१०० करोड लगानी थपेर राजेन्द्र शाक्यले गुण एयरलाइन्सलाई पुनर्जीवन दिए, भन्छन्- अब सफल हुन्छु « Eglish Khabarhub

१०० करोड लगानी थपेर राजेन्द्र शाक्यले गुण एयरलाइन्सलाई पुनर्जीवन दिए, भन्छन्- अब सफल हुन्छु


११ चैत्र २०७७, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । बन्द भएको ८ वर्षपछि गुण एयरलाइन्सका विमानहरु फेरि नेपाली आकाशमा उड्ने भएका छन् । ०७८ बैशाखदेखि गुण एयरलाइन्सका विमानहरुले आन्तरिक उडान भर्ने भएका छन् ।

एयरलाइन्सले आफूसँग पहिल्यै भएका २ वटा बीच क्राफ्ट र यति एयरलाइन्ससँग खरिद गरेका ५ वटा विमान गरी कुल ७ वटा विमानबाट उडान भर्ने अन्तिम तयारीमा छ ।

कम्पनीले यति एयरलाइन्ससँग विमान खरिद गर्दा प्रतिविमान १.२ मिलियन अमेरिकी डलर अर्थात् १४ करोड रुपैयाँ खर्च गरेको छ । यसरी हेर्दा ५ वटा विमानका लागि मात्रै कम्पनीले ७० करोड रुपैयाँ खर्च गरेको छ ।

कम्पनीले विमानबाहेक पाटपुर्जा पनि किन्दैछ । विमानका लागि मात्रै ६० देखि ७० करोड रुपैयाँ र स्पेयर पार्टससँगै अन्य पूर्वाधार तथा व्यवस्थापनमा गरी १०० करोड रुपैयाँ पुनर्जीवन पाएको गुण एयरलाइन्समा लगानी थपिने कम्पनीका अध्यक्ष राजेन्द्र शाक्यका बताए ।

‘गुण एयरलाइन्सले ०७८ बैशाखदेखि उडान भर्छ,’ शाक्यले क्लिकमाण्डूसँग भने ।

अहिले कम्पनीसँग भएका २ वटा बीच क्राफ्ट विमानमा रंगरोगन तथा इन्टेरियर डिजाइनको काम भइरहेको छ । यति एयरलाइन्सबाट खरिद गरेका विमानमा रंगरोगन तथा डिजाइनको काम शुरु हुने तयारीमा छ ।

बन्द भएको ८ वर्षपछि उडान गर्दै गुण एयरलाइन्स, ५ वटा विमान खरिद गर्दै

गुणले बैशाखबाट काठमाडौंदेखि पोखरा र भरतपुरमा दुई उडानबाट शुरु भर्नेछ भने यति एयरलाइनसँग खरिद गरेका विमान सञ्चालनमा आएपछि काठमाडौंदेखि सबै ट्रंक रुटमा उडान भर्नेछ । त्यसका साथै माउण्टेन फ्लाइट पनि गर्ने योजना कम्पनीको छ ।

‘हाम्रो योजना तत्कालका लागि धनगढी बाहेकका सबै ट्रंक रुटमा उडान गर्ने हो, विस्तारै धनगढी उडान गर्ने योजना पनि छ,’ शाक्यले भने ।

उनका अनुसार यसका लागि कम्पनीले थप १५० जना कर्मचारी थप गर्दैछ । हाल कम्पनीमा करिब १०० जना कर्मचारी कार्यरत छन् भने आगामी दिनमा २५० जना कर्मचारीले प्रत्यक्षरुपमा गुण एयरलाइन्सका तर्फबाट सेवा दिनेछन् ।

आन्तरिक उडानमा अग्रणी वायुसेवा कम्पनी बुध्द एयरसँगै यति एयरलाइन्स, श्री एयरलाइन्स र सौर्य एयरलाइन्ससँगै नेपाली आकाशमा उडान भर्न अन्तिम तयारी गरेको गुण एयरलाइन्सले भने प्रतिष्पर्धाभन्दा पनि सेवामा आफूलाई समर्पित गर्ने योजना बनाएको शाक्यले बताए ।

‘एयरलाइन्स ग्लामर बिजनेस हो, पहिले हामीले जुन गल्ती गर्यौं, अब त्यो गल्ती दोहोरिन्न,’ उनले क्लिकमाण्डूसँग भने, ‘हामी न त प्राइस वारमा लाग्छौं न त प्रतिष्पर्धीका रुपमा अघि बढ्छौं, हाम्रो सोच एयरलाइन्सलाई दीगोरुपमा सञ्चालन गर्ने नै छ । र, यसलाई सफल बनाएरै छाड्छौं ।’

७ वटा विमानबाट एकैसाथ उडान गर्दा दैनिक १ हजार जना यात्रुलाई सेवा सक्नेछन् । आगामी दिनमा ठूलो लगानीमा एटीआर जहाज थप्ने योजना रहेको पनि शाक्यले सुनाए ।

यस्तो छ गुणको तीतो विगत

१७ मे २००९ मा पहिलो पटक गुण एयरलाइन्स नेपाली आकाशमा उडान भरेको थियो । गुण एयरलाइन्सका नामबाट सन् २०१३ सम्म २ वटा विमान निरन्तर नेपाली आकाशमा उडिरहेका थिए ।

अर्बौंको साम्राज्यबाट शून्यमा झरेका राजेन्द्र शाक्यले व्यवसायमा कसरी पाए पुनर्जीवन ? यस्तो छ नालीवेली

विभिन्न व्यवसायमा हात हालेका सफल व्यवसायी राजेन्द्र शाक्यमाथि सन् २०१३ मा वित्तीय संकट आइलाग्यो । फलस्वरुप गुण एयरलाइन्समाथि आर्थिक भार थपियो । एयरलाइन्स घाटामा गयो । नतिजा एयरलाइन्स बिक्री गर्नु पर्यो । र, उनी एयरलाइन्स क्षेत्रबाट बाहिरिए ।

गुण एयरलाइन्सले नाम परिवर्तन गरी सिम्रिक एयरलाइन्स भएको ८ वर्षपछि शाक्यले गुण एयरलाइन्स फेरि ब्यूँताएका छन् । अर्थात् पुनर्जीवन दिएका छन् । यसका लागि उनले यसबीचमा गरेको मिहेनत निकै लोभलाग्दो र व्यवस्थापकीय दृष्टिले प्रेरणादायी छ ।

सन् २०१३ मा शाक्यले गुण एयरलाइन्सलाई क्याप्टेन रामेश्वर थापाको जिम्मामा छाडेका थिए । त्यो बेलामा थापाले सिम्रिक एयर कम्पनीबाट हेलिकोप्टर सञ्चालन गरिरहेका थिए । शाक्यको गुण एयरलाइन्सका २ वटा विमानलाई पनि नाम र रंग परिवर्तन गरी सिम्रिक एयरलाइन्स बनाए र सञ्चालन गर्न थाले ।

शाक्य गुणबाट बाहिरिएपछिको करिब ४ वर्षपछि सिम्रिक एयरलाइन्समै प्रवेश गरे । यता बिग्रेको आर्थिक अवस्थालाई उकास्दै थिए । उता केही समयमै सिम्रिक एयरलाइन्समा शाक्यले प्रबन्धक निर्देशकको जिम्मेवारी सम्हाल्न थाले ।

‘क्याप्टेन थापाले यो एयरलाइन्स बचाउने कार्य मात्रै मैले गरेको हुँ तर, जुन सुकैबेला फिर्ता लैजान सक्छौंभन्दै राजेन्द्र शाक्यको हौंसला बढाउने कार्य गर्दै रहे

त्यसैले, राजेन्द्र शाक्यले पुनः आफैले एयरलाइन्स चलाउने निर्णय गरे तर, कसरी सञ्चालन गर्ने, व्यवसापकीय संरचना कस्तो हुने, एयरलाइन्सको नाम के राख्ने भन्नेमा करिब वर्ष बित्यो

करिब एक वर्षसम्म पनि नयाँ नाम राख्ने कि पुरानै नामबाट सञ्चालन गर्ने दोधारमा परेपछि उनले अन्नतः पुरानै नाम गुण एयरलाइन्स नै राख्ने निधो गरे

पुरानै नाममा ल्याउने प्रक्रिया पूरा गर्न थप एक वर्ष लाग्यो हालै मात्रै कम्पनीले मन्त्रालयबाट पनि यसका लागि स्वीकृति पाइसकेको , गुण एयरलाइन्सले पुनर्जीवन पाएको , विमान थप्नका लागि पर्यटन मन्त्रालयले अनुमति पनि दिइसकेको

यसरी जहाजहरु थपेर गुण एयरलाइन्स अझ बृहत परिष्कृतरुपमा संचालन गर्ने तयारी गर्न पाउनुको सम्पूर्ण श्रेय भने राजेन्द्र शाक्यले क्याप्टेन थापालाई दिन चाहन्छन्

दुःखको बेलामा मानिसको पहिचान हुन्छ भन्छन्, हो रहेछ उहाँकै सहयोगले एयरलाइन्स बचाउन सकियो,’ उनी भन्छन्

शाक्यले सन् २००९ मा गुण एयरलाइन्स शुरु गर्दा बुध्द एयरसँग करिब ३५ करोडमा खरिद गरेका २ वटा बीच क्राफ्ट र थप एउटा विमान खरिद गरेर एयरलाइन्सको शुरुवात गरेका थिए ।

तर केही समयपछि एउटा बीच क्राफ्ट क्यानडाको कम्पनीलाई बिक्री गरेका थिए । जसका कारण सिम्रिक एयरलाइन्सलाई बिक्री गर्ने समयमा कम्पनीसँग २ वटा बीच क्राफ्ट एयर थिए । जुन अब गुणका नामबाट उड्नेछन् ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार ००:००  ६ : १४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping