नेपालमा कोकाकोला र आईसेकद्धारा सहकार्यको घोषणा « Eglish Khabarhub

नेपालमा कोकाकोला र आईसेकद्धारा सहकार्यको घोषणा



काठमाडौं । कोकाकोला नेपालले आइसेकसंगको सहकार्यलाई सेप्टेम्बर ११ तारिखमा औपचारिक रुपमा घोषणा गरेको छ । यो सहकार्यले कम्पनीहरु तथा युवाहरुलाई दिगो विकासको लागि स्पष्ट मार्गचित्र बनाउन एकआपसमा जोड्दछ ।

कोकाकोलाले आइसेकलाई विभिन्न क्षेत्रिय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समिटहरु निरन्तर आयोजना गर्न उत्साहित गर्दछ, जसले यूएनको दिगो विकासका लक्ष्यहरुको बारेमा छलफल गर्दछ, र भविश्यका नेतृत्वको रुपमा युवाहरुलाई त्यस्ता कार्यहरुमा संलग्न हुने र छलफल गर्ने माध्यम प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

कोकाकोलाले आइसेकका सदस्यहरुलाई कम्पनीको दिगो परियोजनाहरु भ्रमण गर्न र संचालमा रहेका परियोजनाहरुमा आबद्ध हुनका लागि स्वयंसेवकहरुलाई उत्साहित बनाउँछ । मूख्यतया, यो सहकार्यका साथमा, आइसेकले युथ स्पिक फोरमको आयोजना गर्नेछ, जहाँ कोकाकोलाले भावी पुस्ताका संभावित नेतृत्वलाई प्रेरणा दिने कम्पनीले जनाएको छ ।

यो घोषणाको एक अंगको रुपमा, कोकाकोला नेपालका देशिय निर्देशक अम्बुज सिंहले २०० भन्दा बढि युवा व्यक्तिहरुलाई सम्बोधन गरे, जहाँ शुरुवाती मुख्य वक्ताको रुपमा कोकाकोलामा तय गर्नुभएको उनको यात्राको बारेमा अनुभव बाँडेका थिए ।

‘युथ स्पिक फोरम युवाहरुका लागि प्रतिष्ठित व्यक्ति एवं संस्थाहरुसंग आवद्द गराउन उनीहरुको आवाज ऊक्त संस्था वा व्यक्ति सम्म पुर्याउने माध्यम बनेको छ । कोकाकोला र आइसेकसँग विश्वभर विभिन्न मुलुकहरुमा साथ काम गरेको ऐतिहासिक अनुभव छ र नेपालमा पनि आइसेक प्रतिको युवाहरुको संख्या बढ्दै गएकोमा हामी निकै हर्षित छौं,’कोकाकोला नेपालका देशिय निर्देशक अम्बुज सिंहले भने ।

‘आइसेक यस्तो माध्यम हो जहाँ नेपालका युवाहरुले उनीहरुको आफ्नो नेतृत्व क्षमतालाई अनुभव सहितको सिकाईबाट हासिल गर्न मद्दत गर्दछ, यसले शैक्षिक डिग्री भन्दा बाहिरबाट उनीहरुलाई विकास गराउँदै बजारमा रोजगार हासिल गराउन सहयोग गर्दछ,’ आइसेक नेपालका अध्यक्ष नारायनन्ले भने ।

Publish on: