काठमाडौं । तपाई जापान जानु भएको छ र आधिकारिक कागजात लुकाएर शरणार्थी बन्ने दाऊमा हुनुहुन्छ भने तपाईको दुःखको दिन सुरु भयो भन्ने ठाने हुन्छ । जापान सरकारले शरणार्थीको रुपमा आवेदन दिएका र लुकेर बसेका नेपालीलगायत विभिन्न देशका नागरिकलाई कडाइ गर्न सुरु गरेको छ ।
जापानले अवैध रुपमा रहेका विदेशी नागरिकलाई प्लने चार्टर नै गरेर सम्बन्धित मुलुक पठाउने भएको छ । जापानको कानुन मन्त्रालयकाअनुसार पछिल्लो वर्षहरुमा जापान गएर अवैध रुपमा बस्नेलाई कडा नीति अख्तियार गरेको छ ।
झुटो विवरण पेश गरेर शरणार्थी बन्न आवेदन दिएका सयौ नेपालीलाई घर फर्कनुको विकल्प नरहेको भन्दै एकैसाथ हवाई जाहाज चार्टर गरेर पठाउने तयारी गरिएको छ ।
जापानको एक सञ्चारमाध्यमबाअनुसार टोकियो अध्यागमन कार्यालयमा गतवर्षको फेब्रुअरीसम्म कुल आवेदक १० हजार ९०१ मध्ये दोश्रो ठूलो सख्याका नेपाली १ हजार ४५१ जना मध्येकालाई फर्काउन लागेको जनाएको छ ।
विभिन्न वाहना बनाएर झुटो कागजपत्र र वर्षौ देखि शरणार्थी बन्न आवेदन दिनेहरुलाई घर फर्काउने तयारी सुरु गरेको हो । विशेष गरी प्रशिक्षार्थी कामदार तथा विद्यार्थी भिसामा जापान छिरेकाहरु आधिकारिक कागजात च्यातेर शरणार्थी बन्न आवेदन दिने गरेको खुलासा भएपछि कडाइ गरिएको हो ।
शरणार्थी बन्न पाँउ भन्दै आवेदन दिनेको संख्या अप्रत्यासित रुपमा बढेका कारण आवेदनमा कढाई गर्नुका साथै पुरानालाई समेत घर फर्काउने तयारी थालेको जापानी सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रहरी हिरासतमा रहेका शरणार्थी आवेदक, वर्क परमिट विना काम गर्दागर्दै पक्राउ परेका, सामाजिक अपराधमा संलग्न तथा महिलाहरुलाई दुव्र्यवहार गरेर पक्राउ परेकालाई पहिलो चरणमा नै हवाई जाहाज चार्टर गरेर फर्काउन लागेको बताइएको छ ।
यस अघि पनि फिलिपिन्स, ब्राजिल लगायतका मुलुकका नागरिकलाई हवाई जाहाज नै चार्टर गरेर पठाए जस्तै नेपालीलाई पनि पठाउन लागिएको हो ।
जापानी संचार माध्यमहरुले नोभेम्वर महिना सुरुभएसंगै नयाँ फास्टट्राक नियम लागु गरेर आवेदन उपर छिटो फैसला गर्दा हाल आवेदन पनि घटेको बताइन्छ ।
जानकारहरूका अनुसार फिलिपिन्स, ब्राजिल लगायतका मुलुकका नागरिकलाई यस अघि सयौको सख्यामा भेला पारेर जहाज चार्टर गरेर पठाइएको थियो ।
टोकियो अध्यागमनको वेवसाइटकाअनुसार जापानमा इण्डोनेसियाका १ हजार ८२९ जना, नेपाली १ हजार ४५१ जना फिलिपिनी १ हजार ४१२ जना टर्कीका १ हजार १४३ जना भियतनामी १ हजार ७२ जनाले शरणार्थी बन्नका लागि आवेदन दिएर बसेका छन ।
जापानले यस वर्ष तीन जनालाई तथा अघिल्लो वर्ष चारजनालाई मात्र शरणार्थीको मान्यता दिएको थियो ।
SHARE YOUR THOUGHTS