विशेष अदालतले भ्रष्टाचारी ठहर गरेपछि कंसाकारको प्रतिक्रिया: फैसला चित्त बुझेन, सर्वोच्च जान्छु (अडियो) « Eglish Khabarhub

वाइडबडी खरिद प्रकरण

विशेष अदालतले भ्रष्टाचारी ठहर गरेपछि कंसाकारको प्रतिक्रिया: फैसला चित्त बुझेन, सर्वोच्च जान्छु (अडियो)


२१ मंसिर २०८१, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौं । दुइवटा वाडइबडी जहाज खरिदमा नेपाल वायुसेवा निगमका तत्कालिन महाप्रवन्धक सुगतरत्न कंसाकारसहित चार जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गर्‍यो ।

विहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य तेजनारायण सिंह राई तथा रितेन्द्र थापाको इजलासले निगमका अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारी, महाप्रबन्धक कंसाकार, सहसचिवहरू बुद्धिसागर लामिछाने र शिशिर ढुंगानालाई दोषी ठहर गरेको थियो । विमान खरिदमा अदालतले १ अर्ब ४७ करोड रुपैयाँको भ्रष्टाचार ठहर गर्दै, दामासाहीलाई उक्त रकम असुल्न आदेश दिएको छ।

निगमका तत्कालीन महाप्रवन्धक कंसाकारले विशेषको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । उनले विशेष अदालतले आफूलाई भ्रष्टाचारी ठहर गरेको विषय चित्त नबुझेको र पारदर्शी हिसावले जहाज खरिद गर्दागर्दै पनि दोषी देखाएको भन्दै असन्तुष्टी व्यक्त गरे । कंसाकारलाई कसुर गरेबापत २ वर्ष ६ महिना कैद सजाय हुने फैसलामा उल्लेख छ।

क्लिकमान्डुसँगको कुराकानीमा कंसाकारले भने, ‘विशेषले जहाजको उडान भर्दाको अधिकतम भारबाहन क्षमता (एमटीओडब्लू) २ सय ४२ टन हुनुपर्नेमा २ सय ३० टन मात्रै क्षमता बनाउनु र प्राइस स्कालेसनमा भ्रष्टाचार भएको भनेको छ । यो दुबै विषयमा हामीले प्रमाणसहित पेश गरेका छौं । हामीले पेश गरेको प्रमाणलाई वास्तै गरिएन ।’

कंसाकारले विशेषको फैसला चित्त नबुझेकाले आफू सर्वोच्च अदालत जाने प्रतिक्रिया दिए ।

त्यसो त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका ३२ जनामध्ये ४ जनालाई मात्रै दोषी देखाएको विषयमा अख्तियार आफैं सर्वोच्च जान पाउने बाटो खुला छ ।

यसअघि वायुसेवा निगमको न्यारोवडी जहाज खरिद गर्दा पनि बैना रकम पठाएकै आधारमा विशेषले भ्रष्टाचार भएको ठहर गरेको थियो । त्यतिबेला पनि सर्वोच्चबाट सफाई पाएको स्मरण गर्दै कंसाकारले भने, ‘न्यायका लागि सर्वोच्च अदालत जानै पर्छ । अरु विकल्प छैन ।’

‘ग्लोबल टेण्डर गरेर ६ वटा मुलुकको १० वटा कम्पनीले भाग लिएको खरिद प्रक्रियामा त भ्रष्टाचार भयो भन्छन् भने अब निगमको लागि कसले जहाज किन्ने आँट गर्छ ?’ उनले भने ।

विशेष अदालतले कंसाकारसहित पूर्वपर्यटन सचिव शंकरप्रसाद अधिकारी, पूर्वसचिव शिशिर ढुंगाना र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई दोषी ठहर गर्दै अरु प्रतिवादी सबैलाई सफाइ दिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार ००:००  १२ : १२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping