अध्यक्ष श्रेष्ठको बयानः सिभिल सहकारीमा म नाम मात्रैको अध्यक्ष हुँ, मेरो खाता तामाङले प्रयोग गर्थे « Eglish Khabarhub

अध्यक्ष श्रेष्ठको बयानः सिभिल सहकारीमा म नाम मात्रैको अध्यक्ष हुँ, मेरो खाता तामाङले प्रयोग गर्थे


१७ मंसिर २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

म सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडको २०६७ सालदेखि हालसम्मको अध्यक्ष हुँ । आर्थिक कारोबार इच्छाराज तामाङले हेर्नुहुन्छ भने प्राविधिक कार्य मात्र मैले हेर्ने गरेको छु ।

मिति २०६७ सालमा निज इच्छाराज तामाङ सिभिल बैंकको सञ्चालक समितिको अध्यक्ष भएको कारण सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाको समेत अध्यक्षका रुपमा कार्यरत रहन नमिल्ने भएको हुँदा सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिको दशौं साधारणसभावाट मलाई अध्यक्षका रुपमा नियुक्त गरेको थियो भने निज इच्छाराज तामाङलाई सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाबाट विशेष सुबिधासहितको विशेष सल्लाहकारको पदमा नियुक्त गरी सहकारीको सम्पूर्ण काम कारबाही गर्ने जिम्मा दिएको हो । म सिभिल सहकारीमा नाम मात्रको अध्यक्षको रुपमा बसेको हुँ ।

सम्पूर्ण निर्णय र व्यवस्थापन इच्छाराज तामाङले गर्ने गरेका थिए । सहकारीबाट भुक्तानी हुने चेकहरुमा मेरो सही अनिवार्य चाहिन्छ भने हालका लेखा अधिकृत राकेश महर्जन र नायव महाप्रवन्धक रञ्जना महर्जनमध्ये १ जनाको सहि भए पश्चात चेकहरु भुक्तानी हुने गरेको थियो ।

कहिले काही काममा व्यस्त भएको समयमा सहकारीको खाली चेकहरुमा हस्ताक्षर गरी दिने गरेको थिए । उक्त सहकारीबाट बचत संकलन गरी बचतको लगानी गरी लगानीको प्रतिफल बचतकर्ताहरु तथा सेयर सदस्यहरुलाई वितरण गर्ने कार्य सहकारीको रहेको थियो ।

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडले सिभिल ग्रुस अन्तर्गतको सिभिल होम्स प्रालि समेतका नाममा कर्जा प्रवाह गर्दा सहकारीको आधारभूत प्रक्रिया पूरा गरी सहकारीको विनियमअनुसार कर्जा प्रवाह गर्ने गरेको थियो । जुन सहकारीको प्रारम्भकालदेखिनै कायम रहेको कर्जा हो ।

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडले सिभिल ग्रुप अन्तर्गतको सिभिल होम्स प्रालिसमेतका कम्पनीहरुलाई कर्जा प्रवाह गर्ने निर्णय उक्त सहकारीको पूर्वअध्यक्ष तथा विशेष सल्लाहकार इच्छाराज तामाङको सहमतीअनुसार संचालक समितिको बिभिन्न मितिको निर्णयबाट भएको हो ।

इच्छाराज तामाङ र म सेयर सदस्य रहने गरी सिभिल होम्स प्रालि समेतका १८ वटा कम्पनीहरु रहेका छन् जसमध्ये केही कम्पनीहरु बन्द अवस्थामा रहेका छन् ।

सिभिल होम्स प्रालिको नाममा रहेको काठमाडौं जिल्लाको सुन्धारा चाइनाटाउनमा रहेको ६ रोपनीमा रहेको ११ तल्ले भवन १ वर्ष अगाडि अजेयराज सुमार्गी पराजुलीको कम्पनी मुक्ती श्री हस्पिटालिटीलाई १ अर्ब २५ करोड रुपैयाँमा बिक्री गरेका हौं । सो जग्गा बिक्री गरेर आएको के कति रकम निज इच्छाराज तामाङले सहकारीमा जम्मा गरे मलाई थाहा भएन ।

सिभिल सहकारीमा मिति २०७५ सालदेखिनै साधारणसभा हुन सकेको छैन । साथै अडिट रिपोर्ट समेत पास हुन सकेको छैन । बिगत ३ वर्ष अघिदेखि सहकारीमा कुनै पनि बचत रकम आएको छैन । साथै नयाँ लगानी पनि भएको छैन । मलाई थाहा भएसम्म करिब सात अर्ब रुपैयाँभन्दा माथि बचत रकम सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमा बचतकर्ताहरुबाट जम्मा हुन आएको छ ।

इच्छाराज तामाङले ऋण प्रवाह गर्ने योजना तयार गरी सहकारीका अन्य सञ्चालकहरुलाई बोलाई निज अध्यक्ष रहेको सिभिल ग्रुप अन्तर्गतको प्रोजेक्टहरुलाई ऋण प्रवाह गर्ने योजना सुनाउनु हुन्थ्यो र माइन्युट तयार गरी सहकारीका संचालकहरु र निज इच्छाराज तामाङ समेतको हस्ताक्षर गरी निर्णय भई सिभिल ग्रुपअन्तर्गतको कम्पनीका नाममा चेक भुक्तानी गर्ने गरिएको थियो ।

निज इच्छाराज तामाङले सहकारीबाट बैठक भत्ता बाहेक मासिक ५ लाख रुपैयाँ र पारिश्रमिक लिने गरेका छन् साथै सिभिल ग्रुप अन्तर्गतको अन्य कम्पनीहरुबाट समेत मासिक ३ लाख रुपैयाँ पारिश्रमिक लिने गरेका छन् ।

मैले सिभिल ग्रुप अन्तर्गतको अन्य कम्पनीहरुबाट जम्मा मासिक २ लाख रुपैयाँ पारिश्रमीक लिने गरेको छु । सिभिल सहकारीबाट ऋण प्रवाह हुँदा सहकारीको बिनियम अनुसार आधारभूत प्रकृया पूरा गरी सहकारीको प्रारम्भकालदेखि कायम भएको प्रकृयाअनुसार ऋण प्रवाह भएको साथै उक्त ऋण रकम बराबरको सम्पत्ति सिभिल ग्रुप अन्तर्गतको सिभिल होम्स प्रालि, सिभिल स्टेट्स प्रालि, सिभिल बिजनेश कम्प्लेक्स, सिभिल प्रालि र सिभिल अपार्टमन्ट प्रालि र सिभिल ग्रुप प्रालि समेतका नाममा जग्गा तथा भवन समेत रहेको हुँदा पटक–पटक उक्त ऋण प्रवाह भएको हो ।

सिभिल होटल प्रालि कम्पनी दर्ता गरी उक्त होटलको नाममा रहेको मेरो भागको सेयरको रकम पुर्याउनका लागि सिभिल बैंकमा मेरो नामको खातामा निज इच्छाराज तामाङले पटक पटक १४ लाख ४० हजार रुपैया सिभिल होटल प्रालिको खाताबाट हालिदएका थिए । सोही रकम मैले सिभिल बैकमा रहेको सिभिल अपार्टमेन्ट प्रालिको खातामा पटक पटक जम्मा गरिदिएको हो ।

सिभिल होटल प्रालिले मेरो खातामा पटक पटक गरी बचत गरी जम्मा १० करोड २० लाख रुपैयाँ जम्मा गरेको देखिन आएको हो । सो पटक पटक गरी जम्मा भएको १० करोड २० लाख रुपैयाँ मेरो होइन निज इच्छाराज तामाङले कम्पनीको आवश्यक प्रकृया मिलाउन सिभिल होटल प्रालिको खाताबाट मेरो खातामा हालिदएका मात्र हुन् ।

२६ जनवरी २०१८ मा मेरो सिभिल बैकको खाता नं.००२१००००२०००१२ मा इच्छाराज तामाङले ४२ लाख रुपैयाँ रकम सिभिल बैकको पब्लिक सेयर खरिद गर्न मेरो खातामा हालिदएका हुन् ।

सिभिल होटल प्रालिले मेरो खातामा पटक पटक गरी बचत गरी जम्मा १० करोड २० लाख रुपैयाँ जम्मा गरेको रकम मेरो होइन निज इच्छाराज तामाङले कम्पनीको आवश्यक प्रकृया पूरा गर्न सिभिल होटल प्रालिको खाताबाट मेरो खातामा हालिदएका मात्र हुन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैक नेपालबाट ऋण लिई मैले आफूले चढ्ने टक्सन गाडी निकालेको हुँदा उक्त गाडीको किस्ता स्वरुप आफ्नो पारिश्रमिकबाट उक्त रकम स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको मेरो नामको खातामा जम्मा गरेको हुँ । सिभिल सहकारीको ऋण सिभिल होम्स प्रालिसमेतका कम्पनीहरुका नाममा रहेका जग्गा, भवनलगायतका सम्पत्तिहरु बिक्री गरी बचतकर्ताहरुको सावाँ र ब्याजसहितको रकम चुक्ता गछौं ।

सिभिल ग्रुप अन्तर्गतको सिभिल होम्स प्रालि समेतमा ठूलो लगानी भएको कारण तत्काल बचतकर्ताहरुको एकमुष्ठ रकम फिर्ता गर्न नसकेको कारण समस्या देखिएको मात्र हो । मेरो नाममा भएको सेयरको रकम निज इच्छाराज तामाङले कम्पनीको प्रावधान मिलाउन राखिदिने गरेका थिए । सो कम्पनीहरुको सेयर खरिद गर्न मैले कुनै लगानी गरेको छैन ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार ००:००  ६ : २८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping