगमकै एक साता पछाडिको लागि काठमाडौं दिल्ली भाडा ४८ हजार रुपैयाँ देखिएको छ ।

काठमाडौं दिल्लीको हवाई भाडा नेपालको धनगढी गएकोभन्दा सस्तो दरमा पाइने भनेर बेला बेलामा चर्चासमेत हुने गरेको थियो। यद्यपी धनगढीको हवाई भाडा अघिकतममा समेत १७ हजार रुपैयाँ मात्रै हुन्छ ।

योभन्दा कम भाडामै दिल्ली उडान गर्ने वायुसेवाले अहिले ७० हजारसम्म पुर्‍याउनुले हवाई भाडामा कालोबजारी भइरहेको दाबी अर्का एक व्यवसायी गर्छन् ।

केही वायुसेवाले मिलेमताे गरेर महंगाे भाडादर मात्रै खुला गर्दा हवाई भाडा महंगाे भएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले बताए । उनका अनुसार वायुसेवाहरुले भाडा बढाउन र मनाेमानी गर्छन भनेर ६ महिना अगाडि नै सरकारको ध्यानाकर्षण गराएकाे भएपनि सरकारी वेवास्ताका कारण अहिले अन्तर्राष्ट्रिय उडानका वायुसेवाले अधिक भाडा बढाएकाे पनि उनले बताए ।

राज्यले मोनिटरिङ नगर्दा पैसा कमाउन आएका विदेशी वायुसेवाको दादागिरी बढेको सोसाइट अफ टुर एण्ड ट्राभल अपरेटर्स (सोट्टो) नेपालका अध्यक्ष भुवन पाण्डले बताए । उनी राष्ट्रिय ध्वजाबाहक नेपाल निगमको दबदबा नहुँदा विदेशीको मनोमानी भएको बताउँछन् ।

अहिले नेपाली कामदार जाने खाडी मुलुकको भाडा १ लाख २० हजार रुपैयाँ पुर्‍याइएको छ । कतार, साउदी, दुबइसहितका गन्तव्यमा ४०/४५ हजार भित्रै पाइने भाडा अहिले १ लाख २० हजार रुपैयाँ पुगेकोले ट्राभल व्यवसायीको भनाइ छ ।

भाडा बढेको भए पनि टिकेट अभाव देखाएर सम्बन्धित वायुसेवाको कार्यालयमै कामदार लाइन लाग्न बाध्य पारिएको छ ।काठमाडौंबाट हुने उडानमा औसत ३०/३५ हजारमा पाइने टिकेटलाई बढाएर कम्तिमा औसतमै ७०/७५ हजार रुपैयाँ पुर्‍याएको ट्राभल एजेन्सीको भनाइ छ।

नेपाल उडान गर्ने वायुेवालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौंको विकल्प भैरहवा विमानस्थल दिएको छ ।भैरहवा विमानस्थलमा उडान गर्ने वायुसेवालाई ग्राउण्ड ह्याण्डलिङ, पार्किङसहितको शुल्कमा छुट दिएको छ भने नेपाल आयल निगमले पनि इन्धन भाडामा सहुलियत दिएका कारण काठमाडौंको तुलनामा भैरहवाबाट हुने एउटै उडानमा एयरलाइन्सलाइ लाखौं फाइदा छ ।

तर, पनि भैरहवाबाट हुने उडानको टिकेटसमेत काठमाडौंसरह नै राखिएको छ भने छुट पाएर लाभ लिन पाउने हुँदाहुँदै पनि भैरहवा उडानमा हालसम्म ४ वटा वायुसेवाले मात्रै उडानको इच्छा देखाएका छन् । यद्यपि, काठमाडौंमा भने २९ वटा विदेशी वायुसेवाले उडान गर्छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार ००:००  १२ : १८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping