शताब्दी पुरानो व्यावसायिक घराना ‘ज्योति ग्रुप’ विधिवतरुपमा फुट्यो, पद्म ज्योति समूहको घोषणा « Eglish Khabarhub

शताब्दी पुरानो व्यावसायिक घराना ‘ज्योति ग्रुप’ विधिवतरुपमा फुट्यो, पद्म ज्योति समूहको घोषणा


३० मंसिर २०८१, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । १०४ वर्ष पुरानो बिरासत बोकेको व्यावसायिक घराना ज्योति समूह विधिवतरुपमा अलग भएको छ । मणिहर्स ज्योतिले सुरु गरेको ज्योति समूहभित्र पछिल्लो समय सम्पत्तिको विवाद उत्कर्षमा पुगेको थियो ।

एकले अर्काको विरुद्धमा प्रहरीमा उजुरी दिने, अड्डा अदालत धाउनेदेखि मिडिया बाजी गर्दै आएका थिए । जसले ठूलो बिरासत बोकेको ज्योति समूह पारिवारिक किचलोका कारण बदनाम हुनुका साथै व्यवसायमा पनि निकै पछाडि परेको छ ।

नेपालमा पहिलो पटक निजी क्षेत्रबाट यही समूहले ऋण लिएको थियो । नेपाल बैंकबाट भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्सले लिएको ऋण नै निजी क्षेत्रले लिएको पहिलो ऋण हो ।

यसअघि ज्योति समूहको अध्यक्ष पद्म ज्योति, उपाध्यक्ष डा. रुप ज्योति रहेकोमा अहिले पद्म ज्योतिले नयाँ समूह गठन गरेका छन्। पद्म ज्योति निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत हुन् ।

लामो आन्तरिक विवादपछि दाजु पद्म ज्योति र भाइ रुप ज्योति अलग भएका हुन् । योसँगै पद्म ज्योतिले नयाँ समूह र लोगो सार्वजनिक गरेका छन् । आइतबार पद्म ज्योति समूह घोषणा गरेका छन् ।

पद्म ज्योति समूहको अध्यक्षमा पद्म ज्योति रहेका छन् भने संस्थापक सदस्यमा मीरा ज्योति तथा निर्देशक सौरभ ज्योति, सुहृद ज्योति, सिर्जना ज्योति र आरती ज्योति रहेका छन् । यो समूहमा नयाँ पुस्ता रहेका छन् । नयाँ पुस्ताले नेतृत्वमा विकास तथा मुलुकको आर्थिक समृद्धिमा केन्द्रित रहेर काम गर्ने बताए ।

नयाँ समूह घोषणा कार्यक्रममा अध्यक्ष पद्म ज्योतिले बाबु मणिहर्ष ज्योतिको विरासतलाई आत्मसात गर्दै नयाँ अध्याय सुरु गरे बताए । उनले यस्ता पारिवारिक समूह नेपालमा मात्रै नभएर विश्वमा पनि फुट्ने गरेको उल्लेख गरे ।

पारिवारिक विवाद बढेपछि ५ वर्षअघि नै पारिवारिक विधान बनाएको उनले जानकारी गराए । यो समूहमा पहिलो स्टिल कारखाना हिमाल स्टिल, पहिलो सिमेन्ट कारखाना हिमाल सिमेन्ट, पहिलो अक्सिजन हिमाल अक्सिजन तथा हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, होन्डा मोटरसाइकललगायत रहेका छन् ।

कार्यक्रममा पद्म ज्योति समूहका निर्देशक सौरभ ज्योतिले यति लामो बिरासत बोकेर पारिवारिक समूह अलग हुँदा दुःख लागेको बताए । यसलाई सिकाइको रुपमा लिएर अघि बढ्ने बताए । यो समूहमा अहिले पाचौं पुस्ता पनि तयार भइरहेको जानकारी गराए । उनले आगामी दिनमा परिवर्तनको सम्बाहक बन्न लागेको बताए ।

उनले आगामी दिनमा यो समूहले उत्पादनमूलक उद्योगमा लगानी गर्ने, उद्यमशिलता बढाउने, रोजगारी बढाँदै जाने बताए ।

कार्यक्रममा बनेपामा रहेको स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्रलाई २५ लाख सहयोग गरिएको छ । यस्तै धर्मोदय सभालाई ११ आना जग्गा दान गरिएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार ००:००  ३ : २४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping