काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को सल्लाहकारमा अनिलकेशरी शाह नियुक्त भएका छन् ।
नबिल बैंकका सिइओ शाहलाई एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले कर्पोरेट सल्लाहकारमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरे ।
अध्यक्ष शेर्पाले विभिन्न क्षेत्रबाट ११ जना सल्लाहकार नियुक्त गर्न मिल्ने र त्यसैअनुसार शाहलाई नियुक्त गरेको जानकारी दिए । “नेपाली फुटबलको विकासका लागि शाहलाई सल्लाहकार नियुक्त गरेको हो, नेपाली फुटबलको विकासमा उहाँको योगदान छ,” शेर्पाले भने ।
यसअघि व्यवसायी सुरज वैद्य र विष्णुकुमार अग्रवाललाई समेत एन्फाले सल्लाहकारमा नियुक्त गरिसकेको छ ।
अघिल्लो पटक शाह नबिल बैंकको प्रमुख कार्यकारी हुँदा नेपाली फुटबलमा कर्पोरेट लगानी शुरु गरेका थिए । त्यतिबेला शाहकै अग्रसरतामा ‘ए’ डिभिजन क्लब थ्री स्टारलाई नबिल बैंकले प्रायोजन गरेको थियो । पछि शाह मेगा बैंकमा हुँदा पनि थ्री स्टारलाई प्रायोजन गरेको थियो । रासस
SHARE YOUR THOUGHTS