एटिएमबाट यसरी चोरी हुन्छ, तपाइले बैंकमा राखेको पैसा « Eglish Khabarhub

एटिएमबाट यसरी चोरी हुन्छ, तपाइले बैंकमा राखेको पैसा


१ मंसिर २०७३, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

atm
१ मंसिर, काठमाडौं । नेपाल एटिएम ह्याकरको ट्रान्जिट बन्ने गरेको छ । एक वर्ष अघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) ले एटीएम कार्डको डाटासमेत ट्रान्सफर गर्न मिल्ने ‘मिनी म्याग्नेटिभ स्ट्रिप रिडर राइटर मेसिन’ सहित विदेशी नागरिक मेहमत गुलेनलाई सप्रमाण पक्राउ गर्यो ।

टर्की स्थायी घर भएका गुलेनले एपेक्स डेभलपमेन्ट बैंकलगायत विभिन्न बैंकबाट शंकास्पद बैंकिङ कारोवार गरेका थिए । उनी पक्राउ परेपछि ब्युरोले नेपाल एटीएम ह्याकरको ट्रान्जिट बनेको शंका गर्दै अनुसन्धानलाई तिब्र बनायो ।

त्यसको एक वर्ष नपुग्दै सिआइवीले नै केही दिन अघि एक बुल्गेरियन नागरिकलाई एटिएम ह्याक गरेर पैसा निकालेको अभियोगमा पक्राउ गर्यो । ती नागरिकले डेढ लाख व्यक्तिको एटिएम ह्याक गरेको खुलेको छ । ठमेलबाट पक्राउ गरेका डिमो अटानासोभ स्टेफानोभले विभिन्न देशका नागरिकको डेढ लाख एटिएम ह्याक गरेको सिआइबीले पत्ता लगाएको हो ।

पर्यटक भिसामा नेपाल आउने र केहीदिन बस्ने अनि काठमाडौंमा भएका विभिन्न बैंकका एटीएम बुथबाट रकम निकालेर फर्किने उनीहरुको काम हो ।

नेपाल इन्भेष्टमेण्ट बैंकका ग्राहकको एटिएम ह्याक गरेपछि सिआइबीले उनलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनी अन्तराष्ट्रिय एटिएम ह्याकर भएको खुलेको छ । टर्कीका गुलेनलाई ठमेलस्थित कर्मचारी सञ्चय कोषअगाडि एपेक्स डेभलपमेन्ट बैंक र स्टयाण्डर्ड चार्टर्ड बैंक नेपालको एटिएम बुथबाट एटिएम ह्याक गरी पैसा झिक्दै गरेका बेला प्रहरीले पक्राउ गरेको थियो ।

सीआईबीका अनुसार गुलेनले विदेशी नागरिककै एटीएमको डाटा र पिनकोड चोरी गरी मिनी म्याग्नेटिभ स्ट्रिप रिडर राइटर मेसिनमार्फत स्वीप कार्यमा एटीएमको डाटा ट्रान्सफर गरेर भिसा कार्ड, मास्टर कार्ड र डेबिट कार्ड बनाउने गरेका थिए । गुलेनले हिमालयन बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लगायतका एटीएम मेसिनबाट पैसा निकालेका थिए ।

त्यसैगरी पर्यटक भिसामा नेपाल आएका ह्याकर समूहका अर्का सदस्य रोमानियाका नागरिक अबलियन प्रेडा पनि पक्राउ परे । उनी पनि विदेशी नागरिकको पिन चोरी गरी नेपाल आएर एटिएमबाट पैसा झिकी पुनः फर्कने गर्दै आएका थिए । उनी सन् २०१५ यता तीन पटक नेपाल आएर रकम निकालेर गएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

कार्ड प्रयोग गरेर तस्करहरुले बैंकिङ सुरक्षा कम भएका र सहजै आवजावत गर्न मिल्ने देशमा गएर पैसा झिक्छन् । ह्याक भएको कार्डबाट पैसा झिक्न मिल्ने सहज देश भएकाले नेपाल पनि एटिएम ह्याकरहरुको मूख्य रोजाइमा पर्दै आएको छ ।

पटक–पटक नेपाल आएर एटीएमबाट रकम निकालेर भाग्न सफल प्रेडालाई प्रहरीले गत साउन १६ मा काठमाठौंको लाजिम्पाटबाट १ सय ४० वटा एटीएम कार्डसहित पक्राउ गरेको थियो । सीआईबीका अनुसार उनी अन्तराष्ट्रिय एटीएम ह्याकर समूहका प्रमुख व्यक्ति हुन् ।

उनले बेलायत, फ्रान्स, जर्मनी, पेरु, रसिया, इटाली दक्षिण कोरिया, कोस्टारिका, जापान, इन्डोनेसिया लगायत मुलुकका नागरिकको एटीएम ह्याक गरी रकम चोरी गर्दै आएको सीआईबीले जानकारी दिएको छ ।

navaraj-silwal-polic
एक हप्ता अघि मात्रै पक्राउ परेका बुल्गेरियन नागरिकको ल्यापटपमा डेढ लाख व्यक्तिको एटिएम कार्डको डाटा तथा पासवर्ड भेटिएको छ । गोप्य क्यामेरा एटिएम बुथमा जडान गरी उनले पासवर्ड चोरेर नक्कली एटिएम बनाएर ठगी गर्दै आएका थिए । ११ कात्तिक बेलुका ठमेलको होटेल जगतबाट निस्किँदै गर्दा उनी पक्राउ परेका हुन् ।

‘एटिएम ह्याकका घटना नेपालमा लामो समयदेखि हुँदै आएको थियो, प्रविधि प्रयोग गरेर यो प्रकारको ठगी गर्ने गरिएको पहिलोपटक पत्ता लागेको हो’ सिआईबीका प्रमुख डिआइजी नवराज सिलवाल भन्छन् ।

एटिएम बुथबाट रकम निकाल्दा वरपर कतै हिडेन क्यामेरा भए नभएको तथा पीन राख्ने बेलामा कोही कसैले देखे नदेखेको एकिन गरेर मात्रै पीन कोड डायल गर्नुपर्छ ।

प्रहरीका अनुसार बुल्गेरियन नागरिक डिमोले एटिएम बुथभित्र सानो आकारको गोप्य क्यामेरा जडान गर्थे । सोही क्यामेराबाट ग्राहकले पैसा निकाल्न डायल गर्ने पिन नम्बर पत्ता लगाउँथे ।

एटिएम कार्डको डाटा चोर्न उनले एटिएम कार्ड राख्ने स्किमरमा अर्को एउटा डिभाइस राखेका थिए । कार्डको डाटा र पिन नम्बर पत्ता लगाएपछि उनले ल्यापटपबाट खाली कार्डमा डाटा राख्थे र पिन नम्बर प्रयोग गरी पैसा निकाल्थे ।

नक्कली एटिएम कार्ड बनाउने म्याग्नेटिभ स्ट्राइभ रिडर तथा राइटर उनीसँग थियो । त्यसकारण सजिलै उनले नेपालको एटिएम बुथ प्रयोग गरी नक्कली एटिएमबाट पैसा चोर्दै आएका थिए ।

प्रहरीले उनको साथबाट १७ हजार दुई सय ५० अमेरिकन डलर, ६ सय युरो, हिडेन क्यामेरा, स्किमर, ल्यापटपलगायत सामान बरामद गरेको छ । १७ हजार डलर बरामद भएकाले उनले एक दर्जनभन्दा धेरै व्यक्तिको नक्कली एटिएम कार्ड बनाएर पैसा निकालेको हुन सक्ने प्रहरीको शंका छ ।

प्रहरीले उनको साथबाट २५ वटा नक्कली एटिएम कार्ड बरामद गरेको छ । उनले पैसा निकालेर डलर साटिसकेका थिए । नेपालबाट भाग्न लाग्दा उनी पक्राउ परेका थिए । एटिएमबाट पैसा चोरीकै लागि उनी बुल्गेरियाबाट नेपाल आएका थिए ।

२०७१ चैत १० पक्राउ परेका रिपब्लिक अफ बुल्गेरियाका पेट्रोस्लाभ रिस्टोभ पनि एटीएम ह्याकर समूहका सदस्य हुन् । उनको पनि काम अरुको जस्तै ह्याक भएका एटिएम बोकेर नेपाल आएर रकम झिकेर फर्किने हो । प्रहरीका अनुसार यसरी एटिएम ठगी गर्ने धेरै विदेशी छन् ।

पर्यटक भिसामा नेपाल आउने र केहीदिन बस्ने अनि काठमाडौंमा भएका विभिन्न बैंकका एटीएम बुथबाट रकम निकालेर फर्किने उनीहरुको काम हो । उतैको एटीम बुथमा वेबक्याम राखेको हुन्छ ।

कतिपय एटिएमभित्रै पिनकोड रिड गर्न सक्ने क्षमताको अर्को डिभाइस राखेर ग्रहकका गोप्य सुचना तथा जानकारीहरु चोर्ने उनीहरुको धन्दा हो । प्रहरी अनुसन्धानमा खुलेको तथ्य अनुसार त्यसरी पिन कोडको जानकारी संकलन भएपछि उनीहरू खातावाल व्यक्तिको विवरण भरेर भिसा कार्ड तथा अन्य बिजनेस कार्ड तयार पार्छन् ।

atm-2यसरी तयार पारेको कार्ड प्रयोग गरेर तस्करहरुले बैंकिङ सुरक्षा कम भएका र सहजै आवजावत गर्न मिल्ने देशमा गएर पैसा झिक्छन् । नेपाल पनि ह्याक भएको कार्डबाट पैसा झिक्न मिल्ने सहज देश हो भएकाले नेपाल पनि एटिएम ह्याकरहरुको मूख्य रोजाइमा पर्दै आएको छ ।

सिआइवीका प्रमुख डीआईजी सिलवालका अनुसार पर्यटक भिसामा नेपाल आउने कतिपय विदेशीको धन्दा एटीएमबाट पैसा निकालेर फर्किने मात्रै हुने गरेको छ । उनका अनुसार एटीएमको पिन कोड ह्याक गर्ने एक गिरोह विदेशमै हुन्छ । नेपालको बैकिङ प्रणालीमा राम्रो सुरक्षा नभएकाले ह्याकरको रोजाइमा नेपाल परेको प्रहरीको दावी छ ।

दुई थरी समूह

सीआईबी प्रमुख सिलवालका अनुसार ह्याक गर्नेहरुको दुइ थरी समूह छन् । एउटा समूह विदेशमै बसेर ह्याक गर्ने र अर्को नेपाल आएर पैसा लिएर विदेश जाने गर्छ ।

यो समूहले नेपालमा एटिएम ह्याक गरेपछि डलर साटेर लैजाने गरेको छ । एटीएमबाट निकालेको रकम ६० प्रतिशत मुख्य ह्याकरले हुन्छ भने ४० प्रतिशत एटीएमबाट रकम निकाल्ने व्यक्तिले हुन्छ ।

पिन कोड ह्याक गर्ने र एटिएमबाट रकम निकाल्नेको प्रायः चिनजान पनि हुँदैन । पिन कोड ह्याक गरी नयाँ कार्डमा विवरण भरेर मुख्य ह्याकरबाट अर्कोको हातमा कार्ड पुग्छ । त्यसपछिमात्र एटिएममा पैसा झिक्नेको हातमा पर्छ । अनि उनीहरूले पर्यटक भिसामा नेपाल आएर रकम निकाल्ने र अमेरिकी डलर वा युरोमा साटेर लाने गरेको सिआइवीको अनुसन्धानवाट खुलेको छ ।

तीन प्रकारको प्रयोग

प्रहरीका अनुसार यसरी ह्याक भएका एटीएम कार्ड तीन प्रकारले प्रयोग हुने गरेका छन् । पहिलो, नेपाल तथा भारतका क्यासिनोमा स्वीप गरी रकम निकाल्ने । दोस्रो, नेपालीहरूलाई प्रयोग गरी महँगा क्यामेरा, मोबाइल, घडी तथा अन्य इलेक्ट्रोनिक्स सामान अनलाइनमार्फत सपिङ गर्ने ।

तेस्रो, नेपाल घुम्न आउने बहानामा पर्यटक भिसामा नेपाल आउने र रकम निकाल्नेदेखि होटल तथा रेस्टुरेन्टमा कार्डमार्फत बिल तिर्ने र नेपाली एटिएमबाट रकम निकालेर फर्किने ।

यसरी बच्न सकिन्छ

प्रहरीका अनुसार एटिएम बुथबाट रकम निकाल्दा वरपर कतै हिडेन क्यामेरा भए नभएको तथा पीन राख्ने बेलामा कोही कसैले देखे नदेखेको एकिन गरेर मात्रै पीन कोड डायल गर्नुपर्छ ।

बैकबाट एसएमएस अलर्ट सुविधा लिने तथा आफूले गर्दै नगरेको कारोवार बारेमा मोवाइलमा एसएमएस आए तुरुन्तै बैकमा खबर गर्ने, समय समयमा पीन कोड परिवर्तन गरिरहने तथा एटिएमबाट रकम झिक्दा पीन कोड गोपनीयता अपनाउने जस्ता साबधानीले एटिएम ह्याकरवाट बच्न सकिने सिआइबीको भनाइ छ ।

प्रकाशित मिति : १ मंसिर २०७३, बुधबार ००:००  १२ : ५८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping