काठमाडौं । आर्थिक संकटमा फसीरहेको र पछिल्लो समय राजनीतिक विग्रहमा समेत फसेको भेनेजुयलाले आफ्नो ढुकटीमा रहेको सुन बिक्री गर्न लागेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुकाअनुसार भेनेजुयलाले आर्थिक संकट टार्नका लागि सुन बिक्री गर्ने र त्यसबाट आर्थिक स्रोत जुटाएर समस्याको समाधान गर्ने योजना अगाडि सारेको छ ।
सो देश पेट्रोलियम पदार्थ र सुन खानीको भण्डारको रुपमा रहेको छ । पछिल्लो दिनमा अमेरिकाको चासो समेत त्यही क्षेत्रमा परेको विश्लेषण गरिएको छ ।
राजनीतिक रुपमा विषयलाई उठाइएपनि त्यसको पछाडि अपार प्राकृतिक स्रोत नै हो भन्नेमा अन्त्र्राष्ट्रिय सञ्चार माध्यमको टिप्पणी रहेको छ ।
भेनेजुयलाले देशलाई आवश्यक रकम जुटाउन र आफ्नो अर्थतन्त्रलाई स्थिर राख्न आफ्नो स्रोतहरूको बिक्री गर्न थालेका प्रमाणहरू प्रकाशमा आएको उनीहरुको टिप्पणी छ । उसले आफ्नो ढुकुटीको सुन बेचिरहेको थप प्रमाण फेला परेको छ ।
यूएईको आबु धाबीस्थित लगानी कम्पनी नुर क्यापिटलले गत साता मात्रै भेनेजुएलाको केन्द्रीय बैंकसँग ३ टन सुन किनेको स्वीकार गरेको बिबिसीले जनाएको छ ।
रोयटर्सका अनुसार नुर क्यापिटलले अब भविष्यमा भेनेजुएलासँग थप कारोबार नगर्ने बताएको छ । नुर क्यापिटल र अन्य फर्महरूलाई अमेरिकाले भेनेजुएलाको सुन नकिन्न चेतावनी दिइरहेको छ ।
किनभने अमेरिकाले आर्थिक प्रतिबन्धहरू लगाएर निकोलस मदुरोलाई सत्ताबाट हटाउन चाहन्छ । त्यसलाई सहयोग पुर्याउन उसले सो देशको सुन खरीद नगर्न भनेको हो ।
गत साता एक सानो कार्गो विमान भेनेजुएलाको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ टन सुन बोकेर उडेको थियो। रुसी विमानहरू पनि त्यो विमानस्थलमा आउजाउ गरिरहेको पाइएको छ । तर रुसले त्यो असत्य भएको बताउँछ ।
भेनेजुएलाको सुन खानीबाट अवैध रूपमा सुन निकाल्ने काम भइरहेको भन्दै चिन्ताहरू व्यक्त हुने गरेका छन । भेनेजुएलाका विपक्षी नेता हुवान गुआइदोले भने भेनेजुएलाका सम्पत्तिको सुरक्षा गर्न विभिन्न उपायहरू अपनाउनु पर्नेमा जोड दिइरहेका छन ्।
बीबीसीलाई प्राप्त जानकारी अनुसार टर्कीले पनि भेनेजुएलाको सुन किनिरहेको छ । भेनेजुएलाको सुन टर्की हुँदै इरान पुग्ने गरेको छ, त्यसो भएमा अमेरिकी प्रतिबन्धहरूको उल्लंघन हुने जाने दावी गरिएको छ ।
टर्कीका राष्ट्रपति रिजेप तायिप एर्दोआनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई दह्रो समर्थन गरिरहेका छन् । टर्की र भेनेजुएलाबीचको सुन व्यापार निरन्तर बढिरहेको छ।
गत वर्ष भेनेजुएलाले ९० करोड डलर मूल्य बराबरको सुन प्रशोधन गर्न भन्दै टर्कीमा पुर्याएको थियो। तर प्रशोधित सुन फेरि भेनेजुएला फर्काइएको कुनै प्रमाण भने नपाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको दावी छ ।
SHARE YOUR THOUGHTS