काठमाडौं महानगरले यमबुद्ध, बाजेबजैसहित १५ ठाउँमा पार्क बनाउँदै, कुनको लागत कति ? « Eglish Khabarhub

काठमाडौं महानगरले यमबुद्ध, बाजेबजैसहित १५ ठाउँमा पार्क बनाउँदै, कुनको लागत कति ?


११ भाद्र २०८०, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका विभिन्न १५ ठाउँमा पार्क निर्माण गर्ने भएको छ । अतिक्रमणबाट फिर्ता ल्याइएका जग्गा तथा पहिल्यैबाट खाली रहेका विभिन्न जग्गाहरुमा महानगरपालिकाले पार्क निर्माण गर्न सुरु गरेको हो ।

महानगरपालिकाको सार्वजनिक निर्माण विभागकाअनुसार कुल ३० करोडको लागतमा विभिन्न ठाउँमा पार्कहरुको निर्माण भइरहेको हो । विभागका उपनिर्देशक इन्जिनियर मनोजराज सिंह सुवाल भन्छन्, ‘अतिक्रमण भएर फिर्ता लिएका जग्गाहरु र पहिल्यैबाट यत्तिकै रहेका जग्गाहरुमा पार्कको निर्माण भइरहेको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागबाट त वर्षकै योजनामा रहेका यी १५ वटा पार्कहरु निर्माण भइरहेका हुन् ।’

कुन कुन ठाउँमा बन्दै छ पार्क?

काठमाडौं महानगरपालिकाले कुल ३० करोड ४२ लाख १० हजार रुपैयाँको लागतमा १५ ठाउँमा पार्कहरु निर्माण गरिरहेको छ । यीमध्ये कतिपय पार्कहरुको ठेक्का लागिसकेको अवस्था छ भने कतिपय ठेक्का लाग्ने प्रक्रियामा रहेका छन् । कतिपय भने हाल निर्माणाधिन अवस्थामा पनि रहेका छन् ।

सबैभन्दा धेरै लागतमा हाल १६ नम्बर वडामा यमबुद्ध पार्क निर्माणको प्रक्रियामा छ । ७ करोड ७६ लाख रुपैयाँको लागतमा यो पार्कको निर्माण गर्न लागिएको छ ।

यमबुद्ध पार्कमा र्‍यापर यमबुद्धको शालिक राख्ने तयारी गरिएको भन्दै गत वर्षको असारमा चर्को आलोचना भएपछि र्‍यापर पृष्ठभूमिका मेयर शाहले आफ्नै तलबको रकमबाट शालिक बनाउने घोषणा गरेका थिए ।

त्यस्तै, महानगरपालिकाको वडा नम्बर ४ मा महानगर बाजेबजै पार्क निर्माण हुँदै छ । १ करोड ९७ लाखमा निर्माण हुने यो पार्कको काम सुरु हुने अवस्थामा रहेको विभागका उपनिर्देशक इन्जिनियर सुवालले बताए । हाल पार्क निर्माणको ठेक्का लागिसकेको र ठेकेदारलाई निर्माणका लागि कार्यदेश दिइएको उनले बताए ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ मा शिवस्थली पार्क निर्माण हुँदै छ । ४ करोड ७४ लाख रुपैयाँ लागतमा बन्ने यो पार्कको हाल टेण्डर प्रक्रियामा रहेको छ ।

त्यस्तै, ६ नम्बर वडामा सीमलटार पार्क निर्माणको क्रममा रहेको छ । यसमा पनि ठेकेदारलाई कार्यदेश दिइएको सुवालले बताए । यसको लागत भने २ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

गौरीघाट क्षेत्रमा महानगरले २७ लाख रुपैयाँमा गौरीघाट हरियाली पार्क निर्माण गरिरहेको छ । त्यस्तै, सानो गौचरण क्षेत्रमा रहेको सानो गौचरण पार्कको स्तरोन्नतीको काम पनि भइरहेको सुवालले बताए । उनकाअनुसार ६२ लाख रुपैयाँमा यो पार्कको स्तरोन्नती भइरहेको छ ।

महानगरले १० नम्बर वडामा बुद्धनगर पार्क पनि निर्माण गर्दैछ । यो पार्क निर्माणको लागत भने ९९ लाख रुपैयाँ रहेको छ । त्यस्तै, महानगरले भुवनेश्वरी देविकोटी होम पार्क निर्माण गरिरहेको छ । ४६ लाख रुपैयाँको लागतमा बन्ने यो पार्कको निर्माण हाल टेण्डर प्रक्रियामा रहेको छ ।

त्यस्तै, महानगरपालिकाले वडा नम्बर १४ मा कुमारी क्लब अगाडि हरियाली पार्कको निर्माण गरिरहेको छ । यसको लागत भने २ करोड रुपैयाँ रहेको छ ।

महानगरपालिकाको १९ नम्बर वडामा १ करोड ५० लाख रुपैयाँमा पार्क निर्माण गरिरहेको छ । दमयघाटदेखि रामघाटसम्म हरियाली पार्कको निर्माण महानगरपालिकाले गर्न लागेको हो ।

त्यस्तै, महानगरपालिकाले वडा नम्बर १२ मा विष्णुमति नदिको कोरिडोर क्षेत्रमा हरियाली पार्क निर्माण गर्दै छ । यसको लागत भने २ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

महानगरले २६ नम्बर वडामा पनि पार्क निर्माण गरिरहेको छ । सुवालकाअनुसार गंगबु आवास क्षेत्रमा यो पार्कको निर्माण हुनेछ । यसको लागत भने ६८ लाख रुपैयाँ रहेको छ ।

महानगरको ३२ नम्बर वडामा ३ वटा पार्कहरु निर्माण हुँदै छन् । महानगरले पेप्सीकोलास्थित टाउन प्लानीङ क्षेत्रमा पार्क निर्माण गरिरहेको छ । नेपाल यातायातको पार्किङ रहेको क्षेत्रको आसपासमा यो पार्कको निर्माण हुँदै छ । यसको लागत भने ५० लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, ३२ नम्बर वडामा नै गौरीगाउँ पार्क निर्माण हुँदै छ । हाल निर्माणाधिन अवस्थामा रहेको यो पार्कको लागत १ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

३२ नम्बर वडामा नै निर्माणाधिन अवस्थामा मनोहरा एकता नगर पार्क पनि रहेको छ । यो पार्कको लागत भने २ करोड १० हजार रुपैँया रहेको छ ।

बालेनले पहिलो कार्यकालमा बनाएका थिए २५ पार्क

काठमाडौं महानगरपालिकामा गत वर्ष मेयरका रुपमा बालेन्द्र शाह (बालेन) निर्वाचित भएपछि विभिन्न स्थानमा अतिक्रमणमा परेका जग्गाहरु फिर्ता ल्याइरहेको छ । यसरी फिर्ता ल्याइएका जग्गाहरुमा पार्क निर्माण गर्ने अभियान पनि महानगरले चलाइरहेको छ ।

आफ्नो पहिलो कार्याकालमा बालेनले १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण गरेको र २५ वटा नयाँ पार्क निर्माण गरेको बताएका थिए । उनले आफूले घोषणापत्रमा उल्लेख गरेअनुसार पहिलो कार्यकालमा १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण गरिएको र शारिरीक तन्दुरुस्ती, मानसिक सतर्कता र भावनात्मक स्थिरता कायम राख्ने पार्कहरु निर्माण गर्ने बाचाअनुसार २५ पार्कहरु निर्माण भएको बताएका थिए ।

हाल महानगरले आफ्नो क्षेत्रमा हरियाली प्रवद्र्धन गर्ने तथा पार्कहरुको निर्माण गर्नका लागि नयाँ आयोजना नै सुरु गरेको छ । उद्यान तथा हरियाली प्रवर्धन आयोजनामार्फत महानगरले यी कामहरु गरिरहेको छ ।

सार्वजनिक निर्माण विभागले गत आवमै योजनामा रहेका पार्कहरुको निर्माण गरिरहेको बखत उद्यान तथा हरियाली प्रवर्धन आयोजनामार्फत भने काठमाडौं महानगरपालिकामा विभिन्न ठाउँ तथा सडक पेटीमा बृक्षारोपण गर्ने तथा हरियाली प्रवर्धनका लागि अन्य कामहरु गर्ने भइरहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार ००:००  ४ : ४६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping