काडमाडौं । नेपाल वायु सेवा निगमले सन् २०१८ को जुन र जुलाई भित्रै दुई वटा ए ३३० सिरिजका वाइडबडी जहाज भित्र्याउँदै छ । तर, नेवानिसँग वाइडबडी जहाज उडाउन सक्ने एक जना पनि पाइलट छैन ।
दुई वटा वाइडबडी जहाजमार्फत ‘फुल फेज’मा व्यवसायिक उडान गर्न १६ जना पाइलट र १६ जना को–पाइलट आवश्यक पर्छ । नेवानिले जहाज आउँदासम्म आफ्नै ४ जना पाइलट तयार पार्ने बताएको छ ।
नेपाली ४ जना पाइलटसँगै नेवानिले विदेशी चार पाइलट ल्याउँने तयारी गरेको छ । ८ जना पाइलटले एउटा वाइडबडी फुल फेजमा उडान गर्न सक्ने नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकार बताउँछन् ।
नेवानिको पहिलो वाइडबडी जहाज भने आगामी जुनको पहिलो साता आउँदै छ । पहिलो वाइडबडी जहाज उडानकै लागि नेवानिले ६ जना को–पाइलट पनि आफ्नै तयार हुने बताएको छ । निगमले तयार पार्दै गरेको पाइलट र कोपाइलटले अहिले विदेशमा तालिम लिइरहेका छन् ।
SHARE YOUR THOUGHTS