साढे ५ अर्बभन्दाबढी क्षतिपूर्ती माग गर्दै इच्छाराज तामाङविरुद्ध २८४ पृष्ठ लामो अभियोगपत्र दायर « Eglish Khabarhub

साढे ५ अर्बभन्दाबढी क्षतिपूर्ती माग गर्दै इच्छाराज तामाङविरुद्ध २८४ पृष्ठ लामो अभियोगपत्र दायर


१७ मंसिर २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । ठगी आरोपमा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलगायतका ४२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरिएको छ ।

शुक्रबार सरकारी वकिलको कार्यालयमार्फत् ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ ८२ पैसा बिगो दाबीसहित अभियोगपत्र दायर गरिएको हो ।

गत असोज ५ गतेदेखि विभिन्न मितिमा पटक–पटक गरी १ हजार ५०३ जनाले २०७ वटा उजुरी दर्ता गरेको अभियोपत्रमा उल्लेख छ ।

तामाङ अध्यक्ष रहेको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड बचतकर्तालाई आकर्षक ब्याजदर र उपहारको प्रलोभन देखाइ पटक पटक गरी निक्षेप संकलन गर्दै आएको र बिगत ३ वर्षयता कुनै पनि बचतकर्तालाई रकम फिर्ता नगरेको आरोप लागेको छ । सोही आरोपमा उनी गत असोज १८ गते पक्राउ परेका थिए ।

तामाङले सहकारीका निक्षेपकर्तालाई १७ प्रतिशतसम्म ब्याज दिने तथा तीन वर्षपुगेपछि २.५ ग्रामको सुनको सिक्का दिने भन्दै प्रलोभन देखाएको अभियोगपत्रमा उल्लेख छ ।

तामाङले २०६० सालमा सिभिल सहकारीबाट पहिलो चरणमा आफ्नै नाममा हाउजिङ परियोजनाका लागि ललितपुरको भैसेपाटीमा जग्गा खरिद गरी घर निर्माण गरी बेचबिखन गर्दै आएका थिए ।

त्यसैगरी २०६२÷६३ सालमा हाउजिङ परियोजनाका रुपमा विभिन्न संस्थाहरुमा जग्गा खरिद गरी हाउजिङ बनाइ बिक्री गरेका थिए ।

२०६३ सालमा हाउजिङ व्यवसाय गर्नका लागि सहकारी संस्थाबाट नगर्नु र छुट्टै कम्पनी प्रालि खडा गरी कारोबार गर्नु भनि आन्तरिक राजश्व विभागको फूल अडिटबाट कार्यान्वयन गर्नु भनि भएको निर्देशनअनुसार व्यवस्थित बसोबासका लागि घर जग्गा निर्माण गरी बेचबिखन गर्ने सिभिल होम्स प्रालिका नाममा कम्पनी दर्ता गरी हाउजिङ परियोजना शुरु गरेका थिए । त्यही समयमा एउटा कम्पनीले ३५ रोपनीभन्दा बढी जग्गा खरिद गर्न नपाइने हदबन्दीका कारणले २०६५ सालतिर सिभिल अपार्टमेन्टसमेत गरी २१/२२ वटा कम्पनी दर्ता गरेको अभियोगपत्रमा उल्लेख छ ।

सरकारी वकिलको कार्यालयले इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ, हरिहरप्रसाद लामिछाने, सुमननन्दन वैद्य, प्रवीण मुखिया, गोपालबहादुर श्रेष्ठ (मृतक), अष्टरत्न तुलाधार, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर (कंसाकार)लाई प्रतिवादी बनाएको छ ।

साथै, कृष्णप्रसाद पौडेल, प्रवीणप्रसाद प्रधान, खेमनाथ डल्लाकोटी, डा. इन्द्रराज हुमागाँई, जयन्द्रलाल श्रेष्ठ, केशवकुमार अमात्य, डा. दुर्गाप्रसाद संग्रौला, सिर्जना शाक्य तामाङ, नगेन्द्र विमली, कृष्णप्रसाद श्रेष्ठ, रामराज मास्के, हरिप्रसाद रिजाल, लालकाजी गुरुङ, मीना गुरुङ, सुमन श्रेष्ठ, नारायणलाल श्रेष्ठ, प्रकाश कुमार बर्मा, सुभाषकुमार श्रेष्ठ, जीवनराज बज्राचार्य, रञ्जना महर्जन, अनु लामिछाने भन्ने अन्नपूर्ण खनाल, कान्तिलक्ष्मी उपाध्याय, बुद्धराज तामाङ, कौस्तुभ केतन ढुंगाना, एलिना तुलाधर, मायोनानी महर्जन, राकेश महर्जन, शंकरप्रसाद पाठक, संगिता श्रेष्ठ, बिजयबिक्रम शाही, भगवान बहादुर सिंह, प्रतिक्षा तामाङ र प्रतिष्ठा तामाङलाई समेत प्रतिवादी बनाइएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार ००:००  ६ : १३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping