बैंक र बीमाको सम्बन्ध घनिष्ट हुनुपर्छः गभर्नर « Eglish Khabarhub

बैंक र बीमाको सम्बन्ध घनिष्ट हुनुपर्छः गभर्नर



काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बैंक र बीमा क्षेत्रको सम्बन्ध एक आपसमा घनिष्ट हुनुपर्ने बताएका छन् । पूर्णसरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५१औं वर्षमा प्रवेश गरेको अबसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गर्भनर नेपालले यस्तो बताएका हुन् ।

वित्तीय क्षेत्रमा विभिन्न किसिमका जोखिम हुने भन्दै उनले सम्पत्ति र दायित्वको जोखिम भार बहन गर्ने क्षमता नै बीमा भएको प्रष्टयाए । प्रतिष्पर्धी बन्दै गएको बीमाका योजनाहरुलाई समय सुहाउँदो बनाउँदै बीमकहरुसामु आफुलाई उतार्नुपर्ने आवश्यकता औंल्याउँदै गर्भनर नेपालले ग्रामीण जनसमुदायमा बीमाको पहुँच अत्यन्त न्यून रहेकाले बीमाको पहुँच विस्तारमा द्रुत्ततर गतिले आफुलाई विकास गर्नुपर्नेमा जोड दिए ।
अर्थमन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीले जोखिम व्यवस्थापन, वित्तीय पहुँच बृद्घि तथा सुरक्षित बचतको लागि बीमा व्यवसायकोे माध्यमद्घारा संस्थानल आन्तरिक स्रोत परिचालन र विदेशी विनियमको बर्हिगमन रोक्न खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

नेपालको बीमा व्यवसायको विकास, विस्तार र सुदृढीकरणमा संस्थानको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले समयानुकुल प्रविधिको विकास, सङ्गठन पुनःसंरचना एवं सेवा प्रवाहमा ध्यान केन्द्रित गर्दै खरो प्रतिष्पर्धामा उत्रन आग्रह गरे ।

आगामी दिनमा पारदर्शी, प्रविधिमैत्री र प्रतिष्पर्धी कार्य प्रणालीको अबलम्बन गर्दै जीवन बीमा व्यवसायमा आम नागरिकहरूलाई स्तरीय एवं दिगो सेवा प्रदान गर्ने कार्यमा लाग्न सुझाव दिए ।

बीमा समितिका अध्यक्ष चिरञ्जिीवी चापागाईले सरकारी संस्थानका हैसियतले जीवन बीमालाई समावेशी तुल्याई दुर्गम ग्रामीण क्षेत्रसम्म पनि विस्तार गर्नुपर्ने जिम्मेवारी संस्थानले बहन गर्नुपर्नेमा जोड दिंदै संस्थान प्रतिष्पर्धी बन्नुपर्ने, कर्मचारीको उचित व्यवस्थापन गर्नुका साथै उनीहरुको दक्षता बृद्घि गर्नुपर्ने, सूचना प्रविधिको समुचित विकास गर्नुपर्ने तथा लेखा प्रणाली अद्यावधिक गराई पारदर्शी बनाउनुपर्नेमा जोड दिए ।

संस्थानका अध्यक्ष डा. खोमराज खरेलले पर्याप्त मात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाको रुपमा स्थान बनाउन सफल भएको बताए ।

बीमा बजारमा निजी र विदेशी कम्पनीहरुको आकर्षण रहेतापनि संस्थानले आफ्नो स्थान बनाउन सफल रहेको उनले बताए । मुलुक संघीय संरचनामा पूर्ण रुपमा प्रवेश गरिसकेको परिप्रेक्षमा संस्थानले आफ्नो कार्य क्षेत्रलाई सोही बमोजिम सेवा विस्तार गर्ने योजना बनाइरहेको अध्यक्ष डा. खरेलले जानकारी दिए ।

संस्थानका निमित्त प्रशासक सुरेन्द्र थापाले संस्थानको आफ्नो शेयर पू“जी, दीर्घकालीन तथा अल्पकालीन लगानीबाट प्राप्त प्रतिफल, बीमाशुल्क, पूनर्बीमा कमिशन नै संस्थानको आर्थिक स्रोतको आधार रहेको बताए ।

मुलुकका प्रमुख व्यवसायिक केन्द्रहरूमा छरिएर रहेका संस्थानका शाखा कार्यालयहरूले ग्राहकहरूको घर दैलोसम्म बीमा सेवा प्रदान गर्दै आइरहेको भन्दै संस्थानले हाल मुलुकको कुल जनसंख्याको करिव दुई प्रतिशतलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सेवा पु¥याउदै आएको बताए ।

संस्थानको आर्थिक वर्ष २०६५÷६६ सम्मको साधारणसभा सम्पन्न भई सकेको र आ.व.२०६६÷६७ देखि २०६९÷७० सम्मको लेखा परिक्षण सम्पन्न भइ अन्तिम प्रतिवेदन प्राप्त हुने क्रममा रहेकोे जानकारी दिंदै उनले बा“की आ.ब.२०७३÷७४ सम्मको लेखापरिक्षण आगामी चैत्र मसान्त सम्म सम्पन्न गर्ने गरी कार्य योजनाका साथ काम अगाडि बढाइएको बताए ।

अभिकर्ताहरूको कारण सामान्य जनतामा बीमा चेतनाको बिकास गरी बीमा सेवालाई सर्वसाधारण सम्म पु¥याउन महŒवपूर्ण योगदान पुगेको भन्दै प्रशासक थापाले संस्थानका देशभर छरिएर रहेका करिव ३,००० क्रियाशिल अभिकर्ताहरुको सक्रिय योगदानले बीमा बजारको आजको स्थितिसम्म पु¥याउन उल्लेखनीय भूमिका खेलेको बताए ।

हालसम्म नेपाल सरकार, बीमा समिति तथा नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिएका क्षेत्रहरूमा बिद्यमान ऐन, नियम नीति तथा निर्देशिकाको परिधीभित्र रही बिभिन्न बैंक, बित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, शेयर र डिबेञ्चरमा अल्पकालिन तथा दीर्घकालीन लगानी गरी संस्थानले उच्चतम् प्रतिफल प्राप्त गर्दै आएको उनले बताए ।

जीवन बीमालेखको धितोमा दिइएको कर्जाबाट समेत उल्लेखनीय प्रतिफल प्राप्त हु“दै आएको उहाँको भनाइ छ । दीर्घकालीन परियोजनाहरूमा लगानी गर्ने प्रयास स्वरूप मुलुकको वर्तमान अवस्थामा देखिएको बिकराल उर्जा आवश्यकता पुरा गर्न माथिल्लो तामाकोशी जलबिद्युुुुत आयोजनामा लगानी गर्ने सम्झौता भई २१ करोड १८.लाख शेयर पु“जी र २ अरव ऋण लगानी गर्ने प्रतिवद्धता अनुरुप १ अर्व ८० करोड प्रवाह भइ सकेको उहाँले जानकारी दिए । जल बिद्युत लगानी तथा विकास कम्पनी लि.मा १०० करोड शेयर लगानी गरिएको भन्दै प्रशासक थापाले नया“ कम्पनी बिद्युत उत्पादन कम्पनी लि. मा ६.६ करोडको संस्थापक शेयर लगानी गरिएको जानकारी दिए ।

नेपालको वित्तीय बजारमा तरलता प्रवाह गर्ने कार्यमा समेत संस्थान अग्रणी रहेको भन्दै उनले करिव १२ अर्बकोे जीवन बीमा कोष संस्थानले नेपालका वैक र वित्तीय संस्थाहरुलाई उपलव्ध गराएर मुलुकको प्रमुखतम करदाताको रुपमा समेत स्थापित भइ सकेको बताए ।

स्थापना कालदेखि नै लगातार नाफामा रहेको संस्थानले नेपाल सरकार लगायत संस्थापक शेयरधनीहरुलाई आकर्षक लाभांश र सरकारलाई करको रूपमा समेत करिव २० करोड बार्षिक राजस्व बुझाउ“दै आएको छ । देशमा बीमा भन्ने बित्तिकै राष्ट्रिय बीमा संस्थान सम्झने स्थितिको निर्माण तथा बीमालाई मेची देखि महाकालीका गाउ“÷गाउ“ सम्म पु¥याउने ऐतिहासिक अभिभारा बहन गर्दै आइरहेको छ । संस्थानले बिराटनगर, वीरगंज, पोखरा, भैरहवा, बनेपा, बिर्तामोड, इटहरी, हेटौडा, नारायणगढ, नेपालगञ्ज, धनगढी र बिदुरमा शाखा कार्यालय स्थापना गरी कार्य क्षेत्र बिस्तार गरेको छ ।

Publish on: