गौतमबुद्ध र पोखरा एयरपोर्ट नचलेपछि त्रिभुवन विमानस्थल मर्मतको बहाना गरिएको हो ? « Eglish Khabarhub

गौतमबुद्ध र पोखरा एयरपोर्ट नचलेपछि त्रिभुवन विमानस्थल मर्मतको बहाना गरिएको हो ?


२३ कार्तिक २०८१, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता र गुणस्तर अभिवृद्धिका लागि विमानस्थल मर्मतको काम आजबाट सुरु गर्दै छ ।

प्राधिकरणले कात्तिक २३ गते (आज) देखि करिब पाँच महिना दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल बिस्तार गर्न लागेको हो । प्राधिकरणले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत बिस्तार गर्ने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसँगै समानन्तर हुनेगरी ट्याक्सी वे बनाउन लागिएको छ । जसमा विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि गरी विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्ने प्राधिकरणको लक्ष्य छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले विमानस्थल स्तरोन्नतिका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे ।

विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको भए पनि विमानस्थल मर्मत सुरु भएसँगै दैनिक १० घण्टा विमानस्थल बन्द रहनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतको लागि १० घण्टासम्म बन्द हुने भएसँगै विमानस्थलको विकल्प गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्नेछन् । प्राधिकरणले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई अन्तर्राष्ट्रिय उडान गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न आग्रह गरेको छ ।

प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि मर्मत गर्ने बहाना बनाएको आरोप लागेको छ । गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसकेर प्राधिकरणले मर्मतको बहानामा त्रिभुवन अन्तर्राष्ट्रिय बन्द गरेको आरोप छ । तर प्राधिकरणका महानिर्देशक अधिकारीले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै हवाई भाडा पनि नियन्त्रणमा आउने बताए । उनले नेपालको प्रचलित कानूनले तोकेको सीमाको परिपालना गरी हवाई भाडाको कार्यान्वयन गर्ने सिद्धान्तविपरित उड्डयन क्रियाकलाप वायुसेवा कम्पनीहरुले गर्न नपाउने बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत गर्ने बहानाभन्दा पनि बाध्यताले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन लागिएको महानिर्देशक अधिकारीको भनाइ छ । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेसँगै विश्वमा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको महत्व बढ्ने देखिन्छ ।

प्राधिकरण महानिर्देशकको भनाइ

तीन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको उडान तालिका स्वीकृत

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि तीन अन्तर्राष्ट्रिय विमान कम्पनीको उडान तालिका स्वीकृत भएको छ । प्राधिकरणले अन्य अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई पनि उडान गर्न आग्रह गरेको छ । गौतमबुद्ध विमानस्थलमा अहिलेसम्म तीनवटा वायुसेवा कम्पनीको उडान तालिका स्वीकृत भइसकेको छ । जसमा थाई एयर एशिया,फ्लाई दुबई र जजिरा एयरलाइन्सको उडान तालिका स्वीकृत भएको छ । तीन कम्पनीले सेवा दिनेगरी प्राधिकरणले उडान तालिका स्वीकृत गरेको अवस्था छ ।

नेपालमा सबैभन्दा बढी कनेक्टिङ उडान गर्ने कम्पनी कतार एयरवयजले भैरहवामा १२ तारिकदेखि उडान गर्ने प्रश्ताव गरेको छ । त्यस विषयमा प्राधिकरणले अध्ययन गर्दैछ । कतार एयरवयजको स्वीकृत भएका भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनी चार वटा हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत गर्नुपर्छ । त्यसको सबैभन्दा बढी लाभ लिने भनेको एयरलाइन्सहरुले नै हो भनेर सहयोग भइरहेको छ । अरु अन्य वायुसेवा कम्पनीहरुले पनि भैरहवाबाट उडान गरेर सहयोग गर्नुहुने छ ।

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरु उडान गरेसँगै भैरहवा विमानस्थल चल्नेछ । नेपाल आउन चाहने यात्रु र पर्यटकलाई हवाई भाडा नियन्त्रणमा पनि सहयोग गर्नेछ । भैरहवा अन्तर्राष्ट्रिय उडान स्वीकृत र गराउनको लागि ठूलो चुनौती भएको छैन ।

गौतमबुद्ध विमानस्थलबाट उडान गराउन सहज थिएन

भैरहवाबाट उडान गराउनको लागि ९ महिनादेखि प्राधिकरण वायुसेवा कम्पनीहरुसँग संवादमा नै रहेको छ।
कम्पनीहरु तयार भएर निर्णय गरे पश्चात नै प्राधिकरणले पनि सबैको सहभागितामा निर्णय गरेको हो । यो एआईपीमा प्रकाशन भइसकेको उनले बताए । प्रकाशन भएकै ७ महिना भइसक्यो । विश्वका वायुसेवा क्षेत्रमा काम गर्ने कम्पनीहरुलाई जानकारी भएको उनको भनाइ छ ।

पहिला नै काम अगाडि बढेकाले अहिले चुनौतीको सामाना गर्नु परेन । तर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढी उडान गर्ने इच्छा विमान कम्पनीहरुलाई हुन्छ । तर प्राधिकरणले सोच्ने भनेको देशको लागि हो । काठमाडौंको विमानस्थल बनाएपछि क्षमता र गुणस्तरमा अभिवृद्धि हुन्छ । यो सधैँको लागि हुने अभिवृद्धि हो । अहिले पाँच महिना दुःख गर्नुपर्छ । राम्रो काम गर्छु भन्दा चुनौतिको सामाना गर्नु परेन । तर सहज पनि थिएन ।

विमानस्थल बन्द हुँदा २ अर्ब नोक्सानी

नेपालमा व्यक्तिगत वाक स्वतन्त्रता छ । हरेक हिसावमा, आफ्नो हिसावमा भन्न पाइयो । आफूलाई फाइदा हुनेगरी व्यक्ति केन्द्रित भएर बोल्छन् भने हामी त्यसको पछाडि लागेर दौडनु भएन । प्राधिकरणको स्पष्ट धारणा भनेको विमानस्थल बनाउनु परेकाले बन्द गर्नुपरेको हो । विमानस्थल बन्द गर्दा प्राधिकरण स्वयंको २ अर्ब आम्दानी नोक्शानमा जान्छ । प्राधिकरणले २ अर्ब नोक्सानी व्यहोरेर अरु के रणनीति हुन्छ ? यति सामान्य कुरा पनि बुझ्नसक्ने क्षमता जिम्मेवार मानिसहरुमा छैन भने मैले केही गर्न सक्दिन । विमानस्थल मर्मत गर्ने काम अहिलेको लागि मात्रै होइन । यो देशले जित्ने काम हो । यो व्यक्तिको लागि नभई यो काम देशको लागि हो । जिम्मेवार व्यक्तिहरु भए यो कामलाई समर्थन गर्नुपर्छ ।

ट्याक्सीवे निर्माण गर्दैमा विमानस्थल बन्द गर्नुपर्ने अवस्था होइन । तर प्राविधिक पक्षहरु पनि छन् । यी सबै प्राविधिक कुराहरु सबैलाई बुझाउन पनि सकिँदैन । तर बुझाउने कोशिस गरिरहेका छौं । विमानस्थलको रनवेबाट दायाँबायाँ दुवै साइटमा ७५ मिटरसम्म भूभाग हुनुपर्छ । खाल्डाखुल्डी र अन्य कुनै वस्तुहरु हुनुहुँदैन । प्राधिकरणले विमानस्थलमा रनवेमा लगेर ट्याक्सीवे जोड्न खोजेको हो । त्यसको लागि खन्नुपर्छ । यो विशुद्ध प्राविधिक काम हो । अलकत्रा सेट हुने समय फिट हुने निश्चित समय छ । विविध कुराको समय जोडर १० घण्टा निस्केको हो । यस्तो प्रचलन अन्य देशहरुमा पनि हुन्छ । यो भन्दा पहिला पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द गरेको हो । त्यो बेला समयमा निर्माण सम्पन्न गरौं । केही समयको लागि दुःख हो । पाँच महिना भनेको देशको जीवनको लागि केही समय होइन । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान गर्दा सरकारले दिनसक्ने प्याकेजहरु दिने एक महिना अगाडि घोषणा गरेको थियो ।

‘गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालनमा ल्याउने सोच राख्नु गलत होइन’

विमानस्थल बन्द गर्ने निर्णय सात महिना पहिला भएको हो । अहिले चार विमान कम्पनीहरु भैरहवा जान तयार भए । त्रिभुवन विमानस्थलको निश्चित क्षमता भएकाले विमानहरु थप्दै जान सक्दैनौं । विमानस्थलको क्षमता भन्दा बढी भएपछि कहाँ जाने भन्दा भैरहवा छ भन्ने देखियो । प्राधिकरण प्रमुख भएपछि भैरहवा विमानस्थल सञ्चालनमा ल्याउँछु भनेर निर्णय गरी सोच राख्नु गलत हो र ? भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउँछु । दुई वटै विमानस्थल सञ्चालनको लागि बनाएको हो । भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नेगरी काम गर्नलाई नै सरकारले प्राधिकरणमा राखेको हो ।

मलाई सरकारले काठमाडौं मात्रै चलाउ भैरहवा र पोखरा नचलाउन भनेर राखेको होइन । तर आजको अवस्था भनेको बाध्यकारी अवस्था हो । सात महिनाअघि निर्णय गरेको विषय हो । यो निर्णयमा कतैको कनेक्शन छैन । यो प्राधिकरणको रणनीति होइन । अवस्था यस्तो आइपरेको हो । विगतमा भैरहवा विमानस्थल किन बनाएको भन्नेहरुलाई किन बनाएको रहेछ भन्ने थाहा भयो । एउटा विमानस्थल मर्मत गर्दा अर्को विमानस्थल प्रयोग भयो । त्रिभुवन विमानस्थलमा प्राविधिक रुपमा विमान अवतरण गर्न नसक्दा एयरलक हुन्छौं । ल्याण्डलक देश थियौं । त्यसले अर्को आधार तयार ग¥यो । भैरहवा र पोखरा विमानस्थल चलाउँछु भनेर सोच्नु गलत होइन । त्रिभुवन विमानस्थल बन्द गरेर भैरहवा विमानस्थल चलायो भनेर सोच राख्नु राष्ट्रघात हो ।

अन्तर्राष्ट्रिय उडान कम्पनीले उडान गरेसँगै गौतमबुद्ध विमानस्थलको महत्व बढ्छ

त्रिभुवन विमानस्थलमा प्राविधिक समस्या आउँदा विमान अवतरणको लागि भैरहवा विमानस्थल सहज हुन नसक्नुको कारण हवाइ इन्धन हो । भारतको कोलकतामा जाँदा धेरै फरक पर्छ । त्यो हुँदा त्रिभुवन विमानस्थलको अल्टरनेट भैरहवा विमानस्थल हुन सकेको थिएन । अन्तर्राष्ट्रिय रुपमा नाम चलेका विमान कम्पनीहरु भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा नगएको कारण पनि ओझेलमा परेको थियो । अब भैरहवा विमानस्थलको दिन आयो । कतार एयरवेज,फ्लाई दुबई, थाइ एशिया र जजिरा नाम चलेका एयरलाइन्स हुन् ।

उनीहरुले उडान गरेसँगै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सिनमा आयो । नेपालमा भैरहवा विमानस्थल रहेछ । यसको ठूलो महत्व छ । विश्वका वायुसेवा कम्पनीहरुको लागि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल दृश्यमा आयो । विमानस्थल भएपनि राम्रा विमान कम्पनीहरुले उडान नगरेपछि चर्चा नहुने रहेछ । अब यसले धेरै सहयोग गर्छ । नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार ००:००  ११ : १५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping